News Portal

सुर्खेतमा लकडाउन उल्लंघन गर्ने २ पाष्टर पक्राउ

नगेन्द्र उपाध्याय
५५८ पटक
सुर्खेत १५, २०७६ चैत

कोरोना भाइरस रोकथामका लागि सरकारले लगाएको ‘लकडाउन’ उल्लंघन गर्ने चर्चका दुई जना पाष्टरहरुलाई प्रहरीले शनिबार पक्राउ गरेको छ।

लकडाउनका क्रममा अनुयायीहरुलाई भेला गरेर प्रार्थना गरिरहेका पाष्टरहरुलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतले पक्राउ गरेको हो।

प्रहरी निरीक्षक गोपाल रायमाझीका अनुसार कालिन्चोकको निस्सीएजी चर्चका पाष्टर मोहनदास गुरुङ र ग्रिस मण्डली चर्च करेखोलाका प्रेम विकलाई पक्राउ गरिीएको हो।

‘लकडाउनको उलंघन गरेर चर्चभित्र मानिस भेला गरेर प्रार्थना गरिरहेका बेला उनीहरुलाई पक्राउ गरिएको हो,’ प्रहरी निरीक्षक रायमाझीले भने, ‘कानुन अनुसार कारवाही प्रक्रिया अघि बढाउँछौं।’

प्रहरीले शनिबार लकडाउनको उलंघन गर्ने ११ वटा सवारीसाधन पनि नियन्त्रणमा लिएको छ।

प्रतिकृया दिनुहोस्

बूढानीलकण्ठमा गृहमन्त्री र पार्टी सभापतिबीच छलफल

काठमाडौं, ८ वैशाख – गृहमन्त्री सुधन गुरुङ मंगलबार रवि लामिछानेलाई भेट्न बूढानीलकण्ठस्थित निवास पुगेका छन्।...

ट्रेड युनियन नहटाउन बालेनलाई अन्तर्राष्ट्रिय आग्रह

काठमाडौं, वैशाख ८ – विश्व ट्रेड युनियन महासंघ अन्तर्गतको सार्वजनिक सेवा तथा सहायक क्षेत्रीय संगठनले नेपालमा...

लागुऔषधसहित आविद पक्राउ

मोरङ, वैशाख ८ – रतुवामाई नगरपालिका–१, हटिया डाँडाबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन्। सोही...

आज २०८३ साल वैशाख ८ गतेको राशिफल

आज वैशाख ८, २०८३ ( अप्रिल २१, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

‘सेयर किन्नु गलत हो?’ गृहमन्त्रीले उठाए प्रश्न

काठमाडौं, वैशाख ७ – गृहमन्त्री सुधन गुरुङले आफ्ना सेयर लगानीबारे सार्वजनिक रूपमा उठाइएका प्रश्नहरूप्रति प्रतिक्रिया...