News Portal

  •  रेशम चौधरीको रिहाइको माग गर्दै आन्दोलनको घोषणा

    हिमाली संचार संवाददाता
    ४४० पटक

    काठमाडौं – थरुहट थारुवान राष्ट्रिय मोर्चाले टीकापुर घटनामा झुठा मुद्दा लगाइ फसाईएका कैलाली क्षेत्रं १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य रेशमलाल चौधरीसहितका नेताहरुलाई रिहाइको माग गर्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । मोर्चाले बुधबार काठमाडौमा पत्रकार सम्मेलन गर्दै मागहरुलाई सरकारले वेवास्ता गरेको भन्दै आन्दोलनका कार्यक्रम घोषणा गर्नुपरेको जनाएको छ ।

    वीरबहादुर चौधरी, हरिनारायण चौधरी, बृजमोहन चौधरी, राजेश चौधरी, प्रदिप चौधरी, श्रवण चौधरी, गंगाराज चौधरी, राजकुमार कठरिया, सुन्दरलाल कठरिया, सन्तकुमार चौधरीलगायत थरुहट आन्दोलनकारी सबैको मुद्दा फिर्ता, खारेजी तथा आममाफी गरी बन्दीहरूलाई निःसर्त रिहाइ गर्नुपर्ने मोर्चाको माग छ ।

    त्यस्तै टीकापुर घटनाबारे सत्यतथ्य छानबिन गर्नका लागि तत्कालिन नेपाल सरकारले पूर्वन्यायाधीश गिरिशचन्द्र लाल नेतृत्वको न्यायिक समिति, गृहमन्त्रालयद्धारा अनुसन्धानका पूर्व प्रमुख देवीराम शर्माको संयोजकत्वमा गठित छानबिन समितिको प्रतिवेदन र सर्वदलिय संसदीय समितिको प्रतिवेदनहरू तुरुन्त सार्वजनिक गर्न पनि मोर्चाले माग गरेको छ ।

    ‘हामीले उठाउँदै आएका जायज एवम् न्यायपूर्ण माग, मुद्दा एवम् विशुद्ध संविधानको अन्तरवस्तुसँग रहेका अधिकारका १३ बुँदे मुख्य राजनीतिक मागहरू अहिलेसम्म सरकारले सम्बोधन गरेको छैन । न त थरुहट आन्दोलनकर्मीहरूसँग नेपाल सरकारले २०६५ चैत्र १ गते भएको ६ बँुदे र २०६९ जेठ १० गते भएको १० बुँदे सहमति सम्झौतालाई कार्यान्वयन गरेको अवस्था छ । अधिकारका लागि शान्तिपूर्ण संघर्षमा होमिएका निहत्था, निअपराध थरुहट नेता एवं जनप्रतिनिधि मा.रेशमलाल चौधरीसहित थरुहट आन्दोलनकर्मीहरूलाई सुनियोजित रुपमा विभिन्न अभियोगमा झुठा मुद्दा लगाई जेलमा कोचिएको छ’, मोर्चाले पत्रकार सम्मेलनमा जारी गरेको विज्ञप्तिमा भनिएको छ । मोर्चाले बुधबार पत्रकार सम्मेलनमार्फत घोषणा गरेका संघर्षका कार्यक्रमहरुमा माघ १४ गते प्रधानमन्त्री लगायत सत्तापक्ष, प्रतिपक्ष, विभिन्न राजनीतिक दलका नेताहरुलाई १५ दिने अल्टिमेटमसहित ज्ञापनपत्र बुझाउने, माघ १५ गतेदेखि १५ दिन प्रचारप्रसार तथा फागुन ५ सम्म पनि आफ्ना माग सुनुवाइ नभए तीन दिने आमहड्ताल गर्ने मोर्चाका संयोजक लक्ष्मण थारुले बताएका छन् ।

     

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्ड

    बंगलादेश, मंसिर १ – बंगलादेशकी निर्वासित पूर्वप्रधानमन्त्री शेख हसिनालाई मानवता विरुद्धको अपराधमा दोषी ठहर गर्दै...

    ललितपुरमा २१ लाख बराबरको चोरी, ३ मुख्य आरोपी पक्राउ

    ललितपुर, मंसिर १ – ललितपुरको इमाडोलमा २१ लाख ८३ हजार रुपैयाँ बराबरको चोरी भएको घटनामा प्रहरीले...

    प्रतिनिधिसभा पुनर्स्थापनापछि निष्पक्ष सरकारका लागि ओली प्रधानमन्त्री नबन्ने ग्यारेन्टी

    काठमाडौं, मंसिर १ – एमाले स्थायी कमिटी सदस्य खगराज अधिकारीले वर्तमान सरकारले चुनाव गराउने क्षमता र...

    तोकिएको समयमा निर्वाचन गर्न दलहरूको साझा सहमति आवश्यक : प्रचण्ड

    काठमाडौं, मंसिर १ — आगामी निर्वाचन तोकिएकै मितिमा सम्पन्न गर्न राजनीतिक दलहरूको एकमत आवश्यक रहेको...

    राष्ट्रिय परिचयपत्रमार्फत मतदाता दर्तामा बढ्दो रुचि, तीन लाखभन्दा धेरैले बायोमेट्रिक दर्ता

    काठमाडौं, मंसिर १ – राष्ट्रिय परिचयपत्र प्रयोग गरेर मतदाता नामावली दर्ता गर्ने संख्या तीव्र रूपमा...