News Portal

काँग्रेसको प्रश्न सरकारलाई चीनमा रहेका नेपालीको उद्धार कहिले, रेल आएपछि ?

हिमाली संचार संवाददाता
४४३ पटक

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले चीनमा रहेका नेपालीको उद्धार मा भएको ढिलाइप्रति सरकारको ध्यानाकर्षण गरेको छ । काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले ट्वीटमार्फत चीनमा रहेका नेपालीलाई उद्दार कहिले र कसरी गर्ने भनेर प्रधानमन्त्रीलाई प्रश्न गरेका हुन् ।

‘कोरोना संक्रमित भएपछि एम्बुलेन्समा ? कोही शव भएपछि बाकसमा  ? कि पछि चीनबाट रेल आएपछि डब्बामा ? उद्धार कहिले र कसरी गर्ने प्रधानमन्त्रीज्यू ?,’ शर्माको प्रश्न मिश्रित आक्रोश छ । चीनमा रहेका नेपालीको उद्धार मा भएको ढिलाइको जवाफ दिने मुटु र उद्धार गर्ने हात छन् कि छैनन् भन्दै सरकारसँग उनले सोधे ।

शर्माले अगाडि लेखेका छन्, ‘बहिनी प्रमिलाको दाइ सम्पादक कृष्णज्वाला देवकोटाको क्रन्दन पढ्नुभयो ? जवाफ दिने ‘मुटु’ र उद्धार गर्ने हात छन्, छैनन् सरकारसँग ?’

प्रतिकृया दिनुहोस्

रौतहटमा रास्वपा उम्मेदवारको गाडीले ठक्कर दिँदा ४ वर्षीय बालिकाको मृत्यु

रौतहट, माघ २२ – रौतहटको इशनाथ नगरपालिकामा आज दुःखद घटना भएको छ। रास्वपा उम्मेदवारको प्रचार...

निर्वाचन अभियानमा फर्किए रवि लामिछाने, चितवनमा कार्यक्रम सुरु

चितवन, माघ २२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने चुनावी तयारीलाई निरन्तरता दिन...

निर्वाचनको निष्पक्षताबारे ओलीको चिन्ता, प्रधानमन्त्रीसँग सुरक्षा तयारीबारे छलफल

काठमाडौँ, माघ २२ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी फागुन २१ गते हुने...

आज २०८२ साल माघ २२ गतेको राशिफल

आज माघ २२, २०८२ ( फेब्रुअरी ५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

त्रिभुवनबाट उडेको टर्किस जहाजको इन्जिनमा आगो, कोलकातामा सुरक्षित अवतरण

काठमाडौं, २१ माघ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट इस्तानबुलका लागि उडेको टर्किस एयरलाइन्सको जहाज ‘टीएचवाई ७२७’...