News Portal

कविता “ गाउँ घरको समय “

हिमाली संचार संवाददाता
४७८ पटक

कविता – गाउँ घरको समय

 

जेठो भाले बासे पछि

पारी गोठमा गोठालोहरु

बिउझिन्थे अनि बाल्थे 

दिप्प – दिप्प आगो 

माइलो भाले बासे पछी 

घरको बार्दलिमा घुर्थे 

परेवाको जोडी 

बिउझिन्थिन आमा 

रातो माटोले पोत्थिन 

घरको पिडी 

कान्छो भाले बासे पछी 

झर्दै गरेको उज्यालोमा 

पानी भर्नेहरुको ताँती 

लाग्थो पधेरीमा 

यसरी नै समयको

मापन हुन्थ्यो गाउँमा ।

 

खेतलाहरु भर्लाको पातमा 

खह्रौ लाम्पाते सुर्तिको 

धुवा उढाउदै  बेशी मेलोमा झर्थे 

घाँम एक टांगो माथी उक्ले पछी 

स्कुले नानी बाबुहरु 

घाँम संगै दौडन्थे पाठशाला 

एक जुवा घाँम डुब्न लागे पछी 

बाँझो चिर्दै गरेको खेतबाट 

स्वतन्त्रत हली दाजुले फुकाइ दिन्थे 

हल गोरुको काधबाट 

जुवा र हलो संगै 

दिन भरिको थकान 

यसरी नै गाउँ घरमा 

समयको मापन गरिन्थ्यो ।

 

कवि- गौतम सागर राई 

हाल- कोलोराडो अमेरिका 

 

प्रतिकृया दिनुहोस्

नेकपाले प्रवासबाट ४ जनाको नाम समानुपातिकका लागि सिफारिस

कुवेत – आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि प्रवास क्षेत्रबाट समानुपातिक सांसदको सिफारिस सूची नेकपाले सार्वजनिक...

बालेन शाह राजीनामा गर्ने तयारी काठमाडौंमा उपमेयर डंगोल कार्यवाहक मेयर बन्ने

काठमाडौं — काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रतिनिधिसभा चुनाव लड्ने तयारीका लागि राजीनामा दिने घोषणा...

बालेन–रवि सहमतिपछि नेप्सेमा उछाल, लगानीकर्तामा उत्साह

काठमाडौं, १३ पुष – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेसँगै...

रवि र बालेनबीचको सम्झौता: भारतीय मिडियाको दृष्टिकोण

काठमाडौं, पुष १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका...

फुलखर्क कल्याणकारी समाजको बाह्रौं वार्षिक साधारण सभा सम्पन्न

धादिङ – फुलखर्क कल्याणकारी समाजको बाह्रौं वार्षिक साधारण सभा धादिङमा भव्य तथा उत्साहपूर्ण माहोलमा सम्पन्न...