News Portal

राजसंस्थाभन्दा ठूलो पितृसंस्था रहेछ- डा.शिवमाया तुम्बाहाम्फे

हिमाली संचार संवाददाता
५८५ पटक

काठमाण्डौ । संसद बैठकमा उपसभामुख पदबाट राजीनामा दिएकी शिवमाया तुम्बाहाम्फेले देशमा राजसंस्थाभन्दा ठूलो पितृसंस्था रहेको बताएकी छिन्। संसद भवन नयाँ बानेश्वरमा पत्रकार सम्मेलन गर्दै डा.तुम्बाहाम्फेले आफू सभामुख नभए पनि संस्थालाई संविधानअनुसार सफल बनाएर छाडेको दाबी गर्दै राजिनामा दिएको उल्लेख गर्दै सो कुरा बताएकी हुन।

डा.तुम्बाहाम्फे ‘मैले बाजी मारें, म सभामुख हुन्छु/हुन्न दोस्रो पाटो थियो। तर मैले यो संस्थालाई सफल बनाएँ,’ उनले पत्रकार सम्मेलनमा ‘देशमा पितृसंस्था रहेको बताएकी हुन्। मुलुकमा परिवर्तन गर्न अझै धेरै मेहनत गर्नु पर्ने रहेछ। हामी सबै मिलेर राजसंस्था त फालियो। राजसंस्थाभन्दा पितृसंस्था ठूलो रहेछ। उनी थप्छिन कुनै ब्याक्ति र पार्टी भन्दा संविधान ठुलो हो। संविधानले निर्देशन नगरेको भए यो अवस्था हुने थिएन। संस्थाले दिएर के हुन्थ्यो? व्यक्ति र संस्थाभन्दा ठूलो संविधान हो।

डा.तुम्बाहाम्फेले आजदेखि काम गर्ने बाटो परिवर्तन गरेको बताइन्। ‘आजदेखि काम गर्ने ट्याक परिवर्तन गर्दैछु,’ उनले भनिन्। तर त्यो बाटो के हो भन्नेबारे उनले पत्रकारहरूलाई आफैं खोज्न आग्रह गर्दै आफूले बोलेको कुरा पुर्‍याएर राजीनामा दिएको स्पष्ट पारिन्। ‘मैले जे बोलें त्यो पुर्‍याएँ। नेताले भनेको आधारमा होइन,’ उनले भनिन्, ‘कहिले राजीनामा दिनुहुन्छ भन्ने प्रश्न थियो। सत्तापक्षले उम्मेदवार तय गरेर सन्देश आएपछि मार्गप्रशस्त गरेकी हु। त्यो कुरा आज पूरा गरे उनले पत्रकारहरूले लेखेका समाचारबारे ‘सकरात्मकभन्दा नकरात्मक समाचारले आफुलाई उर्जा थपेको समेत बताए। 

 

प्रतिकृया दिनुहोस्

मकवानपुरमा श्रम संस्कृति पार्टीको जिल्ला बैठक सम्पन्न

मकवानपुर, – श्रम संस्कृति पार्टी मकवानपुर जिल्ला समितिको बैठक जिल्ला अध्यक्ष युनेश लामा सिंतानको अध्यक्षतामा...

आज २०८२ साल चैत २२ गतेको राशिफल

आज चैत २१, २०८२ ( अप्रिल ५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रङ्गेलीमा ३ केन्द्रबाट परीक्षा सञ्चालन, एक महिनामै नतिजा आउने भएपछि विद्यार्थी उत्साहित

रङ्गेली, मोरङ –  मोरङको रङ्गेली नगरपालिकामा तीनवटा परीक्षा केन्द्रबाट वार्षिक परीक्षा सञ्चालन भइरहेको छ। रङ्गेलीस्थित...

राजसंस्था पुनर्स्थापनाको बहस चर्किँदै, वर्तमान राजनीतिक अवस्थाप्रति असन्तुष्टि

काठमाडौं, – पछिल्लो राजनीतिक घटनाक्रम, आन्दोलन र निर्वाचनपछि देशको दिशा र भविष्यप्रति विभिन्न कोणबाट बहस...

आज २०८२ साल चैत २१ गतेको राशिफल

आज चैत २१, २०८२ ( अप्रिल ४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...