News Portal

नायिका श्वेता खड्काले जन्मदिनमा क्यान्सर पी’डितलाइ गरिन् यति ठूलाे सहयाेग

हिमाली संचार संवाददाता
५६० पटक

आज नायिका स्वेता खड्काले अाफ्नाे जन्म दिनमा एक क्यान्सर पी’डितलाइ निकै ठूलाे सहयाेग गरेकि छिन् । फेब्रुअरी ५, १९८९मा पनौतीगाउमा मा जन्मिएकी उनि एक सफल नायिकाको रुपमा स्थापित भएकी छिन् । उनकाे चलचित्र क्षेत्रमा निकै चर्चा हुने गर्छ ।

उनले दर्जनौ भन्दा धेरै चलचित्रमा अभिनय गरेका स्वेता श्रीकृष्ण श्रेष्ठको ‘कहाँ भेटिएला’बाट नेपाली फिल्ममा डेब्यु गरिन र श्रीकृष्णकै अर्को फिल्म ‘कोहिनुर’ खेलेपछि उनीहरुले बिहे गरेका थिए । बिवाहको एक महिनामा नै श्रीकृष्णको नि’धन भएपछि उनी अहिले सिंगल जीबन बिताइरहेकी छन् ।

श्वेता श्री फाउन्डेसन’मार्फत माझी बस्ती निर्माण गरिहेकी स्वेता सामाजिक कार्यमा पनि उत्तिकै सकृय रहेकी छन् । केही समय पहिले उनले फिल्म कान्छी निर्माण गरेकी थिइन् फिल्म सफल पनि भएको थियो ।

यसै बिच स्वेता खड्काले अाफ्नाे जन्म दिनकाे अवसरमा एक पी’डित युवतीलाइ सहयाेग गरेकाे जानकारी फेसबुक मार्फत शेयर गरेकि छिन् ।

यस्ताे छ उनकाे स्टाटस्ः

म टिचिङ्ग अस्पातलको Annex (ii) को ६०४ न क्याबिनमा पुग्दा अशक्त भएर ढ’लेकी थिईन् नेपालगन्ज (खजुरा)की २४ बर्षिया दिना परियार । मलाई देखेपछी झ’टपट उठ्न खोजिन् , मैले रोकें । मैले उनको स्वास्थ्य स्थितीबारे सोध्दै उनी सुतेको कोठामा आँखा डु’लाएँ । उनी सुतेको बेड नजिकै भगवानका केही तश्विरहरु छन्, जस्लाई हरेक दिन पुज्ने गरेकी छिन् दिनाले ।
” म अहिले डाक्टर र भगवानको विश्वाशमा अडेकीछु ” उनले भनिन् ।

आज मेरो जन्म दिन, भगवान पशुपतीनाथको दर्शन गरे पस्चात् मानवियताको कर्म निभाउन टिचिङ्ग अस्पातल पुगेको थिएँ । केही दिन अगाडि मेरो जानकारीमा आएको दिना परीयारको नाजुक स्थितीमा थोरै भए पनि आफुले सकेको आर्थिक सहयोग गर्नु अनी उनिलाई आँट, साहस र हिम्मत प्रदान गर्नु मेरो उद्देश्य थियो ।

कुनै मिडिया मार्फत दिनाले खेपिरहेको आर्थिक संकटलाई प्रस्तुत गर्न पाए उपचार खर्च जुटाउन सहयोग पुग्ने थियो भन्ने उनको परिवारको आशय अनुरुप मैले लोकप्रिय संचारकर्मी उत्सव रसाइलीलाई दिनाको रिपोर्टिङ्ग गरिदिन आग्रह गरेकी थिएँ । यो आग्रहलाई उत्सवले सहजै स्विकार गरिदिए ।

यो मेरो सानो प्रयास हो । आफु मानव भएर जन्मनुको कर्तब्य निर्वाह गरेर मानवकै बर्गमा आफुलाई सम्मिलित गर्ने झिनो कार्य । “जन्म किन हुन्छ ?” भन्ने प्रश्नमा धेरैजना को उत्तर “म’र्न” भन्ने हुन्छ । तर मान्छेको जीवनलाई जन्म र मृ’त्‍युसंग मात्रा तुलना गर्नु भनेको ला’चारी बाहेक केही होइन

हाम्रो जन्म भएको केही कर्म गर्नको लागि हो जस्ले समाज परिवर्तनमा सानै भए पनि देन मिलोस् । अत: मेरो यो झिनो प्रयासलाई मैले बिज्ञापनको रुपमा होइन जानकारीको रुपमा प्रस्तुत गर्न खोजेकी हुँ ताकी दिना परियारहरु जस्तालाई रोगसंग ल’ड्ने शक्ती मिलोस् । हाम्रो सानो प्रयासले कसैको जीवनमा ठुलो परिवर्तन ल्याउन सक्छ भने, किन नगर्ने ।

मेरो उपस्थितिले दिनको ओँठमा मुस्कान छायो, मैले ठुलो गिफ्ट पाएँ । कपडा सिलाएर जीवन चलाईरहेकी दिना परियारले छिट्टै निको भएर मलाई राम्रो ड्रेस सिलाइदिन्छु भनेकी छन् । मैले अर्को जन्मदिन मनाइरहँदा उनले सिलाएको पहिरन पहिरिन पाएँ भने त्यो मेरो लागि ठुलो गिफ्ट हुनेछ । दिनाले क्यान्सरलाई जित्न सकुन, मेरो शुभकामना ।

हेर्नुहाेस् उनले फेसबुकमा शेयर गरेका तस्विरः

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...