News Portal

पुर्वराजा ज्ञानेन्द्र शाह प्रदेश ५ को भ्रमण गर्दै, स्वागतको भब्य तयारी

हिमाली संचार संवाददाता
८१५ पटक

काठमाडौ १३, २०७६ मंसिर : पश्चिम नेपालको भ्रमणमा निस्कन लाग्नु भएका पूर्वराजा ज्ञानेन्द्र शाहको लागि विभिन्न जिल्लामा भव्य स्वागतको तयारी थालिएको छ।

यहि मङ्सिर १५ देखि पश्चिम नेपालको भ्रमण गर्न लाग्नुभएका पुर्वराजा शाहको स्वागतका लागि राजावादी देखि हिन्दुवादी र नागरिक समाज सबै स्वागतको तयारीमा जुटेका छ्न।

शाहले प्रदेश पाँचको बिभिन्न जिल्लाहरुको भ्रमण गर्ने खबर पाए लगतै स्वागतको तयारी सुरु भैसकेको जनाईएको छ। उनको स्वागतका लागि राजसस्था निकट मानिएका शिव सेना नेपाल, विभिन्न हिन्दुवादी र राजावादी संगठन, शाही युवा शक्ति, स्वतन्त्र नागरिक समाजलयाएतले स्वागतको तयारी थालेका हुन।

यसैक्रममा पूर्वराजा शाहलाई मंसिर १६ गते रुपन्देहीमा भव्य स्वागतको तयारी भएको छ। राष्ट्रिय शक्ति नेपाल अभियान लगायतका संस्थाले पुर्वराजा शाहको स्वागत गर्नेछ्न।

पूर्वराजा शाह भैरहवालाई मुकाम कायम गरेर प्रदेशका ५ का पहाडी जिल्लाहरु पाल्पा, गुल्मी, अर्घाखाँची समेत जानेछ्न।

भ्रमणका क्रममा उहाँले स्थानीयवासीसंग भेटघाट गर्नुका साथै बिभिन्न जिल्लामा रहेका धार्मिक स्थलहरुमा पुजापाठ गर्ने कार्यक्रम छ। लामो समयपछि शाहसङ्ग भेटघाट गर्न पाइनेभएपछी नागरिक समेत खुशी भएका छ्न।

शाह मङ्सिर १५ गते भैरहवा जादैछ्न। सो क्रममा १६ गते बुटवल भैरहवा स्थित शिव मन्दिर र १७ गते मर्चवारमा भगवती मन्दिरको दर्शन गर्ने कार्यक्रम छ।

यसैगरी १९ गते पाल्पाको भगवती मन्दिर, नवलपरासी अर्घाखाँची लगाएतका जिल्लामा रहेका शक्ति पिठमा पुजाआजा र स्थानीय नागरिक, राजसस्था निकट व्यक्तिशीत भेटघाट पनि गर्ने बताईएको छ।

प्रतिकृया दिनुहोस्

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...

रवि–बालेन वार्ता : बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

काठमाडौं, पुष ११ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच पार्टी...

बालेनले संघीयता पक्षमा धारणा राख्दै निर्वाचन तयारी अघि बढाए

काठमाडौं, पुष ११ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन...

कांग्रेसमा महाधिवेशन विवाद : विशेष पक्षधरले स्मरणपत्र बुझाउने तयारी

काठमाडौं, पुष ११ – नेपाली कांग्रेसमा नियमित महाधिवेशन नहुँदा पार्टी भित्र विवाद बढेको छ। यसैबीच,...

जिमेल युजरनेम बदल्न सकिने सुविधा गुगलले ल्याउने

काठमाडौं, पुष ११ – गुगलले आफ्नो प्रयोगकर्तालाई अब पुरानो जिमेल एड्रेस परिवर्तन गर्ने सुविधा दिने...