News Portal

===== गजल =====

हिमाली संचार संवाददाता
७८० पटक

~ दल बहादुर शाही
हेलो खार्पूनाथ गाउँपालिका हुम्ला कर्णाली
हाल : कैलाली

त्यही भत्किने हो जहाँ बढी दबाब हुन्छ।
सम्बन्ध टुट्ने घरमा सायद लगाब हुन्छ

जसकी पत्नीले कन्ट्रोल राख्न खोज्छन
उनै श्रीमानको हातमा बढी सराब हुन्छ

नातागोता चर्कामा बुनिने धागो जस्तै हो
बिचमा टुटे फेरी बनाउन तनाब हुन्छ

जुनसुकै प्राणीलाई स्वतन्त्र चाहियो यहाँ
सजिव प्राणीमा बन्देजको हिसाब हुन्छ

फूल खोज्नेले काँडालाई घृणा गर्नु हुदैन
काँडाहरुकै बिचमा फुलेको गुलाब हुन्छ।।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ६ गतेको राशिफल

आज पुष ६, २०८२ (डिसेम्बर २१, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...