News Portal

  • समायोजनमा नपरेका प्रहरी कर्मचारी स्वतः नेपाल प्रहरीमा कायम

    हिमाली संचार संवाददाता
    ३८५ पटक

    केशवराज जोशी
    काठमाडौं १६, २०७६ फागुन : नेपाल प्रहरीमा समायोजनपछि पतिपत्नी एकै प्रदेशमा बस्न पाउने भएका छन्। नेपाल प्रहरी समायोजन ऐनले यस्तो व्यवस्था गरेको हो।

    संघीय प्रणालीअनुसार प्रहरी कर्मचारीलाइ प्रहरी र प्रदेश प्रहरीमा समायोजन गर्ने प्रक्रिया सुरु भइसकेको छ। यसअघि प्रहरीमा पतिपत्नी फरक प्रदेशको भएको अवस्थामा के हुने भन्ने अन्योल कायम थियो।

    प्रहरी कर्मचारी समायोजनका लागि जारी भएको ऐनमा भनिएको छ, “प्रदेश प्रहरीमा समायोजन भएका प्रहरी कर्मचारीले अर्को प्रदेशमा विवाह भएका कारण सो प्रदेशमा सरुवा हुन माग गरेमा दुवै प्रदेशमा समन्वयमा सरुवा हुन सक्नेछन् ।” यो व्यवस्थाले तल्ला दर्जाका प्रहरी कर्मचारीलाई सहज हुनेछ।

    यस्तै समायोजनमा जाने प्रहरीको तह बढुवा भने नहुने भएको छ तर ग्रेडवृद्धि भने हुनेछ। समायोजन ऐनमा भनिएको छ, ‘समायोजन गर्दा खाईपाई आएको तलब वृद्धि (ग्रेड) मा दुई तलब वृद्धि (ग्रेड) थप गरी समायोजन हुनेछ।

    समायोजनमा नपरेका प्रहरी कर्मचारी स्वतः नेपाल प्रहरीमा कायम भएको मानिनेछ। समायोजन भएका राजपत्रांकित स्तरको प्रहरी कर्मचारीलाई मन्त्रालयले र त्यसबाहेक अन्य प्रहरीलाई प्रधान कार्यालयले समायोजन पत्र दिनेछ।

    समायोजन गर्दा कार्यरत पदको ज्येष्ठता, कम्तीमा एक वर्षदेखि कार्यरत रहेको प्रदेश, हालको स्थायी बसोबासको ठेगाना, नागरिकताको प्रमाणपत्रमा उल्लिखित ठेगाना, उमेरको ज्येष्ठतालाई आधार मानिने उल्लेख छ।

    समायोजनमा नपरेका प्रहरी कर्मचारी स्वतः नेपाल प्रहरीमा कायम हुनेछन्। प्रहरी प्रवक्ता डीआईजी शैलेश थापा क्षेत्रीका अनुसार प्रहरीमा ७९ हजार ५२३ स्वीकृत दरबन्दी छ। जसमा १४ प्रतिशत खाली छ।

    संघ र प्रदेश प्रहरीको पोसाक भने एउटै हुने भएको छ। संघीय संरचनामा रहेका कतिपय मुलुकमा प्रदेश अनुसार प्रहरीका फरक–फरक पोसाक छन्।

    प्रदेश प्रहरीको नेतृत्व डीआईजीले गर्नेछन्। समायोजन ऐनमा भनिएको छ, “प्रदेश प्रहरी प्रमुखका रूपमा खटिएको प्रहरी कर्मचारीले प्रदेश प्रहरीको दर्ज्यानी चिह्न लगाई प्रदेश प्रहरीका रूपमा काम गर्नुपर्नेछ।” अन्य प्रहरी संघमा रहनेछन।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    हितेन्द्रदेव शाक्य सर्वोच्च अदालतमा गए, सरुवा निर्णयविरुद्ध रिट दायर

    काठमाडौं, कार्तिक १७  – नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आफ्नो सरुवा निर्णयविरुद्ध...

    काठमाडौंमा लत्रिएका तार व्यवस्थापन सुरु

    काठमाडौं, १७ कार्तिक — काठमाडौं महानगरपालिकाले शहरका विभिन्न स्थानमा लत्रिएका तार व्यवस्थापन गर्न काम सुरु...

    मोबाइलको लतमा फसेका युवालाई गलत तत्वले प्रयोग गरेको पोखरेलको दाबी

    काठमाडौं, १७ कात्तिक — नेकपा एमालेका महासचिव शंकर पोखरेलले पछिल्लो समय मोबाइलको अत्यधिक प्रयोगमा रमाउने...

    युके पठाइदिन्छु भन्दै ४२ लाख ठगी गर्ने युवक पक्राउ

    काठमाडौँ, कार्तिक १७ – वैदेशिक रोजगारीका नाममा ठगी गर्ने एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।...

    कैलालीमा दुई भारतीय नागरिक पक्राउ, २८ लाख रुपैयाँ बरामद

    कैलाली, कार्तिक १७ – स्रोत नखुलेको ठूलो परिमाणको नगदसहित दुई भारतीय नागरिक कैलालीमा पक्राउ परेका...