News Portal

युएईमा हिमाल रेमिट दशैकप फुटबल खेल सम्पन्न

हिमाली संचार संवाददाता
६३४ पटक

आरपी ढुंगाना
२ अक्टोबर २०१९ युएई : विजया दशमीको अवसरमा युएईमा ‘हिमाल रेमिट दशैँ कप’ फुटबल प्रतियोगिता सम्पन्न भएको छ। २७ सेप्टेम्बर शुक्रबार सम्पन्न उक्त रोमाञ्चक फुटबल प्रतियोगिताको विजेता शुन्य गोलका विरुद्ध १ गोलले काष्ठमण्डपलाई पछि पार्दै एनएसएसजी कल्ब पहिलो ‘हिमाल रेमिट दशैँ कप’ उचाल्न सफल भएको छ।

विजेता टोलीले ५ हजार दिर्हम पुरस्कार राशि प्रदान गरिएको थियो। पोखरा ११ फूटबल क्लबको आयोजनामा संचालित यस प्रतियोगितामा यूएईभरका १७ टीम सहभागी थिए। गर्मी मौसमलाई ख्यालमा राख्दै प्रतियोगिता बिहीवार साँझ नै शुरू गरेर शुक्रवार बिहान सम्पन्न गरिएको थियो।

नियमित रेमिट गर्नेलाई त अनेक भाग्यशाली पुरस्कार तर खेलाडीलाई के नि ? निक्कै नै पेचिलो प्रश्न हो यो। आफू थाकेर पनि दर्शकमा जोशको संचार गराउने खेलाडीहरू वास्तविक प्रशंसाका हकदार हुन्।

यिनै निस्वार्थ खेलाडीको सम्मान स्वरूप हिमाल रेमिट दशैँ कप आयोजना गर्ने निधोमा आफू पुगेको हिमाल रेमिटका कमल पराजुलीले बताए।

रातभर चलेको प्रतियोगितामा खेलाडीहरूको जोश र कला हेर्न लायकको थियो। सिमित अभ्यासका बावजूद खेलमा तालमेल राम्रो देखिन्थ्यो।

घट्दो तापक्रमले साथ दिँदा हजारौँको संख्यामा दर्शक उपस्थिति भए र आफ्नो मनपर्दों टोलीलाई बाजागाजासहित समर्थन गरीरहे। प्रतियोगितामा दोस्रो हुने काष्ठमण्डपलाई ३ हजार दिर्हम। फेयर प्ले भने इनासले प्राप्त गर्यो।

विजेतालाई बधाई र सबै फूटबल टीमहरूलाई सहभागिताको लागि हार्दिक धन्यवाद दिएका थिए। हिमाल रेमिटले यस प्रतियोगितालाई भव्यताकासाथ सम्पन्न गर्न सहयोग गर्ने सम्पूर्ण ज्ञात/अज्ञात सहयोगीहरू प्रति हार्दिक आभार व्यक्त गरेको छ।

दर्शक बेगर कुनै पनि प्रतियोगिता खल्लो हुन्छ। आफ्नो निंद्रा माया मारेर हिमाल रेमिट दशैँ कपलाई एकरात दिनुहुने दर्शकहरू प्रति कृतज्ञ रहेको हिमाल रेमिट युएईका प्रमुख कमल पराजुलीले बताएका छन्।

प्रतिकृया दिनुहोस्

नेताहरूको नाम दुरुपयोग गर्दै रकम उठाउने अमेरिकी नागरिक पक्राउ

काठमाडौं, १९ माघ – नेपाली नेताहरूको नाम प्रयोग गरी अन्तर्राष्ट्रिय ‘फण्ड’ उठाउने प्रयासमा एक अमेरिकी नागरिक...

त्रिभुवन विमानस्थल भन्सारमा अख्तियारको छापा, घुससहित तीन कर्मचारी पक्राउ

काठमाडौं, १९ माघ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयमा छापा मार्दै तीन...

कानुन निर्माणमा ढिलाइ हुँदा असन्तुष्ट बनेर महावीर पुनले छाडे मन्त्री पद : प्रधानमन्त्री

काठमाडौं, १९ माघ – प्रधानमन्त्री सुशीला कार्कीले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले असन्तुष्टि जनाउँदै मन्त्री...

सुन र चाँदीको मूल्यमा निरन्तर गिरावट, आज पनि घट्यो भाउ

काठमाडौं, १९ माघ – नेपाली बजारमा सुन तथा चाँदीको मूल्य घट्ने क्रम सोमबार पनि जारी रहेको...

आज २०८२ साल माघ १९ गतेको राशिफल

आज माघ १९, २०८२ ( फेब्रुअरी २, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...