News Portal

कैलालीका युवाहरु कोरोना रोकथाम अभियानमा सक्रिय

हिमाली संचार संवाददाता
५४५ पटक

बौनिया,कैलाली – कैलालीको बर्दगोरिया गाउँपालिका १ कट्टिपुरका युवाहरु कोरोना संक्रमण रोकथामको अभियानमा सक्रिय बनेका छ्न । विस्वभर माहामारीको रूपमा फैलिएको कोरोना भाइरसबाट आफ्नो गाउँलाई सुरक्षित राख्न कट्टीपुरका युवाहरूले सामुहिक पहल गरेका हुन ।

कोरोना भाइरस संक्रमण रोक्न उनीहरूले गाउँ प्रवेश गर्ने सबैलाई आवस्यक सोधपुछ ,कोरोनाबारे परामर्श र सल्लाह दिने गरेको युवा समाजसेवी पदम बमले जानकारी दिए । उनका अनुसार गाउँमा प्रवेश गर्ने नयाँ अपरिचित व्यक्तिसित सोधपुछ गरेर मात्रै गाउँ प्रवेश गर्न दिइएको छ । सीमावर्ती जिल्ला भएका कारण पछिल्लो समय भारतबाट लुकिछिपी नेपाल प्रवेश गर्नेको समाचार सार्बजनिक भएपछि गाउँमा प्रवेश गर्ने अपरिचित व्यक्तिमाथि आवस्यक सोधपुछ गर्ने गरिएको हो ।

कोरोना भाइरसबाट बच्न आफ्नो सुरक्षा साबधानी आफै गर्नुपर्ने भएको हुँदा यो कार्यक्रम गरिएको स्थानीय अर्का युवा भीम बहादुर बमले जानकारी दिए । उनले गाउँ प्रवेश गर्ने सबैलाई साबुन पानीले हात धोयर मात्रै प्रवेश गर्न दिइएको बताए । “उनले भने यसका लागि हामिले सडक छेउमै गाउँ प्रवेस गर्नेका लागि साबुन पानीको व्यवस्था गरेका छौ गाउँ प्रवेश गर्ने सबैलाई हात धोयर मात्रै प्रवेस गर्न दिएका छौ । ”

कोरोना संक्रमण रोक्न नेपाल सरकारले गरेको कार्यक्रमलाई सहयोग गर्न स्थानीय स्तरमा युवाहरुको सक्रियतामा यो कार्यक्रम गरिएको कट्टिपुरका युवाहरुको भनाईछ । गाउँ प्रवेश गर्न सडकको दुई स्थानमा साबुन पानीको व्यवस्था गरिएको छ अर्का युवा झङ्क शाही भन्छ्न अब गाउँमा सुरक्षा साबधानिका लागि माक्स वितरणको तयारी पनि थालिएको छ ,जसअन्तर्गत युवाहरुबाट केही रकम संकलन गरि माक्स किनेर गाउँमा बितरणको तयारी हुदैछ ।

प्रतिकृया दिनुहोस्

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...