आज : २०२६-०६-०८, सोमबार

कविता “ गाउँ घरको समय “

कविता – गाउँ घरको समय

 

जेठो भाले बासे पछि

पारी गोठमा गोठालोहरु

बिउझिन्थे अनि बाल्थे 

दिप्प – दिप्प आगो 

माइलो भाले बासे पछी 

घरको बार्दलिमा घुर्थे 

परेवाको जोडी 

बिउझिन्थिन आमा 

रातो माटोले पोत्थिन 

घरको पिडी 

कान्छो भाले बासे पछी 

झर्दै गरेको उज्यालोमा 

पानी भर्नेहरुको ताँती 

लाग्थो पधेरीमा 

यसरी नै समयको

मापन हुन्थ्यो गाउँमा ।

 

खेतलाहरु भर्लाको पातमा 

खह्रौ लाम्पाते सुर्तिको 

धुवा उढाउदै  बेशी मेलोमा झर्थे 

घाँम एक टांगो माथी उक्ले पछी 

स्कुले नानी बाबुहरु 

घाँम संगै दौडन्थे पाठशाला 

एक जुवा घाँम डुब्न लागे पछी 

बाँझो चिर्दै गरेको खेतबाट 

स्वतन्त्रत हली दाजुले फुकाइ दिन्थे 

हल गोरुको काधबाट 

जुवा र हलो संगै 

दिन भरिको थकान 

यसरी नै गाउँ घरमा 

समयको मापन गरिन्थ्यो ।

 

कवि- गौतम सागर राई 

हाल- कोलोराडो अमेरिका