सुर्खेत २३, २०७६ फागुन : अख्तियार दुरपयोग आयोग सुर्खेतले सिम्ता गाँउपालिकाको प्रशासनिक भवन निर्माण गर्दा तोकीएको स्थान भन्दा बाहिरको भू-भागमा अनावश्यक डोजर चलाएर आर्थिक हिनामिना गरेको भन्ने उजुरीका आधारमा सिम्ता गाँउपालिकाका अध्यक्ष कविन्द्र कुमार केसीलाई पत्र काटेको छ।
पातचौर साबिक राकम गाबिसको वडा नम्बर १ गजौडा अन्तर्गत पर्दछ भने अख्तियारको पत्रमा सिम्ता गाउँपालिक वडा नम्बर १ पातचौर भनिएपनी सिम्ता गाँउपालिकाको प्रशासनिक भवन निर्माणस्थल गाउँपालिकाको वडा नम्बर ६ मा पर्दछ।
गाउँपालिका अध्यक्ष केसीले आर्थिक वर्ष २०७५/७६ को युवा उद्यम कार्यक्रमको बजेट युवा उद्यमीहरुलाई नदिएर विभिन्न तालिमको नाममा रकम हिनामिना गरेको अख्तियारले जनाएको छ।
उक्त पत्रमा अनियमितता गरेको भनेर अख्तियारमा उजुर परेपछि हो वा होईन सोको स्पष्टीकरण माग्दै ७ दिन भित्र कागजात पेश गर्न भनेको थियोे। तर शाखा अधिकृत बिनोद सापकोटाद्वारा हस्ताक्षरित पत्र २०७६ फागुन ४ गते गाउँपालिकालाई काटिए पनि सो पत्र गुपचुप राखिएको थियोे।
गाउँपालिकाका अध्यक्ष केसी स्थानीय निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार खड्ग बहादुर पोखरेललाई पराजित गरेर तत्कालीन एमालेबाट बिजयी भएका थिए।