News Portal

कोहलपुर ६ को वडाध्यक्षमा नेकपाका रामशरण विजयी

हिमाली संचार संवाददाता
९१० पटक

विजय मल्ल
बाँके १५, २०७६ मंसिर : कोहलपुर नगरपालिकाको वडा नम्बर–६ को वडाध्यक्ष चयनका लागि भएको निर्वाचनमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विजयी भएको छ। यसअघि यो वडामा नेपाली काँग्रेसका उम्मेद्वारले जितेका थिए।

कोहलपुर नगरपालिका–६, का तत्कालीन वडाध्यक्ष रामसोहन थारुको २०७५ मंसिर ९ गते निधनपछि उपचुनाव भएको हो। शनिबार सम्पन्न उपचुनावमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का रामशरण थारु वडाध्यक्ष विजयी भएका छन्।

उनले ८०० मत पाए। गत निर्वाचनमा काँग्रेसका उम्मेद्वार रामसोहन थारुले जम्मा ४ सय २४ मत प्राप्त गरी विजयी भएका थिए। यो वडामा कुल मतदाता २ हजार २६ थिए तर, १ हजार ६ सय ३४ मत अर्थात ८०.६५ प्रतिशत मात्रै खसेको थियो।

जसमा ७ सय ५१ जना पुरुष र ८ सय ८३ महिलाले मतदान गरेका छन्। दुई हजार २६ मतदाता रहेकोमध्ये ३ सय ९२ मत नखसेको प्रमूख निर्वाचन अधिकृत षडानन्द तिवारीले जानकारी दिए।

राशरण थारुका निकट्तम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका श्रीकृष्ण थारुले ७ सय ३६ मत पाएका छन्। यो मत विजयी रामशरण भन्दा ६४ ले कम छ।

यस्तै वडाअध्यक्षका उम्मेदवार राष्ट्रिय प्रजातन्त्र पार्टी(कमल थापा नेतृत्व राप्रपा) का श्रीधर सुवेदीले ६१ मत पाए। उनीसंगै समाजबादी पार्टीका शुभाखर पोखरेलले १० मत र नेपाल मजदुर किसान पार्टी (नेमकिपा) दिपालक्ष्मी हमालले १३ मत प्राप्त गरेकी छन्।

अघिल्लो निर्वाचनमा राप्रपाका नेपबहादुर ओली र मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका सुभाखर पोखरेलले क्रमशः ८७ र ५६ मत प्राप्त गरेका थिए तर, यसपटकको उपनिर्वाचनमा यी दुई पार्टीले आफ्नो यसअघिको मत रेकर्ड ब्रेक गर्न सकेनन्।

शनिबार भएको मतदानमा जम्मा १४ मत बदर भएको प्रमूख निर्वाचन अधिकृत षडानन्द तिवारीले जानकारी दिए। करिब साढे ४ घण्टामा मतगणना सकिएको हो।

१५ वटा वडा रहेको कोहलपुरमा प्रमुख सहित नेकपाका ९ र उपप्रमुख सहित काँग्रेसका ६ वडाध्यक्ष छन्।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन २६ गतेको राशिफल

आज फागुन २६, २०८२ ( मार्च १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

दुर्गा रेग्मीको पार्थिव शरीरको अन्त्येष्टि सम्पन्न, परिवारप्रति पार्टीको दायित्व के?

मोरङ, फागुन २५ – मोरङको रङ्गेली नगरपालिका वडा नं. ९ निवासी दुर्गा रेग्मीको आज हिन्दु...

रवि लामिछानेविरुद्धको अभियोग संशोधन प्रकरण : सर्वोच्चमा सुनुवाइ हुँदै

काठमाडौं, फागुन २५ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सँग सम्बन्धित अभियोग संशोधन प्रकरण...

अनुहार फेरि फेरि षडयन्त्र नगरौं !

– कमला थापा २०८२ फाल्गुन २५ गते सोमबार। “अनुहार फेरि-फेरि षडयन्त्र नगरौं” उक्त भनाइ श्री...

आज २०८२ साल फागुन २५ गतेको राशिफल

आज फागुन २५, २०८२ ( मार्च ९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...