News Portal

महरा काण्डपछि रोशनीका श्रीमानश्रीमती भए अलग

हिमाली संचार संवाददाता
८७२ पटक

१६ असोज २०७६ काठमाडौं : निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि बलत्कारको आरोप लगाउने संसद सचिवालयमा कार्यरत नर्स रोशनी शाहीको घरबार बिग्रिएको छ। उनका श्रीमान चित्रजंग शाहीले आफूहरु अलग्गिने निर्णय लिएको लिखित सहमतिपत्र फेसबुकमा सार्वजनिक गरेका छन्।

महराले कोठामै आएर आफूमाथि बलत्कार गरेको दाबी गरेकी रोशनीले भोलिपल्टै बोली फेरेकी थिइन्। उनले प्रहरीमा जाहेरी दिन र स्वास्थ्य परिक्षण गराउन समेत इन्कार गरेकी छन्। घटना हुँदा उपत्यका बाहिर रहेका चित्रजंगले काठमाडौं फर्केपछि श्रीमतीसँग अलग हुने निर्णयमा पुगेका हुन्।

उनले फेसबुकमा लेखेका छन्, “हामी २८ वर्षसम्म सँगसँगै दिन बितायौं र समयको गति सँगै अलग हुने निर्णयमा पुगेका छौं। धन्यवाद शुभचिन्तकहरुमा।”

उनले फेसबुकमा राखेको सम्झौता पत्रमा ‘सम्वन्धविच्छेद’ शब्द भने प्रयोग गरिएको छैन। आज (बिहिबार) कै मिति राखेर चित्रजंग र रोशनी दुवैले हस्ताक्षर गरेका पत्रमा लेखिएको छ, “प्रिय जनहरु, थुप्रै उतारचढावका बीच हाम्रा साथसाथ २८ वर्ष बिते। समयको गतिसँगै असन्तुष्टि र असहमति आउँदा रहेछन्। तथापि खुशी साथ अलग अलग बस्ने निर्णय गरेका छौं। कानूनी प्रक्रियाको निरन्तरताका साथ।”

पत्रमा असन्तुिष्टको कारण नखुलाइए पनि महरा प्रकरणकै कारण उनीहरु यो निर्णय पुगेको अनुमान छ। रोशनीको बयान एकाएक परिवर्तन हुनुको कारण श्रीमान नै भएको कतिपयको आकलन छ। यद्यपि, यसको औपचारिक पुष्टि हुन सकेको छैन। यही घटनापछि सभामुख महराले पनि आफ्नो पदबाट राजीनामा दिइसकेका छन्।

तर, रोशनीले सुरुवाती वयान परिवर्तन गरेकाले अनुसन्धानबारे अन्योल छ। महरा उक्त दिन ती महिलाको कोठामा गएको तथ्य संकलन गरिसकेको प्रहरीले थप अनुसन्धान अघि बढाएर सत्य–सतहमा ल्याउनुपर्ने मत यतिबेला प्रकट भइरहेका छन्।

प्रतिकृया दिनुहोस्

खाडी मुलुकमा अफवाह फैलाएको आरोपमा सात नेपाली पक्राउ

काठमाडौं, चैत ६ – सामाजिक सञ्जालमार्फत अफवाह फैलाएको आरोपमा खाडी मुलुकहरूमा सात नेपाली पक्राउ परेका...

गगन थापाको राजीनामा अस्वीकृत गर्न विश्वप्रकाशका ७ आधार

काठमाडौं, चैत ६ — नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सभापति गगन थापाले दिएको राजीनामा अस्वीकृत...

दूतावासको निर्णयमा नयाँ दल मौन : श्रमिक अधिकारप्रति प्रश्न -विजय खत्री

काठमाडौँ – कुवेतस्थित नेपाली दूतावासले सामाजिक सञ्जालमार्फत श्रमिकहरूले आफ्ना गुनाेसा राख्न पाउने अधिकार सीमित गर्ने...

आज २०८२ साल चैत ६ गतेको राशिफल

आज चैत ६, २०८२ ( मार्च २०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

अवैध बालुवा उत्खनन रोक्न सांसद आशिका तामाङको निर्देशन, धादिङका स्थानीय तहद्वारा कडा प्रतिवाद

काठमाडौं, -धादिङ क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य आशिका तामाङले जिल्लामा भइरहेको अवैध बालुवा...