News Portal

पुर्वराजा ज्ञानेन्द्र शाह प्रदेश ५ को भ्रमण गर्दै, स्वागतको भब्य तयारी

हिमाली संचार संवाददाता
९०६ पटक

काठमाडौ १३, २०७६ मंसिर : पश्चिम नेपालको भ्रमणमा निस्कन लाग्नु भएका पूर्वराजा ज्ञानेन्द्र शाहको लागि विभिन्न जिल्लामा भव्य स्वागतको तयारी थालिएको छ।

यहि मङ्सिर १५ देखि पश्चिम नेपालको भ्रमण गर्न लाग्नुभएका पुर्वराजा शाहको स्वागतका लागि राजावादी देखि हिन्दुवादी र नागरिक समाज सबै स्वागतको तयारीमा जुटेका छ्न।

शाहले प्रदेश पाँचको बिभिन्न जिल्लाहरुको भ्रमण गर्ने खबर पाए लगतै स्वागतको तयारी सुरु भैसकेको जनाईएको छ। उनको स्वागतका लागि राजसस्था निकट मानिएका शिव सेना नेपाल, विभिन्न हिन्दुवादी र राजावादी संगठन, शाही युवा शक्ति, स्वतन्त्र नागरिक समाजलयाएतले स्वागतको तयारी थालेका हुन।

यसैक्रममा पूर्वराजा शाहलाई मंसिर १६ गते रुपन्देहीमा भव्य स्वागतको तयारी भएको छ। राष्ट्रिय शक्ति नेपाल अभियान लगायतका संस्थाले पुर्वराजा शाहको स्वागत गर्नेछ्न।

पूर्वराजा शाह भैरहवालाई मुकाम कायम गरेर प्रदेशका ५ का पहाडी जिल्लाहरु पाल्पा, गुल्मी, अर्घाखाँची समेत जानेछ्न।

भ्रमणका क्रममा उहाँले स्थानीयवासीसंग भेटघाट गर्नुका साथै बिभिन्न जिल्लामा रहेका धार्मिक स्थलहरुमा पुजापाठ गर्ने कार्यक्रम छ। लामो समयपछि शाहसङ्ग भेटघाट गर्न पाइनेभएपछी नागरिक समेत खुशी भएका छ्न।

शाह मङ्सिर १५ गते भैरहवा जादैछ्न। सो क्रममा १६ गते बुटवल भैरहवा स्थित शिव मन्दिर र १७ गते मर्चवारमा भगवती मन्दिरको दर्शन गर्ने कार्यक्रम छ।

यसैगरी १९ गते पाल्पाको भगवती मन्दिर, नवलपरासी अर्घाखाँची लगाएतका जिल्लामा रहेका शक्ति पिठमा पुजाआजा र स्थानीय नागरिक, राजसस्था निकट व्यक्तिशीत भेटघाट पनि गर्ने बताईएको छ।

प्रतिकृया दिनुहोस्

गृहमन्त्रीलाई पुनको सन्देश : दबाबमा नपरी कानुन अनुसार अघि बढ्नुस्

काठमाडौँ, चैत २२ – स्वतन्त्र सांसद महावीर पुन ले गृहमन्त्री सुधन गुरुङ लाई कुनै पनि...

मकवानपुरमा श्रम संस्कृति पार्टीको जिल्ला बैठक सम्पन्न

मकवानपुर, – श्रम संस्कृति पार्टी मकवानपुर जिल्ला समितिको बैठक जिल्ला अध्यक्ष युनेश लामा सिंतानको अध्यक्षतामा...

आज २०८२ साल चैत २२ गतेको राशिफल

आज चैत २१, २०८२ ( अप्रिल ५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रङ्गेलीमा ३ केन्द्रबाट परीक्षा सञ्चालन, एक महिनामै नतिजा आउने भएपछि विद्यार्थी उत्साहित

रङ्गेली, मोरङ –  मोरङको रङ्गेली नगरपालिकामा तीनवटा परीक्षा केन्द्रबाट वार्षिक परीक्षा सञ्चालन भइरहेको छ। रङ्गेलीस्थित...

राजसंस्था पुनर्स्थापनाको बहस चर्किँदै, वर्तमान राजनीतिक अवस्थाप्रति असन्तुष्टि

काठमाडौं, – पछिल्लो राजनीतिक घटनाक्रम, आन्दोलन र निर्वाचनपछि देशको दिशा र भविष्यप्रति विभिन्न कोणबाट बहस...