News Portal

जन्मदिन मनाउदा प्रधानमन्त्रीको चौतर्फी विरोध, भीम रावल र रेखा थापाले यसो सम्म भनेका छन्

हिमाली संचार संवाददाता
५१७ पटक

काठमाण्डौ। प्राधानमन्त्री केपी शर्मा ओलीले आइतबार आफ्नो ६९ जन्मोत्सव मनाउने क्रममा बानाएको केकको विषयमा सामाजिक सञ्जालभरी बिरोध र आक्रोश पोखिएको छ भने सर्वसाधारण, कानुनविद देखि उनका पार्टी पंतिबाट समेत विरोध भैरहेको छ। यस प्रकारका क्षम्य ब्याबहार बिखण्डनकारी रहेको समेत तर्क गरेका देखिन्छ।

राज्यलाई टुक्रा टुक्रा पार्न खोजिएको राज्यलाई खण्डित गर्न खोजिएको सन्देश गएको छ। यस्तो संवेदनशिलता ख्याल नगरी बर्थ डे केक काटिएको प्रति चौतर्फी विरोध साथै गुनासो भैरहेको छ भने अर्को तर्फ  निवर्तमान सूचना तथा प्रविधि मन्त्री गोकुल प्रसाद बास्कोटाको भ्रष्टाचार सम्बन्धि अडियोटेप प्रकरणलाई ओझेल पार्न यस प्रकारको कुटिल चालेका सर्वसाधारणले अनुमान गरेका छन्। 

भीम रावलले समेत यसमा ट्वीट्स गर्दै आफ्ना विमती राखेका छन्। उनी लेख्छन् “प्रधानमन्त्रीज्यूलाई जन्मदिनको शुभकामना ! यो मनन गर्नु भने उचित हुन्छ-केक काट्ने नेपाली मौलिक सँस्कृति होइन, देशलाई हामी आमा भन्छौं, काटेर खान मिलेन, अँझ ‘समृध्दि’ का लागि संसारका सामु हात पसारिरहेको बेला अति ठूलो रकम खर्चेर जन्मदिन मनाउन मिल्दैन; पार्टी निर्णयले झनै मिल्दैन ।”

त्यस्तै नायिका रेखा थापाले पनि ट्वीट्स गरेकी छिन। उनी लेख्छिन “नियतवस नहोला तर लक्षण गतिलो छैन । छातीमा देशको जिम्मेवारीको बिल्ला र हातले देशको नक्सा काटेको देख्दा अचम्म लाग्यो । देशको प्रधानमन्त्रिको अनुहारमा पनि सन्देश हुन्छ, तर यो केक काटाइको सन्देश बुझिएन।”

प्रधानमन्त्रीको आलोचना एक पछि अर्को हुदै आफ्नै पार्टी पंक्ति भित्र, कालाकार र आम सर्वसाधारणले मात्र गरेका छैन सार्वजनिक रुपमा माफी माग्न अनुरोध समेत गरेका छन्।

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ ७ गतेको राशिफल

आज माघ ७, २०८२ (जनवरी २१, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

दुर्गा प्रसाईं हाजिरी जमानीमा रिहा, निर्वाचन आयोगमाथि आरोप

काठमाडौं, ६ माघ – नागरिक बचाउ महाअभियानका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईं सोमबार हाजिरी...

झापा–५ बाट ओलीको मनोनयन दर्ता

काठमाडौं, माघ ६ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्यका लागि झापा–५ बाट...

आज २०८२ साल माघ ६ गतेको राशिफल

आज माघ ६, २०८२ (जनवरी २०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

कांग्रेस नेता चन्द्र थापाः एकता र सहकार्य आजको आवश्यकता

धादिङ – आगामी निर्वाचनमा प्रत्यक्षतर्फ आफ्नो उम्मेदवारी घोषणा गर्दै नेपाली कांग्रेसका नेता चन्द्र थापाले पार्टीभित्रका...