News Portal

जनसम्पर्क समिति कुवेतको तेस्रो अधिवेशन तथा आठौं वार्षिकोत्सबको तयारी पुरा

हिमाली संचार डटकम
७८४ पटक
कमल सिंह ठकुरी

कुवेत, २४ सेप्टेम्बर २०१९ : नेपाली कांग्रेसको वैदेशिक भातृ संगठन नेपाली जनसम्पर्क समिति कुवेतको तेस्रो अधिवेशन तथा आठौं वार्षिकोत्सबको तयारी पूरा भएको समितिका कोषाध्यक्ष तथा उक्त कार्यक्रमका संयोजक ईन्द्र पौडेल “कृष्ण”ले जानकारी दिएका छन।

कांग्रेस केन्द्रीय कार्यालयको निर्देशनानुसार जनसम्पर्क समिति कुवेतले पनि आफ्नो तेश्रो अधिवेशन तथा आठौं वार्षिकोत्सब गर्न लागेको बताइएको छ।

नेपाली कांग्रेसका केन्द्रिय महामन्त्री तथा पुर्बगृहमन्त्री पुर्ण बहादुर खडकाको प्रमुख आतिथ्यमा कुवेतको फर्वानियास्थित सेफ नौसाद होटेलमा सो कार्यक्रमको आयोजना गरिएको छ।

पुर्वस्वास्थमन्त्री समेत रहनु भएका कांग्रेस केन्द्रिय सदस्य गगन कुमार थापा समेत कुवेत आउने कुरा थियोे र त्यहीअनुसार हामीले कुवेतबासीलाई जानकारी गराएका थियौं तर पार्टीले देशैभरी चलाएको जागरण अभियानको कारणले केन्द्रबाट एक जना मात्रै प्रतिनिधि पठाउने जानकारी प्राप्त गरेका छौ समितिका सभापति कल्याण कुमार श्रेष्ठले हिमालीसंचारसंगको कुराकानीमा भन्नुभयो।

साथै जनसम्पर्क समिती कुवेतको निमन्त्रणालाई सहर्ष स्वीकार्दै बिशेष अतिथीको रुपमा साउदी अरबबाट राजु सायद आउनेछन भने कतारबाट नरेन्द्र भाट र युएईबाट मनाेज गोर्खाली आउने समितिले जानकारी दिएको छ।

कुवेतमा कार्यरत सम्पुर्ण नेपाली कांग्रेसप्रति आस्था राख्ने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरु लगायत कुवेतमा कृयाशिल सम्पुर्ण संघसंस्थाका प्रमुख/प्रतिनिधि, बुद्धिजीवी, समाजसेवी, व्यवसायी, पत्रकार, खेलाडी र कलाकारहरुलाई अधिवेशनमा उपस्थितिका लागि समितिले अनुरोध गरेको छ।

       तपशिल :

समय : ठिक ११ बजे
मिति : २७ सेक्टेम्बर २०१९
स्थान : सेफ नौसाद होटेल फर्वानिया
आयोजक : नेपाली जनसम्पर्क समिति कुवेत।

प्रतिकृया दिनुहोस्

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...

खेतभरि मकै, किसानको अनुहारमा चिन्ता

रबिन्द्र बराल- मोरङका सीमावर्ती क्षेत्रका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। रङ्गेली,...

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...

वैदेशिक रोजगारी कि मानव बेचबिखन? शर्मिला दर्जी प्रकरणले राज्य संयन्त्रको कमजोरी उजागर

काठमाडौं – कुवेतमा नेपाली महिला शर्मिला दर्जी मानव तस्करीको सञ्जालमा परेको आशंकासँगै उनको उद्धार र...