News Portal

एनआरएनए कुवेतद्वारा लकडाउन क्षेत्रका नेपालीलाई राहत बितरण

हिमाली संचार संवाददाता
८६९ पटक
अप्रिल १८, २०२० शनिबार

कुवेत – गैरआबसिय नेपाली संघ (एनआरएनए) कुवेतले समस्यामा परेर आफ्नो सम्पर्कमा आएका नेपालीहरुलाई सकेको सहयोग गर्दै आएको छ।

कुवेत सरकारले कोरोना भाइरस (कोभिड-१९)को नियन्त्रणका लागि अहिले कुवेतका जिलिब, हसाबिया लगायत महाबुल्लामा लकडाउन जारी गरेपछी एनआरएनए कुवेतले खानाको समस्यामा परेका नेपालीहरुलाई सहयोगस्वरुप राहत बितरण गरिरहेको छ।

एनआरएनए कुवेतद्वारा मंगलबार कुवेतको जिलिब हसाबिया क्षेत्रमा रहेका ५० जना नेपालीहरुलाई खाद्यन्न बितरण गरिएको थियोे। त्यसयता माहाबुल्ला क्षेत्रका ३० जना र पुनः जिलिब हसाबियामा रहेका थप २० जना लगायत यस अघि हवाली, सालमिया, फर्वानिया, मंग्गाफ, फाहिलमा पनि राहत बितरण गरिएको एनआरएनए कुवेतका वैदेशिक रोजगार बिभाग प्रमुख उमेश पुडासैनीले हिमालीसंचारलाई जानकारी दिए।

अहिलेसम्म कुवेतमा नेपालीहरुको कोरोनाबाट ज्यान गएको छैन। १९ जनामा कोरोना संक्रमण देखिएपछी उनीहरुको यहाँको सरकारले उपचार गरिरहेको छ।

साथै यहाँ कोरोनाबाट संक्रमित भई पाँच जनाको मृत्यु भयो। त्यस्तै डेढ सय बढि उपचारपछि पूर्णरुपमा निको भई घर फर्किए भने १६ सय ५० बढी ब्यक्तिहरुमा कोरोना संक्रमण भएको बताईएको छ।

प्रतिकृया दिनुहोस्

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...

प्रधानमन्त्री कार्कीद्वारा मौलिकता जोगाउन जोड, परम्परागत पोशाकको प्रोत्साहन

काठमाडौं, पुष ६ – प्रधानमन्त्री सुशीला कार्कीले आधुनिकताका नाममा आफ्ना मौलिक परम्परा र सांस्कृतिक पहिचानलाई...