News Portal

ललिता निवासमा प्रदर्शन गर्ने रञ्जु दर्शनासहित विवेकशीलका ११ पक्राउ (फोटोसहित)

हिमाली संचार संवाददाता
५६१ पटक

काठमाडौं, २५ माघ । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गामा प्रदर्शन गर्ने विवेकशील नेपाली दलका रन्जु दर्शनासहित ११ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

ललिता निवासको जग्गा हत्याउन संलग्नलाई अख्तियारले मुद्दा लागउने/नलगाउने निर्णयमा पक्षधरता देखाएको भन्दै विवेकशीलले ‘भ्रष्ट्रचारीलाई रेड कार्ड’ अभियानअन्तर्गत शनिबार प्रदर्शन गरेको हो ।

विवेकशीलकी उपाध्यक्ष अजीता राईले विज्ञप्ति निकालेर प्रहरी नियन्त्रणमा रहेकाहरूलाई छाड्न माग गरेकी छन् ।

‘प्रदर्शनमा गएका विवेकशील नेपाली दलका ११ जना नेता, सदस्यलाई प्रहरीले नियन्त्रण गरेकोमा तत्कालै रिहा गर्न माग गर्दछौं,’ उनले भनेकी छन् ।

संगीता बाटाजु, आलोक सुबेदी, वृतान्त खनाल, रन्जु दर्शना न्यौपाने, शशिविक्रम कार्की, प्रमेश श्रेष्ठ, शिशिर राई, मनिष खनाल, प्रदिप ज्ञवाली, साधना थुलुङ राई र रजीया बानु प्रहरी नियन्त्रणमा रहेको राईले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

प्रहरीले गिरफ्तार गर्दै गर्दाको तस्विर हेर्नुहोस्-

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...