News Portal

भिरपानी-काठमाडौं सम्पर्क समितिद्वारा राहत वितरण

लकडाउन अवधिभरका लागि अभियान संचालन हुने छ- सम्पर्क समिति

हिमाली संचार संवाददाता
१२५८ पटक
२०७७ बैशाख १७, बुधवार

काठमाण्डौ। नोवेल कोरोना भाइरसका कारण विश्वभरका जनजीवन प्रभावित भएको छ। सरकारले कोरोना भाइरसको न्यूनीकरण गर्नका लागि मुलुकभर लकडाउन धोषणा गरेका कारण जनजीवन प्रभावित भएको छ। 

नेपाली कांग्रेस सम्पर्क समितिका सभापति टेकबहादुर श्रेष्ठ अनुसार रामेछाप जिल्ला, खाडदेवि गाउपालिका वडा नं. ३ भिरपानी क्षेत्रबाट विभिन्न उदेश्य सहित काठमाण्डौ आएका विधार्थी, ज्याला मजदुरी गर्नु हुने मजदुर र अन्य पेशामा अन्तरसंघर्ष गरिरहेका लकडाउनका कारण अप्ठ्यारा अबस्थामा दैनिक जीवनयापनका लागि कठिनाई ब्याहोरी रहेका जिल्लाबासीका लागि भिरपानी-काठमाण्डौ सम्पर्क समितिद्वारा खाधन्न लगायदका अत्यावश्यक राहत सहयोग गरिरहेको छ। 

राहत संकलन गरिरहेका यस कार्यक्रमका अभियन्ता सभापति श्रेष्ठले यस अभियानमा साथ सहयोग दिइरहेको जिल्लाका अगुवाई गर्नुहुने नेता, विधार्थी लगायदका सम्पूर्ण टिम रहेको बताए।

पुर्व नेविसंध केन्दिय सदस्य बिष्णु श्रेष्ठका अनुसार नेपाली कांग्रेस सम्पर्क समितिले लकडाउन अवधिभरका लागि आवश्यक खाधन्न लगायदका सहयोग गर्ने समेत निर्णय गरेको बिष्णु श्रेष्ठले बताए। उनका अनुसार अचानक लकडाउन भएका कारण गाउ फर्कन नसकेका मजदुर, विधार्थी लगायदका जिल्लाबासीको आवश्यक सहयोग गरिरहने समेत बताएका छन्।

रामेछाप-काठमाण्डौ सम्पर्क समितिका सदस्य प्रदीप सुनुवारका अनुसार लकडाउन अवधिभरका समयमा जिल्लाबासीको लागि अभियान निरन्तर जारी रहने जानकारी हिमाली संचारलाई दिएका छन् । सदस्य सुनुवारले सम्पर्क समितिलाई साथ, सहयोग गर्नु हुने सहयोगी मन प्रति हार्दिक आभार समेत ब्याक्त गर्दै सम्पूर्ण सहयोगी दाताहरु प्रति हार्दिक धन्यवाद ज्ञापन समेत गरेका छन् ।

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...