News Portal

  • ६५ वर्षिय पुम्फा आर्थिक अभावले क्यान्सरसंग लड्दै

    हिमाली संचार संवाददाता
    ४२५ पटक

    जुम्ला : तातोपानी गाउँपालिका २ कि ६५ वर्षिय पुम्फा दमाई ३ वर्ष देखि स्तन क्यान्सरको पिडाले छटपटाई रहेकी छन् । ३ वर्ष पहिले सानो घाउ थियो, त्यहि बेला साहेत उपचार भएको भए आज पीडा खेप्नु पर्थेन होला । बृद पुम्पाले आँसु झार्दै भनिन, घरमा कोहि पनि पढेलेखेका  नहुँदा आफ्नो समस्या प्रति वास्तानै गरेनन।

    सानो सानो हुँदै स्तन पुरै,संक्रमण भएर अन्तिम स्टेजमा पुगिसकेको छ । श्रीमान खड्के दमाई मृत्यु भएको पनि २० वर्ष पुग्यो । उनको पिडामा मलम लगाउन अघिपछि कोहि पनि छैनन् । घरमा रहेका तीन नातिको दयनिय अबस्थाले उनको उपचार सम्भव छैन् । घरमा ६ महिना खान धौधौ पुग्छ । पुम्फाले थपिन, अब मर्नुको विकल्प छैन् ।

    बाच्ने रहर हुँदा पनि आर्थिक अभाबले म गल्दै छु। सरकारले दिने भत्ताले औषधी किन्नै ठिक्क छ तर पनि दुखाईले नछटपटिएको कुनै दिनरात छैन् । केही आफन्तले उपचार गर्छौ भनेर भारतका विभिन्न अस्पताल पनि लगेका थिए । तर शल्यक्रियाका लागि पैसा महंगो लाग्ने थाहा पाएपछि उपचार हुन सकेन् ।

    सधै औषधीको सेवनले कपाल सबै कपाल झरिसक्यो । त्यसपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुन उपचारका लागि लिदा उनलाई जुम्लामा उपचार सम्भव नरहेको भन्यो । पुम्फाका जेठा नाति कैलाश दमाईले भने, यसको उपचार भारतको लखानौ लिएर हुन्छ भनेका छन् । त्यसको लागि करिब ३ देखि ४ लाख सम्म लाग्छ । कहि रकम आफुले झुटाएमा केही प्रतिष्ठानले सहयोग गर्ने बताएको छ । तर घरको सबै श्रीसम्पत्ती बेच्दा पनि ३र४ लाख पुग्ने छैन।

    कसरी हजुर आमाको उपचार गरौ, भन्दै सहयोगका लागि मिडिया धाउन थालेका छन् । सास रहुन्जेल बाच्न पाउने हरेक नागरिकको अधिकार छ । तर पुम्फा ३ वर्ष आर्थि अभावमै क्यान्सर रोग संग लड्दा लड्दै हारिसकेकी छन् । तर कसैले सहयोग गरेर उपचार भएको भए कति खुसी हुन्थे होला भन्ने उनको आशा छ।

    ३/४ लाख नभएरै अकालमै रोगबाट संक्रमित भई मर्नु बिडम्बनाको कुरा हो। पुम्फाले स्वयम मिडियामा आएर रुदै सहयोगको याचना गरेकी छन् । मिडिया मार्फत समचार सम्प्रेषण गरि उपचार खर्च जुट्छ कि भन्ने आशा गरेकी पुम्फाको पिडामा मलम लगाउन आम सरोकारवालाहरुमा अनुरोध समेत गरिएको छ।

    आबश्यक सहयोग समर्थनका लागि तातोपानी २ जर्मि गाँउका स्थानीयहरुनै बेखबर छन। आफ्ना आफन्तलेनै उपचारका लागि चासो नदिएपछि आफुले मिडियाको सहारा लिएको पुम्फाले बताईन् । घाउमा दिनदिनै संक्रमरण बढ्दै गएकाले गर्दा क्यान्सरले ज्यानै लिने खतरा नजिक बढेको छ।

    नेपालमा सामान्य नागरिकलाई ३/४ लाखको उपचार गर्न पनि मुस्किल हुन्छ । कसरी निशुल्क स्वास्थ्य हुन सक्छ, सरकारले यस्ताखालमा विरामीहरुलाई विशेष छुट तथा राहत दिनुपर्ने स्थानीयको भनाई छ ।

    सहयोगको लागि

    मोबाईल नम्बर – 9866203098
    जुम्ला पत्रकार – 9848357359

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    कोशीका वनमन्त्री मण्डलको स्पष्टोक्ति : ‘खाँदै नखाएको विषले जिउँदै मार्‍यो’, घुस प्रकरणको खण्डन गर्दै प्रमाण ल्याउन चुनौती

    विराटनगर, साउन ११ – कोशी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री सदानन्द मण्डलले घुस मागेको आरोपलाई...

    अधिनायकवादको कुरा गर्नेहरूले इतिहास बिर्सिएजस्तो लाग्छ : प्रधानमन्त्री ओली

    काठमाडौं, साउन ११ – प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको राजनीतिक परिवेशलाई अधिनायकवादको संज्ञा दिनेलाई विगतका...

    विद्या भण्डारीको सक्रियता र अध्यक्ष पदप्रतिको आकांक्षापछि एमालेको निर्णयः अध्यक्ष ओलीको प्रष्ट भनाइ

    काठमाडौं, साउन ११ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेको अध्यक्ष पदमा चासो देखाएपछि पार्टीभित्र हलचल...

    एमाले ललितपुर अध्यक्ष आचार्य मानव तस्करी प्रकरणमा मुछिए, सिआईबीको अनुसन्धान सुरु

    काठमाडौं, साउन ११ – नेकपा एमाले ललितपुर जिल्ला कमिटीका अध्यक्ष पुरुषोत्तम आचार्य गम्भीर मानव तस्करीको...

    चितवनमा लोडसेडिङ होइन, मर्मत कार्यका कारण अस्थायी विद्युत् अवरोध : प्राधिकरण

    काठमाडौं, साउन ११ – चितवन जिल्लामा लोडसेडिङ सुरु भएको भन्ने चर्चाबारे नेपाल विद्युत् प्राधिकरणका कार्यकारी...