News Portal

  • धरानको कार्यपालिका बैठक नेकपाद्वारा बहिष्कार, आवश्यक कोरम पुग्न सकेन, बैठक सोमवार पुन: बस्ने

    सन्जिब कोयी
    ३४७ पटक

    शनिवार पौष १२, धरान।  नवनिवार्चित धरानका नगरप्रमुख तिलक राईले बोलाएको पहिलो कार्यपालिकाको बैठक आवश्यक कोरम संख्या नपुगेपछि स्थगित भएको छ । उपमहानरपालिका धरानमा बहुमत संख्यामा कार्यपालिका सदस्यहरुको उपस्थिति नभएपछि पौष १४ गत्ते पुनः बैठक बस्ने गरी बैठक स्थगित भएको छ ।

    स्रोतका अनुसार कार्यपालिका बैठकलाई नेकपाबाट निवार्चित  नगरउपप्रमुख कार्यपालिका सदस्यहरुले बहिष्कार गरेका छन्। कुल ३० सदस्यीय कार्यपालिकामा नेकपाबाट उपप्रमुखसहित २४ जना सदस्य छन् भने कांग्रेसबाट नगरप्रमुखसहित ६ जना मात्र सदस्य रहेका २० वटा वडाका अध्यक्षहरु कार्यपालिका सदस्य हुन्छन् भने ८ जना नगरसभाबाट निवार्चित भएका छन् । धरानमा निवार्चित कार्यपालिका सदस्य सबै नेकपाकै रहेका छन् ।

    प्रमुख प्रशासकीय अधिकृत विनोद पोखरेलका अनुसार गणपुरक संख्या नपुगेपछि पौष १४ गते बिहान सोमबार ८ बजे बस्ने गरि बैठक स्थगित  भएको हो। 

    नगरप्रमुख तिलक राईले नेकपा पक्षबाट बैठकमा सहभागिता नभएको बिषयमा धेरै बोल्न चाहेनन् । उनले नेकपा पक्षबाट बहिष्कार गरेको नभै कोरम नपुगेर स्थगित भएको प्रतिकृया दिएका छन्। नगरप्रमुख तिलक राईले नेकपाबाट प्रतिनिधित्व गर्ने कार्यपालिका सदस्यहरुले बहिष्कार गरेको प्रस्ट खुलाउन नचाहे पनि नेकपाका वडाअध्यक्षहरुले भने नगरप्रमुख तिलक राईले आवश्यक समन्वय र तयारी नगरेकोले आफुहरु बैठकमा नगएको प्रतिक्रिया दिएका छन्। 

    आवश्यक कोरम नपुगेर कार्यपालिका बैठक स्थगित भएपछि नगरप्रमुख तिलक राई र नगरउप्रमुख मञ्जु भण्डारी सुवेदीबीच आवश्यक छलफल भएको थियो । दुवैबीच द्धन्द नबढाउने र समन्वय गर्ने समझदारी भएर नै सोमबार बैठकको मिति तोकिएको श्रोतको भनाइ रहेको छ। 

    धरानका कार्यपालिका बैठक बस्न नसक्दा नवनिवार्चित मेयर राईले पदभार ग्रहण गर्दा कर समायोजन गर्न एक अध्ययन गरेर सुझाव पेश गर्न बिशेषज्ञ रहेको कार्यदल गठन गर्ने भनिएको भए पनि बैठक बस्न नसक्दा पारित हुन सकेन। 

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल मंसिर २ गतेको राशिफल

    आज मंसिर २, २०८२ (नोभेम्बर १८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    सामाजिक सञ्जालमै टिकट बाँडफाँड, कति विश्वसनीय?

    काठमाडौं –  नेपालमा उदाउँदै गरेका कतिपय नयाँ राजनीतिक दलका नेताहरू सामाजिक सञ्जालमा अत्यधिक सक्रिय हुँदै...

    बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्ड

    बंगलादेश, मंसिर १ – बंगलादेशकी निर्वासित पूर्वप्रधानमन्त्री शेख हसिनालाई मानवता विरुद्धको अपराधमा दोषी ठहर गर्दै...

    ललितपुरमा २१ लाख बराबरको चोरी, ३ मुख्य आरोपी पक्राउ

    ललितपुर, मंसिर १ – ललितपुरको इमाडोलमा २१ लाख ८३ हजार रुपैयाँ बराबरको चोरी भएको घटनामा प्रहरीले...

    प्रतिनिधिसभा पुनर्स्थापनापछि निष्पक्ष सरकारका लागि ओली प्रधानमन्त्री नबन्ने ग्यारेन्टी

    काठमाडौं, मंसिर १ – एमाले स्थायी कमिटी सदस्य खगराज अधिकारीले वर्तमान सरकारले चुनाव गराउने क्षमता र...