News Portal

प्रधानमन्त्रीलाई अरबबाट सीपी धादिङेकाे खुलापत्र

सीपी धादिङे
७४७ पटक

सम्माननिय प्रधानमन्त्री ज्यू,

नमस्कार !

फरक बिचार फरक पार्टी भएर बिरोध गर्ने मेरो मनशाय पटक्कै हुँदै होइन। हरेक नेपालीले बाच्नु पाउनु पर्ने अर्थात स्वास्थ्य सम्बन्धी हक मौलिक हक अन्तर्गत नै नेपालको संविधानले सुरक्षित गरेको अवस्था हो।

त्यसैले सम्माननिय प्रधानमन्त्री खड्क प्रसाद ओलि ज्युले मृगौला प्रत्यारोपण सफल भयो र दिर्घजिबिको कामना नगरी बसिरहन नैतिकताले दिदै दिएन एक नेपाली भएको नाताले अनि आफ्नो देशको प्रधानमन्त्री भएको कारणपनि तर, प्रधानमन्त्री ज्यु यो स्वास्थ्य सम्बन्धी हक दुखी गरिब निमुखा जनतालाई पनि हो र ? भनी प्रश्न गर्नु मन लाग्छ।

जाजरकोट, कालिकोट जस्ता बिकट जिल्लाको ग्रामिण भेगमा सामान्य ज्वोरोको सिटामोल नपुग्दा कयौ बालबालिका तथा अन्यले अकालमा आफ्नो ज्यान गुमाउन बाध्य छन। यसबाट के बुझ्न सकिन्छ भने नेपालको संविधानले सुरक्षित गरेको स्वस्थ्य सम्बन्धि हक मात्र तपाईं जस्तो प्रधानमन्त्री, मन्त्री अनि नेता तथा नेताका आसेपासे लगायत धनाढ्य बर्गको लागि मात्र हो।

कि भन्ने आभास हुन जान्छ होइन भने अस्ति मात्र समाचारमा पढ्दै थिए एक चेली जो भिरबाट लडेर गम्भीर घाइते हुदा उनिलाइ हेलिकप्टर मार्फत तुरुन्त काठमाडौ लान सकियो भने मात्र बाच्न सफल हुनेछिन यदि त्यही काम नि बिलम्ब भयो भनी उनी जिवित रहने सम्भावना छैन भनी रोइकराई परिवारले हेलिकप्टरको माग गरिरहदा गरिब परिवारले आफ्नो ब्यक्तिगत खर्चमा हेलिकप्टर उपलब्ध गराउन सक्ने अवस्था थिएन।

सरकारको तर्फबाट पनि केही ब्यवस्था नहुदा लाउलाउ खाउखाउ भन्ने उमेरमा अकालमै ज्यान फाल्न बिवस भइन ती चेली। समाचार पढ्दै गर्दा मन कुडियो मुटु भक्कानियो तर म संग नि मन कुडाउनु अनि मुटु भक्कनाउनु भन्दा अरु के नै उपाय थिए र ?

अनि प्रधानमन्त्री ज्यु तपाईं ७९ वर्षको उमेरमा २/२ पटक मृगौला फेर्न सक्ने ती चेलिलाई एउटा हेलिकप्टरको समेत ब्यवस्था हुन नसक्ने ? तपाइको दिनचार्यलाइ हेर्नी हो भने तपाइले पनि सामान्य ४०/५० हजारको स्वस्थ्य उपचार गर्नु भने ऋण काट्नु पर्ने होइन र ? तर हिजो थाइल्यान्डमा गएर मृगौला फेर्नु भो आज नेपालमै फेरि दोस्रो पटक मृगौला फेर्नु भो तपाईं ७९ वर्षको मान्छेलाई बाच्न यती धेरै रहर छ मर्न मन छदैछैन भने ती कलिलो उमेरकी चेलिलाइ बाच्ने रहर थिएन होला ? सोच्नुस त एकपटक !

२/२ पटक मृगौला फेरिरहदा तपाइलाई तपाइकै आसपासमा रहेका सोसल मिडियाले प्रचारप्रसार गरेर भनेझै दुबै पटक मृगौला दिनेले दया मायाले त पक्कै दिएनन होला ? तपाइको भान्जीले भने झै मैले मामाको मुखलाई हेरेर होइन देशको लागि भोलिलाइ दिएकी हु भनेर आफ्नो शरीर मृत्युको मुखमा धकेली पक्कै तपाइलाइ सित्तैमा बचाइकी होइनन।

यो म दावाका साथ भन्न सक्छु तैपनी मेरो सोचाइ गल्ती होकि तपाइले र तपाइको भान्जिले बाहिर सारालाइ सित्तैमा देशको लागि दिएको भनेर जुक्काए पनि आफ्नो मनलाइ झुक्काउन न मैले सक्छु न हजुरहरुले नै सक्नु हुन्छ त्यसैले एकपटक छातिमा हात राखेर सोच्नुहुन बिनम्रताका साथ आग्रह गर्दछु।

तपाइलाई दुई/दुई पटक मृगौला फेर्नको लागि चाहिने रकम कति र कहाँबाट जोहो भयो ? हामी जनताले जान्न पाउनु पर्ने कि नाइ ? तपाइको अहिलै दिनचार्यलाइ हेर्नी हो भने त तपाईंसंग भएको आर्थिक रकमबाट यो सम्भव थिएन होला ?

यदि थियो भने जति लाग्यो त्यो कसरी सम्भव भयो ? यदि थिएन भने तपाइ ७९ वर्षको उमेरमा बाच्न रहर लागेर २/२ पटक मृगौला फेरि सरकारी ढुकुटी दोहन गर्न मिल्नी अनि जनताले सिटामोल र आपत्कालिन हेलिकप्टर नपाएर मृत्युबरण गर्नु पर्ने हो भने कागजको खोस्टोमा लेखिएको मौलिक हक तपाईं जस्तालाई मात्र रहेछ भनेर बुझ्नु सिवाय अरु के नै हुन्छ र ?

प्रतिकृया दिनुहोस्

आज २०८३ साल वैशाख ९ गतेको राशिफल

आज वैशाख ९, २०८३ ( अप्रिल २२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रतुवामाईकाे जेसिवी ग्यारेजमा सम्धित निकाय माैन!

रबिन्द्र बराल– मोरङको रतुवामाई  नगरपालिकामा रहेको जेसीबी विगत लामो समयदेखि ग्यारेजमै थन्किएको अवस्थामा फेला परेको...

बूढानीलकण्ठमा गृहमन्त्री र पार्टी सभापतिबीच छलफल

काठमाडौं, ८ वैशाख – गृहमन्त्री सुधन गुरुङ मंगलबार रवि लामिछानेलाई भेट्न बूढानीलकण्ठस्थित निवास पुगेका छन्।...

ट्रेड युनियन नहटाउन बालेनलाई अन्तर्राष्ट्रिय आग्रह

काठमाडौं, वैशाख ८ – विश्व ट्रेड युनियन महासंघ अन्तर्गतको सार्वजनिक सेवा तथा सहायक क्षेत्रीय संगठनले नेपालमा...

लागुऔषधसहित आविद पक्राउ

मोरङ, वैशाख ८ – रतुवामाई नगरपालिका–१, हटिया डाँडाबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन्। सोही...