News Portal

भिरपानी-काठमाडौं सम्पर्क समितिद्वारा राहत वितरण

लकडाउन अवधिभरका लागि अभियान संचालन हुने छ- सम्पर्क समिति

हिमाली संचार संवाददाता
१२१३ पटक
२०७७ बैशाख १७, बुधवार

काठमाण्डौ। नोवेल कोरोना भाइरसका कारण विश्वभरका जनजीवन प्रभावित भएको छ। सरकारले कोरोना भाइरसको न्यूनीकरण गर्नका लागि मुलुकभर लकडाउन धोषणा गरेका कारण जनजीवन प्रभावित भएको छ। 

नेपाली कांग्रेस सम्पर्क समितिका सभापति टेकबहादुर श्रेष्ठ अनुसार रामेछाप जिल्ला, खाडदेवि गाउपालिका वडा नं. ३ भिरपानी क्षेत्रबाट विभिन्न उदेश्य सहित काठमाण्डौ आएका विधार्थी, ज्याला मजदुरी गर्नु हुने मजदुर र अन्य पेशामा अन्तरसंघर्ष गरिरहेका लकडाउनका कारण अप्ठ्यारा अबस्थामा दैनिक जीवनयापनका लागि कठिनाई ब्याहोरी रहेका जिल्लाबासीका लागि भिरपानी-काठमाण्डौ सम्पर्क समितिद्वारा खाधन्न लगायदका अत्यावश्यक राहत सहयोग गरिरहेको छ। 

राहत संकलन गरिरहेका यस कार्यक्रमका अभियन्ता सभापति श्रेष्ठले यस अभियानमा साथ सहयोग दिइरहेको जिल्लाका अगुवाई गर्नुहुने नेता, विधार्थी लगायदका सम्पूर्ण टिम रहेको बताए।

पुर्व नेविसंध केन्दिय सदस्य बिष्णु श्रेष्ठका अनुसार नेपाली कांग्रेस सम्पर्क समितिले लकडाउन अवधिभरका लागि आवश्यक खाधन्न लगायदका सहयोग गर्ने समेत निर्णय गरेको बिष्णु श्रेष्ठले बताए। उनका अनुसार अचानक लकडाउन भएका कारण गाउ फर्कन नसकेका मजदुर, विधार्थी लगायदका जिल्लाबासीको आवश्यक सहयोग गरिरहने समेत बताएका छन्।

रामेछाप-काठमाण्डौ सम्पर्क समितिका सदस्य प्रदीप सुनुवारका अनुसार लकडाउन अवधिभरका समयमा जिल्लाबासीको लागि अभियान निरन्तर जारी रहने जानकारी हिमाली संचारलाई दिएका छन् । सदस्य सुनुवारले सम्पर्क समितिलाई साथ, सहयोग गर्नु हुने सहयोगी मन प्रति हार्दिक आभार समेत ब्याक्त गर्दै सम्पूर्ण सहयोगी दाताहरु प्रति हार्दिक धन्यवाद ज्ञापन समेत गरेका छन् ।

प्रतिकृया दिनुहोस्

४५ हजारको सहयोग, ३१ हजार खर्चमै—दुःखीको सहारा परिवार कुवेत

काठमाडौँ — कुवेतस्थित दुःखीको सहारा परिवार कुवेतबाट देउराली राष्ट्रिय आधारभूत विद्यालय चितवनकाे विद्यार्थीहरूलाई कापी, कलम,...

प्रतिनिधि सभा निर्वाचनअघि आयल निगमको इन्धन व्यवस्थापन सक्रिय

काठमाडौं, ७ माघ – प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा नेपाल आयल निगमले पेट्रोल, डिजेल र...

काठमाडौं उपत्यकामा हराएका ५० मोटरसाइकल र स्कुटर फेला, मालिकलाई फिर्ता

काठमाडौं, ७ माघ – काठमाडौं उपत्यकामा हराएका वा चोरी भएका ५० वटा मोटरसाइकल र स्कुटर...

निर्वाचनको प्रचारमा सामाजिक सञ्जालको दुरुपयोग गरिए कारबाही हुने

काठमाडौ – निर्वाचन केन्द्रित सुरक्षा रणनीतिबारे छलफल गर्न बसेको बैठकले प्रतिनिधीसभा निर्वाचनलाई लक्षित गरी केन्द्रीय...

विशेष महाधिवेशनको विरोधपछि शेखर कोइराला गगन नेतृत्वसँग सहमत

विराटनगर, माघ ७ – नेपाली कांग्रेसका नेता शेखर कोइराला, जो विशेष महाधिवेशनको विरोधमा थिए, अन्ततः...