News Portal

  • कुवेतमा एनआरएनएले गर्‍यो ४ सय बढीलाई खाद्यान्न वितरण

    हिमाली संचार संवाददाता
    ३३९ पटक
    २०२० अप्रिल २२, बुधबार

    कुवेत – गैरआवसिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए) कुवेतले कुवेतमा ४ सय भन्दा बढि नेपालीहरुलाई दैनिक जिवनयापनमा अत्यावश्यक नुन, तेल, दाल, चामल लगायतका खाद्य सामाग्री वितरण गरेको संघ कुवेतका महासचिव मानबहादुर तामाङले जानकारी दिए।

    कोरोना भाइरसका कारण लामो समयदेखी वेतलवी रहेर खानका लागि समस्यामा परेका वा अवैधानिक रहेर खानमा समस्या परेका नेपालीहरुलाइ उक्त राहत वितरण गरेको जनाएको छ।

    कोरोना भाइरसका कारण कुवेत पुर्ण रुपमा डेढ महिना देखि लकडाउनमा छ। लकडाउनसंगै जिम हल, रेस्टुरेन्ट, शैलुन, ब्युटी पार्लर, सिनेमा घर, पब्लिक ट्रान्स्पोर्ट, ट्याक्सी ब्यबसाय, हुक्का बार लगाएतका विभिन्न क्षेत्रमा काम गर्ने झण्डै १० हजार नेपाली कामदारहरु बेतलबी भएका छन।

    धेरै कम्पनिहरुले आफ्नो बर्षे बिदालाइ लोकल लिभको रुपमा कटाएर राखेका छन भने कतिपय कम्पनिले उनिहरुलाइ टर्मिनेट नै गरेका छन। नेपालमा पनि लकडाउन भएकोले आफुहरु बेतलवी र कम्पनीले नै टर्मिनेट गर्दा पनि बाध्यताले कुवेतमा बस्नुपरेको कामदारहरुको गुनासो छ। एकातिर बेतलवी र अर्कोतिर खान बस्नको ब्यबस्थापन अत्यन्तै चर्को समस्या भएको उनिहरु बताउँछन।

    त्यस्तै अत्यन्तै समस्यामा परेका नेपालीहरु कोहि पनि खान बिना भोकमरिले ज्यान नगुमाउन भन्ने हेतुले एनआरएनए कुवेतले कोरोनाको प्रकोप बढ्ने बित्तिकै अध्यक्ष सुजन केसीको संयोजकत्वमा आपतकालीन समिती निर्माण गरि राहतकोषबाट अत्यावश्यक खाद्य सामाग्री वितरणका लागि ४ लाख नेपाली रुपैयाँ बराबरको बजेट तयार गरेको थियो।

    वितरण गर्दै जाने क्रममा माग पनि बढेको कारण पुनः १ लाख रुपैयाँ बराबरको बजेट छुट्ट्याइ करिब ५ लाख नेपाली रुपैयाँ बराबरको खाद्य सामाग्री भण्डारण गरि वितरण गरिएको हो।

    कुवेतको फाहाहिल, मङ्गाफ, सुक अल सभा, सालमिया, फर्वानिया, माहबुल्ला, जहारा जिलिब, हसविया लगायतका ठाउँहरुमा गत हप्ता राहत वितरण गरिएको हो।

    यो पनि पढ्नुहोस।

    एनआरएनए कुवेतद्वारा लकडाउन क्षेत्रका नेपालीलाई राहत बितरण

    एनआरएनए कुवेतले कोरोनाको चपेटामा परेका ७ जनालाइ विगत एक महिनादेखी खान बस्नको ब्यवस्था गरिरहेको छ।

    कोरोना भाइरसका कारण आफुहरुले जागिर गुमाएको र नेपाल जाने वातावरण समेत नरहे पछी उनिहरुले आफुलाइ खान बस्नको ब्यबस्था गर्न नसक्ने अवस्थामा पुगेपछी एनआरएनएको शरणमा आएका थिए।

    कुवेतमा कुवेत सरकारको तथ्यांकले ६२ हजार नेपालीहरु कार्यरत रहेको बताए पनि ७० हजारको हाराहारीमा नेपालीहरु रहेको अनुमान गर्न सकिन्छ। ती मध्ये ४ हजारको संख्यामा अवैधानिक रहेको तथ्यांकले देखाउँछ। अवैधानिक हुनेहरुमा महिलाको संख्या बढी रहेको छ।

