News Portal

विमानस्थलबाट २० राउण्ड गोलीसहित भारतीय सेनाका कर्नेल पक्राउ

हिमाली संचार संवाददाता
७९५ पटक

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाट २२ एमएमको २० राउण्ड गोलीसहित भारतीय सेनाका कर्नेल पक्राउ परेका छन् ।

अनलाइनखबरका अनुसार पक्राउ पर्नेमा चितवन स्थायी घर भइ हाल काठमाडौंको सामाखुशी बस्दै आएका ४१ वर्षीय भारतीय सेनाका कर्नेल बलबहादुर पुन छन् ।

विमानस्थल प्रहरीको टोलीले आइतबार दिउँसो उनलाई पक्राउ गरेको हो । बुद्ध एयरको विमानबाट पोखरा जान लागेको अवस्थामा डोमेस्टिक टर्मिनलको सुरक्षा जाँचको क्रममा उनी पक्राउ परेको प्रहरीले जनाएको छ ।

हाल उनलाई महानगरीय प्रहरी वृत्त, गौशालामा राखिएको छ । थप अनुसन्धान जारी रहेको बताइएको छ ।

प्रतिकृया दिनुहोस्

रौतहटमा रास्वपा उम्मेदवारको गाडीले ठक्कर दिँदा ४ वर्षीय बालिकाको मृत्यु

रौतहट, माघ २२ – रौतहटको इशनाथ नगरपालिकामा आज दुःखद घटना भएको छ। रास्वपा उम्मेदवारको प्रचार...

निर्वाचन अभियानमा फर्किए रवि लामिछाने, चितवनमा कार्यक्रम सुरु

चितवन, माघ २२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने चुनावी तयारीलाई निरन्तरता दिन...

निर्वाचनको निष्पक्षताबारे ओलीको चिन्ता, प्रधानमन्त्रीसँग सुरक्षा तयारीबारे छलफल

काठमाडौँ, माघ २२ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी फागुन २१ गते हुने...

आज २०८२ साल माघ २२ गतेको राशिफल

आज माघ २२, २०८२ ( फेब्रुअरी ५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

त्रिभुवनबाट उडेको टर्किस जहाजको इन्जिनमा आगो, कोलकातामा सुरक्षित अवतरण

काठमाडौं, २१ माघ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट इस्तानबुलका लागि उडेको टर्किस एयरलाइन्सको जहाज ‘टीएचवाई ७२७’...