News Portal

अवतरण गर्न लागेको विमान चिप्लिएर ३ टुक्रा हुँदा तीन जनाको मृत्यु

हिमाली संचार संवाददाता
५०५ पटक

टर्कीको राजधानी इस्तानबुलमा अवतरण गर्ने क्रममा एक यात्रुबाहक विमान धावनमार्गमा चिप्लिएर तीन टुक्रा भएको छ। घटनामा तीन जनाको मृत्यु हुनुका साथै १७९ जना घाइते भएका छन्।

द पेगासस एयरलाइन्सको सो विमानमा एक सय ७१ यात्रु र चालकदलका ६ जना सदस्य सवार थिए। देशको पश्चिममा रहेको इजमिर प्रान्तबाट आएको सो विमान सबिहा गोकसेन विमानस्थलमा दुर्घटनाग्रस्त भएको हो।

बोइङ ७२७ विमान भारी हावा र वर्षाकाबीच विमानस्थलमा अवतरण हुने प्रयासमा थियो। घटनापछि विमानस्थल बन्द गरेर अन्य उडानहरूलाई अन्यत्र मोडिएको थियो।

टर्कीका संचारमाध्यमका अनुसार विमानमा सवार अधिकाशं यात्री टर्किस नागरिक हुन् भने जसमा २० जना विदेशी नागरिक रहेका छन्। ‘दुर्भाग्यवशः खराब मौसमका कारण द पेगासस एयरलाइन्सको जहाज धावनमार्गमा टिक्न नसक्दा ५०–६० मिटर चिप्लन पुग्यो’, स्तानबुलका गभर्नर अलि एरलिकायाले भने।

उनका अनुसार विमान धावनमार्गबाहिर करिब ३०–४० मिटरसम्म चिप्लिएको थियो। यसैगरी त्यहाँ स्वास्थ्यमन्त्री फाहरेट्टिन कोकाले घटनामा ३ जनाको मृत्यु भएको र १७९ जना घाइते भएको पुष्टि गरेका छन्। उनले घटनामा घाइते भएको केहीको अवस्था गम्भीर रहेको पनि बताए।

घटनाको जाँच सुरू भएको छ। यस एयरलाइन्सका जहाज यसअघि पनि धावनमार्गमा चिप्लिने गरेका घटना छन्। यसै वर्षपनि जनवरीमा यही कम्पनीको जहाज चिप्लिएको थियो भने गत वर्ष पनि जहाज चिप्लियर झण्डे समुन्द्रमा खसेको थियो।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन ३ गतेको राशिफल

आज फागुन ३, २०८२ ( फेब्रुअरी १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सरस्वती आधारभूत विद्यालयको ४७ औँ वार्षिकोत्सव सम्पन्न स्पेलिङ प्रतियोगिता आकर्षण

धादिङ– गंगाजमुना गाउँपालिका–५ मजुवास्थित सरस्वती आधारभूत विद्यालयको ४७ औँ वार्षिक उत्सव तथा अभिभावक दिवस भव्य...

आज २०८२ साल फागुन २ गतेको राशिफल

आज फागुन २, २०८२ ( फेब्रुअरी १४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रवि लामिछानेको चेतावनी: गलत नेतृत्वले देशलाई फेरि पीडा दिलाउन सक्छ

गुल्मी, १ फागुन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले चेतावनी दिएका छन्...

आज २०८२ साल फागुन १ गतेको राशिफल

आज फागुन १, २०८२ ( फेब्रुअरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...