News Portal

प्रशासनद्वारा सैनिक पोशाक बिक्री वितरण गर्न रोक

हिमाली संचार संवाददाता
५७३ पटक

डोटी २३, २०७६ मंसिर : जिल्ला प्रशासन कार्यालय डोटीले यहाँका बजारमा सैनिक पोशाक बजारमा बिक्री वितरण गर्न बन्द गर्ने भएको छ।

सैनिक पोशाक आपराधिक प्रवृतिका मानिसले लगाइ दुरुपयोग गर्ने सम्भावना रहेको भन्दै प्रशासन कार्यालयले सूचना जारी गर्दै सैनिक पोशाक बिक्री वितरणमा रोक लगाएको जनाएको छ।

सूचना प्रकाशित भएको दिनदेखि सैनिक पोशाक गैरसैनिक व्यक्तिलाई बिक्री वितरण गर्न नपाइने जनाएको छ।

नेपाली सेनाले मात्रै प्रयोग गर्ने क्यामोफ्लाइज कपडा सर्वसाधारणले प्रयोग गर्ने गरेको भन्दै प्रशासनले गैरसैनिकलाई उक्त पोशाक बिक्री वितरण नगर्न व्यापारीलाई आग्रह गरेको हो।

प्रशासनले सैनिक पोशाक बिक्री वितरणमा रोक लगाएपछि यहाँका व्यापारीले आफूले बिक्रीका लागि ल्याएका सैनिक पोशाक तथा लुगा फिर्ता पठाउन थालेका दिपायल पिपल्लाका व्यापारी तथा स्थानीय खडक कुँवरले बताए।

पछिल्लो समय यहाँका ग्रामीण क्षेत्र तथा बजारमा रहेका युवाले बढी जसो सैनिक पोशाक अर्थात् क्यामोफ्लाइज कपडा प्रयोग गर्दै आएका थिए।

प्रतिकृया दिनुहोस्

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...

प्रधानमन्त्री कार्कीद्वारा मौलिकता जोगाउन जोड, परम्परागत पोशाकको प्रोत्साहन

काठमाडौं, पुष ६ – प्रधानमन्त्री सुशीला कार्कीले आधुनिकताका नाममा आफ्ना मौलिक परम्परा र सांस्कृतिक पहिचानलाई...