News Portal

  • प्रदेश १ बाट सबै नेकपाका उम्मेदवार निर्वाचित राष्ट्रियसभामा

    हिमाली संचार संवाददाता
    ३९४ पटक

    विराटनगर -राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेश १ बाट सबै नेकपाका उम्मेदवार निर्वाचित भएका छन्।

    बिहीबार भएको मतदानमा नेकपाका उम्मेदवारहरु गोपी अच्छामी, इन्दिरा गौतम र देवेन्द्र दाहाल निर्वाचित भएका हुन् ।अच्छामी दलिततर्फका सदस्यमा, गौतम महिला र दाहाल अन्यतर्फका सदस्यमा निर्वाचित भएका हुन्।

    अच्छामीले ६ हजार ३ सय ३० मतभार पाए। उनका प्रतिद्वन्द्वी नेपानी कांग्रेसका निरबहादुर विकले २७ सय १८ र समाजवादी पार्टीका ज्ञानबहादुर परियारले ६ सय ६४ मतभार पाए।

    महिलातर्फ विजयी इन्दिरा गौतमले ६ हजार ४ सय २२ मतभार पाइन्। अन्यतर्फ विजयी दाहालले ६ हजार २ सय ३४ मतभार पाए। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका देवेन्द्र घिमिरेले २ हजार ७ सय ६६ र समाजवादी पार्टीका भरतबहादुर दाहालले २ सय ६४ मतभार पाए।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    साउन १५ को मिठास सबै नेपालीका लागि होस् : प्रधानमन्त्री ओली

    काठमाडौं, साउन १५ – नेपाली जनजीवनको स्वादिलो संस्कार। यही दिनको विशेष अवसरमा आयोजित ‘स्रष्टा भेटघाट...

    ६ करोड अपचलनपछि ६ वर्षदेखि फरार सहकारी अध्यक्ष अशोक केसी अन्ततः भक्तपुरबाट पक्राउ

    रुपन्देही, साउन १५ – रुपन्देहीको भैरहवास्थित मार्गदर्शन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष अशोक केसी, जो...

    जनकपुर खुकुरीकाण्ड : एकपछि अर्को ज्यान लिने रामबाबु फेरि प्रहरीको फन्दामा

    जनकपुरधाम, साउन १५ – एकपटक आफ्नै श्रीमतीको हत्या गरेर जेल बसेका सिरहा क्षिरेश्वरनाथ-९ इच्छापुर निवासी...

    ठमेल दोहोरी साँझ झगडा : ‘सानुभाइ’ सहित तीन जनालाई चार दिनको म्याद थप

    काठमाडौं, साउन १५ – राजधानीको पर्यटकीय क्षेत्र ठमेलस्थित ‘नगरकोट दोहोरी साँझ’ मा झगडा मच्चाएको अभियोगमा...

    व्यक्तिगत स्वार्थले पार्टी एकता खल्बलिनु हुँदैन : डा. आरजु राणा देउवा

    पोखरा, साउन १५ – नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले पार्टी...