News Portal

दुई तिहाइ सरकारको कामको मूल्याङ्कन उपनिर्वाचनमा -गगन थापा

हिमाली संचार संवाददाता
५०७ पटक

भक्तपुर – नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्वस्वास्थ्यमन्त्री गगनकुमार थापाले संविधानले दिएको जनताको अधिकारलाई सरकारले संरक्षण गर्नुपर्ने बताएका छन् ।

यही मङ्सिर १४ गते हुने प्रदेशसभा सदस्यको उपनिर्वाचनमा काँग्रेसको उम्मेदवार कृष्णलाल भँडेललाई मत माग्न वागेश्वरीमा काँग्रेसले आयोजना गरेको घरदैलो कार्यक्रममा थापाले उपनिर्वाचनले दुई तिहाइ सरकारको कामको मूल्याङ्कन गर्ने बताए ।

कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले सरकारले जनतालाई शान्तिसुरक्षाको प्रत्याभूति दिन नसकेको आरोप लगाए।

नेपाली काँग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेताले काँग्रेसले पैसा बाँडेको अफवाह फैलाउने गरेको आरोप लागए ।

घरदैलो कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्यहरु डिला सङ्ग्रौला, कमला पन्त, काभ्रे काँग्रेसका सभापति मधु आचार्यलगायत भक्तपुर जिल्ला समितिका पदाधिकारी तथा सदस्यहरु, क्रियाशील सदस्यहरु, शुभेच्छुकहरु, स्थानीयवासीको उपस्थिति रहेको थियो ।

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

प्रतिकृया दिनुहोस्

रङ्गेलीको सरकारी जग्गा विवादमा चलखेलको आशंका, इलाका प्रशासन कार्यालयकै उपयोगमा ल्याउन माग

मोरङको रङ्गेली–७ मा रहेको इलाका प्रशासन कार्यालय आसपासको सरकारी जग्गासम्बन्धी विषयमा विवाद र चलखेलको आशंका...

मोरङमा बर्डफ्लु नियन्त्रणका लागि प्रहरी–व्यवसायी अन्तरक्रिया, अवैध कुखुरा आयात रोक्न कडाइ गर्ने निर्णय

रबिन्द्र बराल, मोरङ –मोरङका विभिन्न स्थानमा बर्डफ्लु देखा पर्न थालेपछि यसको नियन्त्रणका लागि प्रहरी प्रशासन...

आज २०८२ साल चैत २६ गतेको राशिफल

आज चैत २६, २०८२ ( अप्रिल ९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नेपाल सरकारको ध्यान जाओस्

मोरङ, चैत्र २५ – रङ्गेली नगरपालिका–७ मा रहेको इलाका प्रशासन कार्यालय रंगेली रहेको स्थानको जग्गा २०२४...

के आधारमा देउवा दम्पतीमाथि छानबिन सुरु भयो ?

काठमाडौं, चैत २५ – पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा पूर्वपरराष्ट्रमन्त्री डा. आरजु राणा...