News Portal

चर्चित गायक वसन्त थापाले ल्याए ‘मुखियाको नाति’ [भिडियो सहित]

हिमाली संचार संवाददाता
७४७ पटक

काठमाडौ ०२, २०७६ माघ : सानो मालिकलाई नचिन्ने सायद कोही पनि थिएनन्। मुखियाका नातिलाई गाउँ कुना कन्दराले चिन्थे, इज्जत थियो, सबैले सलाम पनि ठोक्थे। कुनै बेला गाउँको ‘हिरा’ मानिएको मुखियाको नातिको अहिलेको हैसियत ‘फलाम’ जस्तै हो।

आजभोलि मुखियाको नाति गाउँमा देखिँदा साथ गाउँलेहरू जम्मा भएर पिट्नका लागि लौरी बोकेर दौडिन्छन्। ‘हिरा’ मानिएका सानो मालिक अहिले गाउँका ‘पागल’ बनेका छन्। बाबा, आमा, आफन्त, ग्रह दशा, दाउ केही चिन्न नसक्ने बनेको उसले घरको धन त सक्यो नै बाहिर पनि सयकडा ५० का दरले ऋण लियो।

जुवामा थाप्न केही नभएपछि मुखियाको नातिले श्रीमतीलाई नै जुवाको दाउमा थाप्यो र हार्‍यो। ऊ आफू पागल बन्यो, उसकै चिन्तामा बाबुआमाको पनि निधन भयो। बिनागन्तव्य पागल बनेर भौँतारिएको उ एउटा चोकमा घोप्टो परेको र अनुहारमा चोट लागेको अवस्थामा भेटिन्छ। ऊ बाँचेको छ या मृत हो त्यो कथा भने प्रतीक्षामा छ।

यो कथा कुनै नेपाली चलचित्रको भने होइन। लोकप्रिय गीत सिर्जना गर्न अब्बल मानिएका वसन्त थापाको स्वरमा बजारमा आएको ‘मुखियाको नाति’ एल्बमको कथा हो यो। सामाजिक समस्याका रूपमा रहेको जुवाकाकारण परिवार र समाज नै कसरी बरबादीमा गइरहेका छन् ? भन्ने सन्देश गीतले बोकेको छ। अब हेर्दै सोही बिषयबस्तुमा तयार पारीएको गीत ‘मुखियाको नाति’ !

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...