News Portal

  • स्वास्थ्य सचिव खगराज बरालमाथि दुर्व्यवहारको आरोप

    हिमाली संचार संवाददाता
    ३५५ पटक

    काठमाडौं ०४, २०७६ फागुन : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव खगराज बरालमाथि दुर्व्यवहारको आरोप  लागेको छ।

    नेपाल मेडिकल काउन्सिलका पूर्वसदस्य एवं त्रिवि शिक्षण अस्पताल महाराजगन्जका क्लिनिकल फार्माकोलोजी विभागका प्रमुख सहप्रा.डा. सतिसकुमार देवले सचिव बरालमाथि दुव्र्यवहार र गालीगलौजको आरोप लागाएका हुन।

    सचिव बरालले चिकित्सकहरूलाई बारम्बार गालीगलौज गर्ने गरेको र आफूमाथि पनि दुर्व्यवहार भएको भन्दै न्याय दिलाइदिन नेपाल चिकित्सक संघमा निवेदन दिएका छन।

    फागुन १ मा स्वास्थ्य राज्यमन्त्रीको कार्यकक्षमा भएको बैठकमा सचिव बरालले आफू तथा समग्र चिकित्सकलाई गालीगलौज तथा दुव्र्यवहार गरेको डा. देवले निवेदनमा उल्लेख गरेका छन।

    राज्यमन्त्री नवराज राउतको उपस्थितिमा भएको छलफलमा सचिव बराल, स्वास्थ्य मन्त्रालयका सहसचिव डा. दीपेन्द्ररमण सिंह, डा. गुणराज लोहनी, प्रशासन समूहका सहसचिव रघुराम विष्टसमेतको उपस्थिति रहेको डा. देवले जनाएका छन।

    सो छलफलमा बिमा बोर्डका अध्यक्ष डा. उमाशंकर प्रसाद, कार्यकारी निर्देशक डा. रमेश पोखरेल, सदस्यहरू डा. दीपेन्द्र यादव, डा. अनिरा वैद्य र राज्यमन्त्री राउतका दुई स्वकीय सचिव भीमराज सिंह र कर्णराज आचार्यको समेत उपस्थिति रहेको देवले जानकारी दिए।

    सचिव बरालले चिकित्सकहरू बिक्ने गरेको र शिक्षा सचिव हुँदा ४–५ जना प्राध्यापक आफूलाई ढोग्न आउने गरेको समेत बताएका थिए। बराल स्वास्थ्य तथा जनसंख्या मन्त्रालय आउनुअघि शिक्षा मन्त्रालयका सचिव थिए।

    उनी पाँच महिनाअघि शिक्षाबाट स्वास्थ्यमा आएका हुन्। सचिव बरालसँग नेपाल चिकित्सक संघले सोधपुछ गर्ने भएको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल मंसिर २९ गतेको राशिफल

    आज मंसिर २९, २०८२ (डिसेम्बर १५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    नेपाली कांग्रेस गङ्गाजमुना गाउँपालिकाका उपसभापति मीनबहादुर बानियाँमाथि आक्रमण

    धादिङ — गङ्गाजमुना गाउँपालिका वडा नं. ५ अन्तर्गत अर्थले–मदौरे–पञ्चकन्या नेपाली टोलमा गोरेटो बाटो निर्माणको क्रममा...

    गंगाजमुना–३ मा धादिङ यातायात र ग्रामीण यातायातका गाडी सञ्चालनमा रोक

    धादिङ — धादिङ जिल्लाको गङ्गाजमुना गाउँपालिका वडा नं. ३ अन्तर्गत काठमाण्डौ–सातदोबाटे–गुम्दी–चिमचोक रुटमा सञ्चालन हुँदै आएको...

    पर्यटक भिसाको दुरुपयोग गर्दै नेपाली महिला कुवेत पठाउने संगठित गिरोह सक्रिय

    काठमाडौँ – पर्यटक भिसाको दुरुपयोग गर्दै नेपाली महिलालाई कुवेत पठाउने संगठित गिरोह सक्रिय रहेको तथ्य...

    पोखरामा २७औँ सडक महोत्सव : फेवाताल किनार रंगीन कार्यक्रमले सिँगारिने

    कास्की, मंसिर २८ – पोखराको लेकसाइड क्षेत्रमा पुस १३ देखि १७ गतेसम्म २७औँ पोखरा सडक...