News Portal

स्थलगत अध्यन गरेर राहत उपलब्ध गराउने प्रजिअ : बस्नेत

हिमाली संचार संवाददाता
८५४ पटक

जाजरकोट – अविरल वर्षातका कारण जाजरकोटमा आएको बाढीर पहिरोमा भएको धनजनको स्थलतल अध्यन गरेर उचित राहत उपलब्ध गराउने प्रमुख जिल्ला अधिकारी ललीत कुमार बस्नेतले बताए । जिल्लाम भएको धनजनको क्षती बारे एकिन बिवरण नआएकोले घटनाको बारेमा स्थलगत अध्यन गरेर राहत उपलब्ध गराउने बस्नेतले बताए ।

अधिकारी बस्नेतका अनुसार शुत्रवार भएको जिल्ला विपद् व्यवस्थापन समितिको वैठकले खलंगामा राहत बाँड्न रोक्ने र सहयोगी संस्था, निकायलाइ २९ र ३० गतेको बाढी पहिरो प्रभावित नलगाढ न पा तर्फ जान अनुरोध गर्ने लगायतका निर्णय गरेकोल हाल घटना स्थलगत अध्यन गरेर पहिरो तथा बाढि बाट पिडितहरु लाइ राहत बितरण गर्ने निर्णय भएको बताए ।

बुधवार नलगाड नगरपालिकाको ३ देखि ६ नं वडासम्मका वस्तीहरुमा बाढीले वितन्डा मच्चाउँदा पुलमात्र नभइ खेत र घर पनि बगाएको छ । झुप्रा खोलामा आएको वाढीले पुल वगाउँदा नगरपालिका भित्रका दुइ मावि र अन्य चार प्राथमिक एवं आधारभुत तहमा पढ्ने चार सय विद्यार्थीहरु पुल अभावमा स्कुल जान पाएका छौनन् ।

तत्काल कुनै पक्की पुल वनाउन सकिने अवस्था नभएपछि खोलामा काठ राखेर वारपार गर्ने व्यवस्था मिलाउन पनि तत्काल सम्भव नभएको उनले जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । खोलाको वहाव नघटेको र काठको अस्थायी लाप्को वारपार गर्ने काठ वनाउन सहज नभएका कारण हाल नलगाड नगरपालिकाका केहि वडाहरु र बारेकोट गाउँपालिकाका हजारौ जनतालाइ आवत जावतमा कठिनाइ भएको नलगाड नगरपालिकाका नगर नगर प्रमुख टेक बहादुर रावलले जानकारी दिए ।

प्रमुख रावलका अनुसार वाढीले पुल वगाउँदा त्रिभुवन माध्यमिक विद्यालय दल्ली, सुर्याेदय मावि कैना, जनता प्रावि पिपलचौर, जनकल्यान आधारभुत विद्यालय सेराखेत, जुनी वाल संरक्षण माध्यमिक विद्यालय सिर्के, त्रिभुवन प्राथमिक विद्यालय दल्ली, क्रियटीभ वोर्डिङ् स्कुल दल्लीका चार सय वढी विद्यार्थीहरु पढाइवाट वञ्चित भएका छन् । भिजनखबरको सहयोगमा 

प्रतिकृया दिनुहोस्

रौतहटमा रास्वपा उम्मेदवारको गाडीले ठक्कर दिँदा ४ वर्षीय बालिकाको मृत्यु

रौतहट, माघ २२ – रौतहटको इशनाथ नगरपालिकामा आज दुःखद घटना भएको छ। रास्वपा उम्मेदवारको प्रचार...

निर्वाचन अभियानमा फर्किए रवि लामिछाने, चितवनमा कार्यक्रम सुरु

चितवन, माघ २२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने चुनावी तयारीलाई निरन्तरता दिन...

निर्वाचनको निष्पक्षताबारे ओलीको चिन्ता, प्रधानमन्त्रीसँग सुरक्षा तयारीबारे छलफल

काठमाडौँ, माघ २२ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी फागुन २१ गते हुने...

आज २०८२ साल माघ २२ गतेको राशिफल

आज माघ २२, २०८२ ( फेब्रुअरी ५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

त्रिभुवनबाट उडेको टर्किस जहाजको इन्जिनमा आगो, कोलकातामा सुरक्षित अवतरण

काठमाडौं, २१ माघ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट इस्तानबुलका लागि उडेको टर्किस एयरलाइन्सको जहाज ‘टीएचवाई ७२७’...