News Portal

नेपाली सेनाद्वारा महाशिवरात्री तथा सेना दिवसमा स्वास्थ्य शिविर सञ्चालन

हिमाली संचार संवाददाता
४११ पटक

रबिन्द्र बराल -महाशिवरात्रि तथा सेना दिवस को अवसरमा सुर्य दल गण थलाह ब्यारेक माेरङले निःशुल्क स्वास्थ्य शिविर काे अायाेजना गरेको छ । उक्त सिविरमा १५ सय जनाले स्वास्थ्य परिक्षण गराएका छन । साे शिविर का प्रमुख अतिथि प्रितना उपरथि अनन्त बहादुर कार्की ,२ नम्बर अड्डाका बाहिनी पति एन बहादुर ढकाल , सुर्य दल गण थहलाका प्रमुख सेनानी रधुनाथ पाैडेल, धनपालथान गाउँ पालिकाका अध्यक्ष हरिलाल सिंह , ईलाका प्रहरी कार्यलय रंगेलीका प्रहरी निरिक्षक लेखनाथ दहाल वडा अध्यक्ष लगायतको उपस्थिति समेत रहेको थियो । सिविरमा स्त्रीरोग ,नाक कान घाँटी,बाल राेग हाडजोर्नी तथा जनरल मेडिकल, उपचारलगायतकाेे सेवा प्रदान गरिएको थियो । उक्त शिविरमा काेशि अञ्चल अस्पताल बिराटनगर ,लायन्स क्लव ,न्युरो अस्पताल बिराट अाँखा अस्पताल लागायत १४ बटा अस्पताल हरुकाे सहयोगमा स्वास्थ्य शिविर गरिएको थियोे । सिविरमा बिरामिलाई निःशुल्क औषधि समेत वितरण समेत गरेका थिए । धनपालथान गाउँ पालिका बडा नम्बर ३ मा रहेको शिव शक्ति माध्यमिक बिधालयमा स्वास्थ्य शिविरकाे अायाेजना गरिएको थियो । शिविर संगै बिपत ब्यवस्थापन गण सुन्दरी जल बाट अाएकाे टाेलिले गाउँ घरका सबै घरहरू मा ग्यास चुलाे भएता पनि त त्यसबाट कुनै समयमा ठूलो अप्रिय घटना हुने भएको हुनाले यश बाट कसरी बच्ने भन्ने बारेमा समेत प्रयाक्टिकल समेत गरेर देखाएका थिए ।

प्रतिकृया दिनुहोस्

रास्वपाको ‘स्वरोजगार’ नारा खाेई? अब विदेश पठाउने नीति र अनलाइन तालिमले १५३ संस्था संकटमा

काठमाडौं, १८ चैत — सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइँदै आएको पूर्वप्रस्थान अभिमुखीकरण तालिम (पीडीओटी)...

नागरिकमैत्री र पारदर्शी सेवा दिन प्रहरीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं, चैत १८ — गृहमन्त्री सुधन गुरुङले प्रहरी संगठनलाई नागरिकप्रति उत्तरदायी, स्वच्छ र पारदर्शी सेवा...

वैदेशिक रोजगारी जाने श्रमिकलाई अब सरकारकै अनलाइन अभिमुखीकरण

काठमाडौं, चैत १८ — वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने पूर्वप्रस्थान अभिमुखीकरण तालिम अब सरकारले आफैं...

६९औँ राष्ट्रिय सहकारी दिवसमा सद्भाव सहकारीद्वारा रक्तदान कार्यक्रम, २६ जनाले गरे रक्तदान

रविन्द्र बराल-“रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ सद्भाव बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम...

सुनवर्षीको खिखिडागी सडकमा गुणस्तरहीन निर्माणको आरोप, स्थानीय आक्रोशित

रविन्द्र बराल- मोरङको सुनवर्षी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोक क्षेत्रमा निर्माण...