News Portal

देश बिकासमा युवा जागरुक हुन जरुरी

हिमाली संचार संवाददाता
६२८ पटक

साउदीअरब – अबको चुनावमा तपाईं म जस्ता युवा जागरुक हुनै पर्छ। तपाईं अनि मैले पहिलाको जस्तो चुनाबमा त्यही पार्टिलाई भोट दिएको बाउ बाजे देखि त्यही पार्टी हो मैले पनि अन्य दललाई भोट दिनुहुन्न कि दिदै दिन्न नत्र त्यही पार्टिलाई दिने हो भन्ने मानसिकता हटाउन ढिला गर्नु महाभुल हुनेछ। हिजो गल्ती गरियो जानेर गरियो या नजानेर गरियो अब त्यो गल्ती पटक्कै नगरम किनकी यस्तो विश्व माहमारी रोगको सङ्कटमा फसिरहेका बेला पनि आफ्नो कुर्सी जोगाउन लागि पर्ने र यस्तो महासङ्कटको समयमा त्यो पनि औषधि जस्तो चिजमा कमिशन खानि तथा प्रतिपक्षी को मुख्य नेता भएर पनि यो बेलामा सरकारले पकाएको खिचडिमा आँखा लगाएर टुलुटुलु हेरेर बस्नी जो कोहिलाई जिन्दगी भरको लागि पाखा लगाउनै पर्छ।

तपाईं र म सबै युवा मिलेर अबको चुनावमा युवा, भिजन सहित, देश बिकासको म्यान्डेड भएका जुझारु दिग्गज युवालाई आ-आफ्नो स्थान र खेत्रबाट जो त्यस्ता खालका युवा छन उनिहरुलाई नेतृत्व तहसम्म पुर्‍याएर देशको, तपाइको मेरो अनि आउने भाबी पुस्ताको भविष्य समुन्नत र उज्यालो बनाउनको लागि कम्युनिष्टले ग्रैर कम्युनिष्टलाई आफ्नो मत दिनु आवश्यक हुन्छ।

हाल तपाईं म कम्युनिष्ट या ग्रैर कम्युनिष्ट छौ होला। आखिर हामिलाई चाहिएको शान्ती, सुरक्षा,अमनचयन, बिकास तथा समृद्दी नै हो यदि तपाईं अनि म हालको पार्टी भन्दा एककदम माथी उठिदिदा देशले सबल, शान्तिप्रेमी, बिकासप्रेमी नेतृत्व पाउन सक्छ र देशले बिकासको गतिमा फड्को मार्न सक्छ भने तपाई म एककदम माथी किन नउठ्ने?

त्यसैले तपाईं म जस्तै हरेक युवाले प्रण गरौ अब यी समय सकिएकाहरुलाई नदिले सुकेको काठलाई किनारा लगाए जसरी पाखा लगाउन आगामी चुनावमा दिग्गज भिजन, बिचार, भएका युवालाई नेतृत्व तहमा पुर्‍याउन! अनि बन्छ देश अनि हुन्छ समृद्द नेपाल देशको कायपलट हुन्छ देश बिकास हाम्रै पालामा सम्भव छ।

प्रतिकृया दिनुहोस्

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...

भ्रष्टाचार रोक्न नसके रास्वपा टिक्न सक्दैन : महावीर पुन

काठमाडौं, १० चैत – प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री महावीर पुन ले भ्रष्टाचार नियन्त्रण प्रभावकारी रूपमा...

आज २०८२ साल चैत १० गतेको राशिफल

आज चैत १०, २०८२ ( मार्च २४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

विदेशस्थित नेपाली मतदातामाथि दबाब दिई घण्टी चिन्हमा मतदान गराइएको दाबी : चित्रबहादुर केसी

काठमाडौं, चैत ९ – चित्रबहादुर केसीले विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकको मताधिकार प्रभावित पारिएको दाबी...

नयाँ सरकार नबन्दासम्म राष्ट्रिय सभा नियुक्ति रोकियो

काठमाडौं, चैत ९ — राष्ट्रिय सभाको रिक्त पदमा ओमप्रकाश अर्याललाई नियुक्त गर्ने प्रक्रिया हाललाई स्थगित...