News Portal

पूर्वपरराष्ट्र सचिव आचार्य भन्छन् : सीमा विवादमा देउवाको बुद्धिमतालाई धन्यवाद

हिमाली संचार संवाददाता
१०४७ पटक

काठमाडौं १४, २०७६ मंसिर : पूर्वपरराष्ट्र सचिव मधुरमण आचार्यले सन् २००३ मा भएको प्रधानमन्त्रीको भारत भम्रणका क्रममा जारी हुने संयुक्त वत्तव्यमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको बुद्धिमतापूर्ण निर्णयका कारण सन् १९५० को सन्धी र कालापानीको सीमा विवाद समावेश भएको स्पष्ट पारेका छन्।

सन् २००१ देखि २००५ सम्म  परराष्ट्र सचिव रहेर नेपाल र भारतबीच भएको द्विपक्षीय वार्तामा सहभागी भएका आचार्यले ट्वीटमार्फत स्पष्ट गरेका हुन्।

‘सन् १९५० को सन्धि र कालापानीको विषय हटाउनका लागि मलाई कन्भिन्स गर्न प्रयासका लागि नेपालका लागि तत्कालीन भारतीय राजदूत श्याम शरणले दुई जना प्रभावशाली राजनीतिक व्यक्तित्वलाई पठाए।

हामीले जोड गरिरह्यौँ र त्यो एजेन्डा जीवित राख्न सक्यौँ, त्यसमा नेपालको अडान परिवर्तन नगर्ने प्रधानमन्त्री देउवाको बुद्धिमतालाई पनि धन्यवाद भन्नुपर्छ’ आचार्यले भने।

भारतले हालै नयाँ नक्सा जारी गरेपछि कालापानी र लिपुलेख समेत समावेश गरेपछि यसका विभिन्न कोणबारेमा छलफल हुँदै आएको छ।

यसै सन्दर्भमा कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई तत्काल भारतसँग वार्ता गरेर नेपाली भूमि फिर्ता गराउन पहल गर्न आग्रह गर्दै आएका छन्।

सरकारले नेपाली भूमि फिर्ता गर्न सरकारले कुनै पहल नगरेको भन्दै कतै भारतले हालै जारी गरेको नक्सा प्रधानमन्त्री ओलीको पनि सहमतिमा आएको त होइन भन्ने आशंका समेत गरेका छन्।

प्रतिकृया दिनुहोस्

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...

खेतभरि मकै, किसानको अनुहारमा चिन्ता

रबिन्द्र बराल- मोरङका सीमावर्ती क्षेत्रका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। रङ्गेली,...

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...

वैदेशिक रोजगारी कि मानव बेचबिखन? शर्मिला दर्जी प्रकरणले राज्य संयन्त्रको कमजोरी उजागर

काठमाडौं – कुवेतमा नेपाली महिला शर्मिला दर्जी मानव तस्करीको सञ्जालमा परेको आशंकासँगै उनको उद्धार र...

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...