News Portal

  • समस्यामा संभावनाकाे खाेजी गर्दै जाजरकोटका प्रजिअ बस्नेत

    हिमाली संचार संवाददाता
    ११४२ पटक

    काठमाडौ – जाजरकोटका पहिरो पीडित टुहुरा बालक सुरेन्द्र परियारलाइ एस.अाे.एस.बालग्राम सुर्खेतले सहयोग गर्ने भएको छ।

    केही वर्ष अघि बाबुअामा गुमाएर टुहुरा भई अामा उही भएतापनि अर्कै बुवाबाट जन्मेकी दिदिकाे संरक्षणमा बस्दै अाएका ३ दाजुभाइ मध्ये ११ वर्षका दाजु र ५ वर्षका भाइ गत साउन २० गतेकाे पहिराेमा परी गुमाएपछि  थप वेसहारा भएका थिए।

    टुहुरा भएका ८ बर्षिय सुरेन्द्र परियारलाइ पालन पाेषण र शिक्षा दीक्षाकाे लागि एस.अाे.एस. लगायतका संस्थामा आश्रयका लागि जाजरकोट सिडिओ कार्यलयले सिफारिस गरेको थियोे ।

    पहिराे गएकाे भाेलिपल्टै बसेकाे जिल्ला विपद् व्यवस्थापन समितले निर्णय गरेकाेमा बुधबार एस.अाे.एस.बालग्राम सुर्खेतबाट उक्त संस्थाका डाइरेक्टर (फादर) मुकन्द कुमार गिरी र उक्त संस्थामा रहेका वीरेन्द्रनगर नगरपालिकाका वडाका वडाअध्यक्ष निलकण्ठ खनालबाट  पिडितले अाश्रय लिइरहेकाे स्थानमा पुगी एस.अाे.एस.बाट सहयाेग प्रक्रिया अघि बढाउने बचन दिएको हो।

    प्रजिअ ललित बहादुर बस्नेतको फेसबुकमा।

    जिल्लाकाे असहाय एवं टुहुरा बालबालिकाकाे संरक्षक एवं प्र.जि.अ.काे रूपमा भूमिका खेल्न  जाजरकोटका प्रमुख जिल्ला अधिकारी ललित बहादुर बस्नेतले आफू जाजरकोटमा प्रजिअको हैसियतले सहयोग गर्न पाउँदा खुशी व्यक्त गर्नु भएको छ।

    एस.अाे.एस. बालग्रामका फादर, वीरेन्द्रनगरका वडा अध्यक्ष तथा विपद व्यवस्थापन समितिकाे उक्त बैठकमै उपस्थित भइ मार्गदर्शन एवं सल्लाह सुझाव दिनुहुने मनानीय अान्तिरक मामिला एवं कानून मन्त्री नरेश भण्डारी, कर्णााली प्रदेश सभामा रहनु भएका जाजरकोट जिल्लाका माननीय गणेश सिंह, काैशिला खत्री, कृष्णा शाह लगायत प्रति हार्दिक अाभार प्रकट गर्दै निरन्तर सहयाेगकाे अपेक्षा गर्दछु प्रजिअ बस्नेतले आफ्नो सामाजिक संजालमा खुशी व्यक्त गर्नु भएको छ। साथै अर्का बालकलाई समाज कल्याणले जिम्मा लिने प्राप्त समाचारमा जनाईएकाे छ ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    ‘पहिला देश’ अभियान अन्तर्गत माइतीघरमा प्रदर्शन र प्रहरी हस्तक्षेप

    काठमाडौं, कार्तिक १६ – डा. निकोलस भुसालले आह्वान गरेको प्रदर्शनमा सहभागी केही प्रदर्शनकारीहरुलाई प्रहरीले पक्राउ...

    धादिङ: पशुपतिनाथ–शन्तानेश्वर मन्दिर ठोट्ने पानी निर्माणको सहयोगी दाताहरु

    गंङ्गा–जमुना, धादिङ– श्री पशुपतिनाथ तथा शन्तानेश्वर महादेव मन्दिर परिसरमा “ठोट्ने पानी” निर्माण कार्यका लागि विभिन्न...

    नेपाल खेलकुद महासंघ समाजवादीद्वारा वाम एकता निर्णयप्रति स्वागत

    काठमाडौं, — नेपाल खेलकुद महासंघ समाजवादीले नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को तेस्रो पूर्ण बैठकले गरेको...

    स्थानीयको माग पूरा गर्ने आश्वासनपछि बञ्चरेडाँडामा फोहोर फाल्न अनुमति

    काठमाडौं, कार्तिक १६ – नुवाकोट र धादिङको सिमानामा पर्ने बञ्चरेडाँडा फोहोर व्यवस्थापन स्थलमा स्थानीय बासिन्दाले...

    नेकपा एसमा विभाजनको संकेत, झलनाथ–घनश्याम समूहभित्रै एमाले फर्किने र नयाँ पार्टी बनाउने मतभेद

    काठमाडौं, कार्तिक १६ — नेकपा (एकीकृत समाजवादी) पार्टीमा झलनाथ खनाल र घनश्याम भुसाल नजिकका नेताबीच...