News Portal

जनसम्पर्क समितिको निमन्त्रणामा कांग्रेस महामन्त्री खड्का र गगन थापा कुवेत आउदै

हिमाली संचार डटकम
२२९७ पटक
हरि बहादुर बानियाँ

कुवेत, १० सेप्टेम्बर २०१९ : नेपाली कांग्रेसको वैदेशिक भातृ संगठन नेपाली जनसम्पर्क समिति कुवेत शाखाले तेस्रो अधिवेशन गर्ने भएको छ।

आउदो सेप्टेम्बर २७ तारिख २०१९ का दिन कुवेतको फर्वानियाकाे सेफ नौसाद होटेलमा समितिको तेस्रो अधिवेशन गर्न लागेको समितिका कोषाध्यक्ष इन्द्र पौडेल “कृष्ण”ले हिमालीसंचारलाई जानकारी दिए।

कांग्रेस केन्द्रीय कार्यालयको निर्देशन अनुसार जनसम्पर्क समिति कुवेतले आफ्नो तेश्रो अधिवेशन गर्न लागेको हो।

अधिवेशनको लागि कांग्रेस महामन्त्री एवम् पूर्वगृहमन्त्री पूर्णबहादुर खड्काको प्रमुख आतिथ्यता र सांसद तथा कांग्रेस केन्द्रीय सदस्य एवम् पूर्वस्वास्थ्यमन्त्री गगन कुमार थापाको विशेष उपस्थितिमा समितिले आफ्नो अधिवेशन गर्न लागेको समितिका सभापति कल्याण कुमार श्रेष्ठले बताए।

जनसम्पर्क समिती कुवेतको निमन्त्रणालाई स्वीकार्दै अतिथीको रुपमा साउदी अरबबाट राजु सायद कतारबाट नरेन्द्र भाट युएईबाट मनाेज गोर्खालीको उपस्थित रहने समितिले जानकारी दिएको छ।

कुवेतलाई कर्मथलो बनाउँदै आउनुभएका नेपाली कांग्रेसप्रति आस्था राख्ने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई अधिवेशनमा उपस्थितिका लागि नेपाली जनसम्पर्क समिति कुवेतले अनुरोध गरेको छ।

साथै उक्त दिन कुवेतमा रहेका क्रियाशिल संघसंस्थाहरुले कार्यक्रम नजुदाई दिनुहुन समितिले आग्रह समेत गरेको छ।

कार्यक्रम हुने :

मिति : २७ सेक्टेम्बर २०१९
समय : ठिक ११ बजे
स्थान : सेफ नौसाद होटेल फर्वानिया
आयोजक : नेपाली जनसम्पर्क समिति कुवेत।

प्रतिकृया दिनुहोस्

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...

खेतभरि मकै, किसानको अनुहारमा चिन्ता

रबिन्द्र बराल- मोरङका सीमावर्ती क्षेत्रका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। रङ्गेली,...

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...

वैदेशिक रोजगारी कि मानव बेचबिखन? शर्मिला दर्जी प्रकरणले राज्य संयन्त्रको कमजोरी उजागर

काठमाडौं – कुवेतमा नेपाली महिला शर्मिला दर्जी मानव तस्करीको सञ्जालमा परेको आशंकासँगै उनको उद्धार र...