News Portal

एनआरएनए कुवेतद्वारा लकडाउन क्षेत्रका नेपालीलाई राहत बितरण

हिमाली संचार संवाददाता
९३३ पटक
अप्रिल १८, २०२० शनिबार

कुवेत – गैरआबसिय नेपाली संघ (एनआरएनए) कुवेतले समस्यामा परेर आफ्नो सम्पर्कमा आएका नेपालीहरुलाई सकेको सहयोग गर्दै आएको छ।

कुवेत सरकारले कोरोना भाइरस (कोभिड-१९)को नियन्त्रणका लागि अहिले कुवेतका जिलिब, हसाबिया लगायत महाबुल्लामा लकडाउन जारी गरेपछी एनआरएनए कुवेतले खानाको समस्यामा परेका नेपालीहरुलाई सहयोगस्वरुप राहत बितरण गरिरहेको छ।

एनआरएनए कुवेतद्वारा मंगलबार कुवेतको जिलिब हसाबिया क्षेत्रमा रहेका ५० जना नेपालीहरुलाई खाद्यन्न बितरण गरिएको थियोे। त्यसयता माहाबुल्ला क्षेत्रका ३० जना र पुनः जिलिब हसाबियामा रहेका थप २० जना लगायत यस अघि हवाली, सालमिया, फर्वानिया, मंग्गाफ, फाहिलमा पनि राहत बितरण गरिएको एनआरएनए कुवेतका वैदेशिक रोजगार बिभाग प्रमुख उमेश पुडासैनीले हिमालीसंचारलाई जानकारी दिए।

अहिलेसम्म कुवेतमा नेपालीहरुको कोरोनाबाट ज्यान गएको छैन। १९ जनामा कोरोना संक्रमण देखिएपछी उनीहरुको यहाँको सरकारले उपचार गरिरहेको छ।

साथै यहाँ कोरोनाबाट संक्रमित भई पाँच जनाको मृत्यु भयो। त्यस्तै डेढ सय बढि उपचारपछि पूर्णरुपमा निको भई घर फर्किए भने १६ सय ५० बढी ब्यक्तिहरुमा कोरोना संक्रमण भएको बताईएको छ।

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...