    कुवेत सरकारले गत १ अप्रिलबाट ३० अप्रिलसम्मका लागि आममाफीको घोषणा गरेको छ। विभिन्न देशहरुले आफ्नो अवैधानिक कामदार फर्काइरहे पनि नेपाल सरकारले कुवेतबाट आफ्नो अवैधानिक नागरिकहरु फर्काउने बिसयमा कत्ती पनि चासो देखाएको छैन।

    मध्यपुर्वका देशहरुले आफ्नो कामदार फर्काउन दवाव दिइरहँदा कुवेतको सदनमा समेत विदेशी कामदार फर्काउने सम्बन्धमा बहस सुरु भएको छ। हालै मात्र कुवेतकी सांसद साफा हसिमले ट्विट गर्दै विदेशी कामदार फर्काउनुपर्ने बताएकी छन। उनको ट्वीटमा विदेशी कामदारहरु फर्काए कोरोना नियन्त्रणमा सहज हुने तर्क राखेकी छन।

    कुवेतमा दैनिक सयौंको संख्यामा कोरोना संक्रमित बढिरहेको छ। हालसम्म कोरोना संक्तमितको संख्या २०८० जना पुगेको छ। जसमा २४ जना नेपालीहरु संक्रमित छन। कोरोनाकै कारण ज्यान गुमाउनेको संख्या समेत दिनहुुँ बढिरहेको छ। आजसम्मको कोरोनाका कारण ११ जनाको मृत्यु भैसकेको छ।

    वैधानिक कामदारलाइ समेत फर्काउने कुरा सदनमा बहस बनिरहँदा नेपाल सरकारले अवैधानिक कामदार फर्काउने समेत तयारी नगर्दा कामदारहरु दुखित छन।

    यो पनि पढ्नुहोस।

    एनआरएन कुवेतले गर्‍यो जिलिब क्षेत्रमा राहत वितरण

    अवैधानिक कामदार फर्काउने बिसयमा यो भन्दा अगाडी नै एनआरएनए कुवेतले नेपाली दूतावासमा ज्ञापनपत्र समेत बुझाइसकेको छ। एनआरएनए कुवेतले यस बिसयमा केन्द्रमा समेत बारम्बार रिपोर्टिङ गरेर नेपाल सरकारसंग आवस्यक समन्वय गरि कामदार फर्किन सक्ने वातावरण निर्माण गर्न आग्राह गरिरहेको छ।

    त्यति मात्र नभई लकडाउनको अवधी मे २८ सम्म लम्बिएसंगै थप धेरै समस्या झेल्नुपर्ने बताउँदै एनआरएनए केन्द्रलाई राहत बजेटको लागि समेत माग गरेको छ। कुवेतमा लकडाउन र १६ घण्टे कर्फ्युले जनजिवन दिननुदिन अस्तब्यस्त छन। खाद्यान्न किन्न र स्वास्थ्य सम्बन्धि समेत समस्या बन्दै गइरहेको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

     

    धैर्यता भित्र लुकेका प्रश्नहरु – कमला थापा

    २०८२ असार २२ गते। नेपाली कांग्रेसमा कोइरालाहरु अरु नेतृत्व भन्दा निकै सरल, शालिन कार्यकर्ताका विचमा...

    १ राउन्ड हवाई फायर गर्दै ब्राउन सुगरसहित ३ जना पक्राउ

    मोरङ, असार २२ – रंगेली–८ बसपार्क नजिकै डिल्लीराम श्रेष्ठको घरमा भाडामा बस्दै आएका रंगेली–८ का...

    महाकाली किनारमा निर्माणाधीन बाँध नरोकिने : गृहमन्त्री लेखक

    कञ्चनपुर, असार २२ – सुदूरपश्चिमको कञ्चनपुर जिल्लाको महाकाली नदी किनारमा निर्माणाधीन बाँधको स्थलगत अवलोकन गर्दै...

    राजपुर इँटाभट्टा बम बिष्फोटको साक्षी गौरीशंकरको आँसु– “घरको ढोकामा बम पड्कियो, होस खुल्दा भारतको अस्पतालमा थिएँ”

    काठमाडौं, असार २२ – रौतहटको चर्चित इँटाभट्टा बम बिष्फोट प्रकरण फेरि चर्किएको छ। कांग्रेस नेता...

    काठमाडौं भ्यू टावरका ठेकेदार भेटवाल एक सातामै छुटे

    काठमाडौं, असार २२ – करिब १० करोड रुपैयाँ बराबरको चेक बाउन्स प्रकरणमा पक्राउ परेका काठमाडौं...