News Portal

  • तरुणदल माेरङका काेषाध्यक्ष अनिल रिजाल(लक्ष्मी)भए ३ बालककाे लागि देवता

    हिमाली संचार संवाददाता
    १२१५ पटक

    रबिन्द्र बराल – बुबाआमाकाे मृत्युुपछि अवाेध बालकहरु बिचल्लीमा भन्ने समचार प्रसारण भएपछि बुधबार केही सहयोग पाएका छन। माेरङकाे सुनवर्सि नगरपालिका ७ स्थित कुडेलिमा बसाेवास गर्दे अाएका फागुलाल राजबंशी र अामा संन्ताेषि राजबंशीका तीन छाेराहरु अहिले टुहुरा हुन पुगेकाेे खवर अनलाइनमा प्रकाशित भएपछि सहयोग गर्ने संस्थाहरुकाे हात अगाडि बडेकाे छ।

    सेताे लामखुट्टेकाे टाेकाईबाट बुबा अामा गुमाएका बालकहरुलाई बुधबार राेटरी क्लव मिट टाउनका पुर्व सचिव एवम् नेपाल तरुणदल माेरङका जिल्ला काेषाध्यक्ष अनिल रिजाल(लक्ष्मी)ले उक्त बालकहरुलाई एक्लो प्रयासमा ५० केजी चामल,अालु २० केजी,५ केजी दाल,५ केजी नुन,एक काटुन च्याउ च्याउ,१० लिटर खाने तेल,ब्लाङकेट,खेलाैना,सिरक दिएको छ। त्यसै राेटरी क्लव बिराटनगर अफ सेन्ट्रलकि अध्यक्ष मल्लिका रिजालले नगद ५ हजार र लत्ताकपडा अनाथ बालबालिका हरुलाई दिएका थिए।

    राेटरी क्लवले एक बालकलाई कक्षा १० सम्म खान,लगाउन तथा पढनका लागि निशुल गरिदिने प्रतिवध्ता जानएकाे छ। कार्यक्रममा सेन्ट्रलका उपाध्यक्ष सृजना रिजाल,तरुण दलका अनिल थापा र सुनवर्सि नगरपालिका मेयर काली प्रसाद दासले पिडित बालकहरुलाई नगद १० हजार,सुनवर्सि नगरपालिका काङ्ग्रेसले ३१ सय रुपैयाँ नगद समेत दिएकाे छ।

    साे कार्यक्रममा वडाध्यक्ष कमल किशाेर सिहं,स्थानीय बैजनाथ झा लगायतकाे समेत उपस्थित समेत रहेको थियो। नगरपालिकाले खानेपानीकाे तुरुन्तै टुवेल(कल)जडान गरिदिने समेत बताएकाे छ। उनिहरु अहिले चार परिवार एउटा काेठा भएको सानाे घरमा बसिरहेका छन। उक्त घरमा सुत्न का लागि एउटा मात्र खाट रहेको छ। राति उनिहरु बाहिर सानाे वरन्डामा सुत्न बाध्य रहेका छन।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    ‘पहिला देश’ अभियान अन्तर्गत माइतीघरमा प्रदर्शन र प्रहरी हस्तक्षेप

    काठमाडौं, कार्तिक १६ – डा. निकोलस भुसालले आह्वान गरेको प्रदर्शनमा सहभागी केही प्रदर्शनकारीहरुलाई प्रहरीले पक्राउ...

    धादिङ: पशुपतिनाथ–शन्तानेश्वर मन्दिर ठोट्ने पानी निर्माणको सहयोगी दाताहरु

    गंङ्गा–जमुना, धादिङ– श्री पशुपतिनाथ तथा शन्तानेश्वर महादेव मन्दिर परिसरमा “ठोट्ने पानी” निर्माण कार्यका लागि विभिन्न...

    नेपाल खेलकुद महासंघ समाजवादीद्वारा वाम एकता निर्णयप्रति स्वागत

    काठमाडौं, — नेपाल खेलकुद महासंघ समाजवादीले नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को तेस्रो पूर्ण बैठकले गरेको...

    स्थानीयको माग पूरा गर्ने आश्वासनपछि बञ्चरेडाँडामा फोहोर फाल्न अनुमति

    काठमाडौं, कार्तिक १६ – नुवाकोट र धादिङको सिमानामा पर्ने बञ्चरेडाँडा फोहोर व्यवस्थापन स्थलमा स्थानीय बासिन्दाले...

    नेकपा एसमा विभाजनको संकेत, झलनाथ–घनश्याम समूहभित्रै एमाले फर्किने र नयाँ पार्टी बनाउने मतभेद

    काठमाडौं, कार्तिक १६ — नेकपा (एकीकृत समाजवादी) पार्टीमा झलनाथ खनाल र घनश्याम भुसाल नजिकका नेताबीच...