News Portal

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मतदानस्थल तोकियो

हिमाली संचार संवाददाता
४४२ पटक

काठमाडौँ — बिहीबार हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मतदानस्थल तोकिएका छन् । निर्वाचन आयोगले बुधबार पत्रकार सम्मेलन गर्दै मतदानस्थल तोक्नेलगायतका व्यवस्थापकीय काम पूरा भएको जानकारी दिएको हो ।

सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेशचन्द्र थपलियाले प्रदेश १ मा विराटनगर महानगरपालिकाको वीरेन्द्र सभागृह, प्रदेश २ मा जनकपुर उपमहानगरपालिकाको महेन्द्र नारायणनिधि स्मृती भवन, वागमती प्रदेशको ललितपुर महानगरपालिका वडा नं ४ वडासमितिको भवन, गण्डकी प्रदेशको जिल्ला निर्वाचन कार्यालय कास्की परिसरमा मतदानस्थल तोकिएको जानकारी दिए।

प्रदेश ५ को घोराही उपमहानगरपालिकाको कर्मचारी मिलन केन्द्रको भवन, कर्णाली प्रदेशको जिल्ला निर्वाचन कार्यालय सुर्खेत परिसर र सुदूरपश्चिम प्रदेशको सिलगढी नगरपालिकाको पद्म पब्लिक मुक्ति नारायण उच्च माध्यमिक विद्यालयमा मतदानस्थल तोकिएको छ।

प्रदेश १ मा प्रदेशसभा सदस्य ९३ र स्थानीय तहका प्रमुख र उपप्रमुख २८४ गरी ३६७ जना, प्रदेश २ मा प्रदेश सभा सदस्य १०७ र स्थानीय तहका प्रमुख उपप्रमुख २७२ गरी ३७९ जना, वागमती प्रदेशमा प्रदेश सभा सदस्य ११० र स्थानीय तहका प्रमुख र उपप्रमुख २३८ गरी ३४८ जना, गण्डकी प्रदेशमा प्रदेश सभा सदस्य ६० र स्थानीय तहका प्रमुख/उपप्रमुख १७० गरी २३० जना मतदाता छन्।

प्रदेश ५ मा प्रदेश सभा सदस्य ८७ र स्थानीय तहका प्रमुख/उपप्रमुख २१८ गरी ३०५ जना, कर्णाली प्रदेशमा प्रदेश सभा सदस्य ४० र स्थानीय तहका प्रमुख/उपप्रमुख १५८ गरी १९८ जना, सुदूरपश्चिम प्रदेशमा प्रदेश सभा सदस्य ५३ र स्थानीय तहका प्रमुख/उपप्रमुख १७६ गरी २२९ जना मतदाता छन्।

राष्ट्रियसभामा प्रदेश सभाका सदस्यको मतभार ४८ र स्थानीय तहका गाउँपालिका अध्यक्ष/उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख/उपप्रमुखको मतभार १८ हुन्छ।

प्रदेश १ मा ३ जना, प्रदेश २ मा ४ जना, वागमती र गण्डकी प्रदेशमा २/२ जना, प्रदेश ५ मा ३ जना, कर्णाली र सुदूरपश्चिम प्रदेशमा २/२ जना गरी १८ सदस्यको निर्वाचन हुँदैछ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचन सम्पन्न गर्न आवश्यक पर्ने मतपत्रसहित अन्य आवश्यक निर्वाचन सामग्रीहरू सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयसम्म पुर्‍याइसकिएको जानकारी दिए।

निर्वाचनमा ६ राजनीतिक दलले प्रतिस्पर्धा गर्न उम्मेदवारी दिएका छन्। ७ प्रदेशमा महिला समूहतर्फ १६, दलित समूहतर्फ ५, अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यक समूहतर्फ ५ र अन्य समूहतर्फ १९ गरी ४५ उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेको आयोगले जनाएको छ।

आयोगले मतदाताहरु प्रदेशसभा सदस्यले सेतो कागजमा हरियो रङको मसीले र स्थानीय तहका प्रमुख/उपप्रमुखले सेतो कागजमा रातो रङको मसीले निर्वाचन चिन्ह उल्लेख गर्नु पर्ने जनाएको छ। आयोगले ६ हजार दुई सय ६० मतपत्र सम्वन्धित निर्वाचन अधिकृतको कार्यालयमा पठाएको जनाएको छ।

 

प्रतिकृया दिनुहोस्

रास्वपाले नागरिक करारपत्र सार्वजनिक गर्यो : दलीयकरण अन्त्य र सम्पत्ति छानबिनमा जोड

काठमाडौं, ३ फागुन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी निर्वाचनको तयारीका क्रममा नागरिक करारपत्र...

उज्यालो नेपालको चुनावी घोषणापत्र : मुख्यमन्त्री प्रत्यक्ष निर्वाचित

काठमाडौं, ३ फागुन – उज्यालो नेपाल पार्टीले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आफ्नो चुनावी घोषणापत्र...

महाशिवरात्रिमा प्रहरीको सक्रियता, १३८ जनालाई नियन्त्रणमा लियो

काठमाडौं, ३ फागुन – महाशिवरात्रि पर्वको अवसरमा पशुपति क्षेत्रमा प्रहरीले सक्रिय भूमिका निभाउँदै १३८ जनालाई...

बंगलादेशकै झल्को दिने परिणाम आउन सक्छ : ओली

झापा, फागुन ३ — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा हुने आगामी निर्वाचनको परिणाम...

आज २०८२ साल फागुन ३ गतेको राशिफल

आज फागुन ३, २०८२ ( फेब्रुअरी १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...