News Portal

सुन्दरबजार २ मा वडाध्यक्ष पदमा ५ जनाको उम्मेदवारी

हिमाली संचार संवाददाता
७७८ पटक

शान्ता कमली
लमजुङ २८, २०७६ कार्तिक : आगामी १४ मंसिरमा हुने उपनिर्वाचनमा लमजुङको सुन्दरबजार नगरपालिका–२ परेवाडाँडामा वडाध्यक्ष पदका लागि ५ जनाले उम्मेदवारी दर्ता गराएका छन्।

मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बुधबार ४ राजनीतिक दल र एक जना स्वतन्त्र गरी ५ जनाले उम्मेदवारी दर्ता गराएका हुन्।

वडाध्यक्षका लागि नेकपाका नविनकुमार श्रेष्ठ, कांग्रेसका प्रकाश सेढाइँ, राप्रपाका पवनराज बसौला, मंगोल नेशनल अर्गनाइजेशन पार्टीका रामजी दर्जी र कांग्रेसबाट छुट्टिएर बनेको स्वतन्त्र समूहका कृष्णबहादुर केसीले मनोनयन दर्ता गरेका हुन्।

स्थानीय तह साथै प्रदेश तथा संघको चुनावमा कांग्रेसबाट बागी उम्मेदवारी दिएका समूहले स्वतन्त्रबाट उम्मेदवारी दिएका छन्।

स्थानीय तह चुनावमा सुन्दरबजार नगरपालिका-२ मा वडाध्यक्ष पदमा निर्वाचित तत्कालीन एमालेका लोकराज पाण्डे जिल्ला समन्वय समितिमा निर्वाचित भएपछि रिक्त रहेको उक्त पदका लागि चुनाव हुन लागेको हो।

स्थानीय तह चुनावमा तत्कालीन एमालेका पाण्डेले ९ सय ५ मत ल्याएर वडाध्यक्षमा विजयी भएका थिए। निकटत्तम प्रतिद्वन्द्वी कांग्रेसका पर्शुराम केसीले ३ सय ४७ मत ल्याएका थिए। माओवादी केन्द्रका उम्मेदवार पूर्णबहादुर मौरतीले १ सय ६ मत ल्याएका थिए भने राप्रपाका दीपकराज सेढाइँले ५२ मत पाएका थिए।

जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी सृजना मिश्रका अनुसार यस वडामा २ हजार १ सय २४ मतदाता रहेकोमा उप–निर्वाचनमा मतदाता संख्या बढेर २ हजार २ सय ९७ पुगेको छ।

उप–निर्वाचनका लागि उक्त वडामा दुई मतदान स्थल र तीन मतदान केन्द्र तोकिएको छ।

प्रतिकृया दिनुहोस्

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...