News Portal

सभामुख बनाउने निर्णय गर्नुस, नगरे चुनावी प्रक्रिया थाल्छु – उपसभामुख तुम्बाहाम्फे

हिमाली संचार संवाददाता
५६२ पटक

फाइल तस्वीर

पौष २६, काठमाडौं । उपसभामुख शिवमाया तुम्बाहाम्फेले नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई संयुक्त रुपमा भेट गरेका छन् ।

तत्कालीन सभामुख कृष्णबहादुर महराले असोज १५ गत्ते राजीनामा दिए पछि संसदले नयाँ सभामुख पाउन सकेको छैन। उनी असोज १९ पक्राउ परेपछि पुर्वपक्षका लागि थुनामा छन्। नेकपा पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठ र संसदीय दलका प्रमुख सचेतक देव गुरूङले तुम्बाहाम्फेले राजीनामा नदिएका कारण सभामुख चयनको प्रक्रिया अगाडी बढ्न नसकेको प्रतिक्रियाको उपसभामुख तुम्बाहाम्फेले श्रेष्ठ र गुरूङको अभिव्यक्ति प्रति समेत आपत्ति जनाउदै सभामुखले गरेको गल्तीको दोष आफुले नलिने बताएकी हुन्। 

भेटमा आफुले राजीनामा नदिने स्पष्ट बताउदै विद्यार्थीकालदेखि राजनीतिमा सक्रिय रहेको, अध्ययन-अध्यापन सक्रिय रहेको, २०३५/०३६ सालको विद्यार्थी आन्दोलन पछि अनेरास्ववियुको उपाध्यक्ष भएको, युवासंघ र महिला संघमा रहेर काम गरेको, कानुन व्यवसायी बनेको, उपप्रध्यापक रहेको, पिएचडी गरेको, उपसभामुख भएर सफलतापूर्वक काम गरीरहेको दर्जनौ क्षमता पेश गर्दै उनी सक्षम रहेको स्पष्ट बताएका हुन्।

अध्यक्षद्वय ओली र प्रचण्डलाई भेटेकी उनले स्पष्ट भनेकी छिन, ‘भोलिसम्म समय छ, सभामुख बनाउने निर्णय गर्नुस् । नभए म संसद चलाउँछु र सभामुख निर्वाचनको प्रक्रिया अगाडि बढाउँछु। उच्चश्रोतका अनुसार जवाफमा प्रधानमन्त्री एवं अध्यक्ष ओलीले राजीनामा दिन आग्रह गरेका थिए। अर्का अध्यक्ष प्रचण्डले ‘जो सभामुख बन्ने भए पनि यो पद नेकपामा राखिराख्न तपाईले उपसभामुखबाट राजीनामा दिनुपर्छ’ भनेका थिए।

अहिले एकातिर तुम्बाहाङफेले राजीनामा नगर्ने अडान लिइरहेकी छन् भने अर्कातिर नेकपाभित्र पनि सभामुखका लागि सहमति जुट्न सकेको छैन। प्रधामन्त्री ओलीले पूर्वसभामुख सुवास नेम्वाङलाई सभामुख बनाउन चाहेका छन् भने नेकपाका अर्का अध्यक्ष प्रचण्डले अग्नि सापकोटालाई सभामुख बनाउन चाहेका छन्। यसैबीच नेकपाले आज अपराह्न ४ बजेका लागि सचिवालयको बैठक बोलाएको छ। बैठकमा सभामुख चयनका विषयमा छलफल हुने नेताहरुले बताएका छन् ।

प्रतिकृया दिनुहोस्

सुकुमवासी बस्ती हटाउने निर्णयविरुद्ध थापाथलीमा प्रदर्शन

काठमाडौं, ११ वैशाख – सरकारले सुकुमवासी बस्ती हटाउने निर्णय गरेपछि थापाथली क्षेत्रमा स्थानीय बासिन्दा र...

आज २०८३ साल वैशाख ११ गतेको राशिफल

आज वैशाख ११, २०८३ ( अप्रिल २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

गौतमबुद्ध विमानस्थलमा ४६ लाखको व्यापार, पोखरा विमानस्थल अझै शून्य

काठमाडौं, १० वैशाख – नेपालमा निर्माण भएका दुई नयाँ अन्तर्राष्ट्रिय विमानस्थलबाट अपेक्षाअनुसार वैदेशिक व्यापार हुन...

बाल विवाह आरोपपछि पक्राउ युवकको मृत्यु प्रकरण विवादमा

सिन्धुली, १० वैशाख – बाल विवाहको आरोपमा पक्राउ परेका २३ वर्षीय श्रीकृष्ण विकको प्रहरी हिरासतमा...

सुकुम्वासीबारे सरकारको योजना : हटाउने होइन, व्यवस्थापनमा जोड

काठमाडौं, १० वैशाख — प्रधानमन्त्री बालेन्द्र शाहले सुकुम्वासी बसोबास भएका क्षेत्र खाली गराउन सुरक्षा निकायलाई...