News Portal

मलाई फसाउन गिरोह नै लागेको छ- मुख्यमन्त्री राई

हिमाली संचार संवाददाता
४३४ पटक

 

इटहरी । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट प्रेस संगठनले शनिवार सुनसरीको इटहरीमा आयोजना गरेको कार्यक्रममा प्रदेश नं.१ का मुख्यमन्त्री शेरधन राईले सम्बोधन गर्ने क्रममा आफुलाई फसाउन गिरोह लागि परेको बताएका छन्। 

गत शुक्रवार बालिका खड्का ( राई ) नाम गरेकी महिलाले मुख्यमन्त्री राई विरुद्ध काठमाण्डौ जिल्ला अदालतमा अंश मुद्धा दायर गरेपछि राईले सार्वजनिक मञ्चबाटै फसाउने खेल भएको स्पष्टीकरण दिएका हुन्। 

प्रेस संगठनको प्रदेश तथा जिल्ला समितिको सपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा मुख्यमन्त्री राईले आफुलाई पति दावी गर्ने व्यक्तिलाई अहिले सम्म नभेटेको र नचिनेको बताउदै २०७२ सालमा सूचना तथा सञ्चारमन्त्री भएको करिब तीन महिना पछि मौसम अनुसार धेरै फोन नम्बरबाट म्यासेज गर्ने, एउटा गिरोह नै लागेर ठुलो षड्यन्त्र गर्दै आफुलाई फसाउने खेलभइरहेको सम्बन्धमा तत्कालिन प्रधानमन्त्रीलाई सम्पूर्ण विवरण जानकारी गरिसकेको समेत बताएका थिए। 

दोलखा धर भएको भनिएकी तत्कालीन एमाले पार्टीमा आबद्ध रहेको बताउने खड्काले मुख्यमन्त्री राईले आफुमाथि यौनजन्य हिंसा गरेको आरोप लगाएकी थिइन। शुक्रवार उनले काठमाण्डौ जिल्ला अदालतमा अंश मुद्धा दायर गरेकी छिन। यस बिषयलाई लिएर मुख्यमन्त्री राईले ती महिलाले आफुमाथि लगाएको आरोपको बारेमा पहिलो पटक सार्वजनिक मञ्चबाट स्पष्टीकरण दिएको हो। 

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ ७ गतेको राशिफल

आज माघ ७, २०८२ (जनवरी २१, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

दुर्गा प्रसाईं हाजिरी जमानीमा रिहा, निर्वाचन आयोगमाथि आरोप

काठमाडौं, ६ माघ – नागरिक बचाउ महाअभियानका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईं सोमबार हाजिरी...

झापा–५ बाट ओलीको मनोनयन दर्ता

काठमाडौं, माघ ६ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्यका लागि झापा–५ बाट...

आज २०८२ साल माघ ६ गतेको राशिफल

आज माघ ६, २०८२ (जनवरी २०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

कांग्रेस नेता चन्द्र थापाः एकता र सहकार्य आजको आवश्यकता

धादिङ – आगामी निर्वाचनमा प्रत्यक्षतर्फ आफ्नो उम्मेदवारी घोषणा गर्दै नेपाली कांग्रेसका नेता चन्द्र थापाले पार्टीभित्रका...