News Portal

  • सुन्दरबजार २ मा वडाध्यक्ष पदमा ५ जनाको उम्मेदवारी

    हिमाली संचार संवाददाता
    ६३२ पटक

    शान्ता कमली
    लमजुङ २८, २०७६ कार्तिक : आगामी १४ मंसिरमा हुने उपनिर्वाचनमा लमजुङको सुन्दरबजार नगरपालिका–२ परेवाडाँडामा वडाध्यक्ष पदका लागि ५ जनाले उम्मेदवारी दर्ता गराएका छन्।

    मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बुधबार ४ राजनीतिक दल र एक जना स्वतन्त्र गरी ५ जनाले उम्मेदवारी दर्ता गराएका हुन्।

    वडाध्यक्षका लागि नेकपाका नविनकुमार श्रेष्ठ, कांग्रेसका प्रकाश सेढाइँ, राप्रपाका पवनराज बसौला, मंगोल नेशनल अर्गनाइजेशन पार्टीका रामजी दर्जी र कांग्रेसबाट छुट्टिएर बनेको स्वतन्त्र समूहका कृष्णबहादुर केसीले मनोनयन दर्ता गरेका हुन्।

    स्थानीय तह साथै प्रदेश तथा संघको चुनावमा कांग्रेसबाट बागी उम्मेदवारी दिएका समूहले स्वतन्त्रबाट उम्मेदवारी दिएका छन्।

    स्थानीय तह चुनावमा सुन्दरबजार नगरपालिका-२ मा वडाध्यक्ष पदमा निर्वाचित तत्कालीन एमालेका लोकराज पाण्डे जिल्ला समन्वय समितिमा निर्वाचित भएपछि रिक्त रहेको उक्त पदका लागि चुनाव हुन लागेको हो।

    स्थानीय तह चुनावमा तत्कालीन एमालेका पाण्डेले ९ सय ५ मत ल्याएर वडाध्यक्षमा विजयी भएका थिए। निकटत्तम प्रतिद्वन्द्वी कांग्रेसका पर्शुराम केसीले ३ सय ४७ मत ल्याएका थिए। माओवादी केन्द्रका उम्मेदवार पूर्णबहादुर मौरतीले १ सय ६ मत ल्याएका थिए भने राप्रपाका दीपकराज सेढाइँले ५२ मत पाएका थिए।

    जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी सृजना मिश्रका अनुसार यस वडामा २ हजार १ सय २४ मतदाता रहेकोमा उप–निर्वाचनमा मतदाता संख्या बढेर २ हजार २ सय ९७ पुगेको छ।

    उप–निर्वाचनका लागि उक्त वडामा दुई मतदान स्थल र तीन मतदान केन्द्र तोकिएको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    ज्ञानेन्द्र शाहीद्वारा परराष्ट्र मन्त्री आरजु राणा देउवाको राजीनामा माग

    काठमाडौँ, भदौ १ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता तथा प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले...

    रवि लामिछाने नख्खु जेलमा सरुवा, पहिलो रात अन्य कैदीसहित बिताउनुपर्यो, ‘सिंगल रुम’ तर सुविधा सीमित

    काठमाडौं, भदौ १ – भैरहवा कारागारबाट नख्खु जेलमा सरुवा भएका रास्वपा सभापति रवि लामिछानेको पहिलो...

    विदेश जाने यात्रु कम्तीमा एक घण्टा अघि अध्यागमनमा उपस्थित हुनुपर्ने

    काठमाडौं, भदौ १ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेश जाने यात्रुका लागि नयाँ व्यवस्था लागू गरिएको...

    गोङ्गबु गेस्ट हाउसमा पत्नीको हत्या गर्ने युवक पर्साबाट पक्राउ

    काठमाडौँ, भदौ १ – राजधानीको गोङ्गबुस्थित गेस्ट हाउसमा आफ्नै पत्नीको हत्या गरी फरार रहेका एक...

    एमाले विधान महाधिवेशन : तयारी अन्तिम चरणमा, २३ सयभन्दा बढी सहभागी हुने

    काठमाडौँ, भदौ १ – नेकपा एमालेले आगामी भदौ २० देखि २२ गतेसम्म आयोजना हुने दोस्रो...