News Portal

  • चर्चित गायक वसन्त थापाले ल्याए ‘मुखियाको नाति’ [भिडियो सहित]

    हिमाली संचार संवाददाता
    ६३३ पटक

    काठमाडौ ०२, २०७६ माघ : सानो मालिकलाई नचिन्ने सायद कोही पनि थिएनन्। मुखियाका नातिलाई गाउँ कुना कन्दराले चिन्थे, इज्जत थियो, सबैले सलाम पनि ठोक्थे। कुनै बेला गाउँको ‘हिरा’ मानिएको मुखियाको नातिको अहिलेको हैसियत ‘फलाम’ जस्तै हो।

    आजभोलि मुखियाको नाति गाउँमा देखिँदा साथ गाउँलेहरू जम्मा भएर पिट्नका लागि लौरी बोकेर दौडिन्छन्। ‘हिरा’ मानिएका सानो मालिक अहिले गाउँका ‘पागल’ बनेका छन्। बाबा, आमा, आफन्त, ग्रह दशा, दाउ केही चिन्न नसक्ने बनेको उसले घरको धन त सक्यो नै बाहिर पनि सयकडा ५० का दरले ऋण लियो।

    जुवामा थाप्न केही नभएपछि मुखियाको नातिले श्रीमतीलाई नै जुवाको दाउमा थाप्यो र हार्‍यो। ऊ आफू पागल बन्यो, उसकै चिन्तामा बाबुआमाको पनि निधन भयो। बिनागन्तव्य पागल बनेर भौँतारिएको उ एउटा चोकमा घोप्टो परेको र अनुहारमा चोट लागेको अवस्थामा भेटिन्छ। ऊ बाँचेको छ या मृत हो त्यो कथा भने प्रतीक्षामा छ।

    यो कथा कुनै नेपाली चलचित्रको भने होइन। लोकप्रिय गीत सिर्जना गर्न अब्बल मानिएका वसन्त थापाको स्वरमा बजारमा आएको ‘मुखियाको नाति’ एल्बमको कथा हो यो। सामाजिक समस्याका रूपमा रहेको जुवाकाकारण परिवार र समाज नै कसरी बरबादीमा गइरहेका छन् ? भन्ने सन्देश गीतले बोकेको छ। अब हेर्दै सोही बिषयबस्तुमा तयार पारीएको गीत ‘मुखियाको नाति’ !

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    लोकन्थलीमा सडक कुकुरको बहादुरी, चोरी रोक्दै ज्यान जोखिममा

    भक्तपुर, भदौ ९ – भक्तपुरको लोकन्थलीमा एक सडक कुकुरले चोरीको प्रयास रोक्दा आफ्नो ज्यान जोखिममा...

    विद्यालय शिक्षा विधेयकमा विरोध, शिक्षक महासङ्घको आन्दोलन सुरु

    काठमाडौं, भदौ ९ – नेपाल शिक्षक महासङ्घले विद्यालय शिक्षा विधेयक २०८० का सम्बन्धमा आफ्ना माग...

    रुबी हत्या प्रकरण : सुटकेसबाट फेला पर्‍यो महत्त्वपूर्ण प्रमाण, प्रहरी अनुसन्धान तीव्र

    रौतहट, भदौ ९ – रौतहटमा हत्या गरेर सुटकेसभित्र फ्यालिएकी २६ वर्षीया रुबीकुमारी साह सुडीको प्रकरणमा...

    भारत–चीन सम्झौताले सार्वभौमिकतामाथि आघात, सरकारलाई तत्काल पहल गर्न एमालेको माग

    दार्चुला, भदौ ९ – लिपुलेक–कालापानी हुँदै भारत र चीनबीच भएको भनिएको व्यापारिक सहमतिप्रति नेकपा (एमाले)...

    काठमाडौँमा गुण्डागर्दी गरेको आरोपमा रेस लामा पक्राउ

    काठमाडौँ, भदौ ९ – राजधानीमा गुण्डागर्दी गरेको आरोपमा दोलखा बैतेश्वर गाउँपालिका–३ का गोपाल मोक्तान, जसलाई...