News Portal

अढाई सय किलोका आईएस आतकंकारी पक्राउ, प्रहरीको भ्यानमै अटेनन

हिमाली संचार संवाददाता
६८८ पटक

इराक : इराकको मोसुलमा आतंककारी पक्राउ गर्न गएको स्वाटको टोली अलमलमा परेको छ। स्वाटको एक विशेष टोली आईएसमा संलग्न शिफा अल निमा (जब्बा द जिहादी)लाई पक्राउ गर्न गएको थियो तर उनी तौल बढी भएका कारण हलचल गर्न सकिरहेका थिएनन्।

एक अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाए अनुसार शिफाको तौल अढाई सय (२५०) किलो रहेको छ। उनलाई पक्राउ गरेर ल्याउन प्रहरीको भ्यान सानो भएपछि ट्रक बोलाइएको थियो। शिफाको फोटो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।

शिफा तौल बढ्ने (ओभेसीटी)को समस्याबाट पीडित छन्। आईएसका शीर्ष नेताका अनुसार शिफा जिहादीविरुद्ध भाषण दिनको लागि चर्चित नेताको रुपमा चिनिन्छन्। बेलायती कार्यकर्ता मजीद नवाजका अनुसार शिफा आतंककारीहरुलाई तयार पार्ने कार्यमा पनि संलग्न रहँदै आएका थिए।

शिफाको बारेमा अनुसन्धान गरिसकेका बेलायती कार्यकर्ता माजिद नवाजका अनुसार शिफा उत्तेजक भाषण दिँदै आतंककारीहरुलाई जागरुग गराउने काम गर्थे। र आतंककारीको दिमागमा विष घोल्ने काम गर्थे। उनी सुरुवातदेखि नै आईएसका शीर्ष नेता थिए।

प्रतिकृया दिनुहोस्

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...