News Portal

घरमा श्रीमती हुदाहुदै कान्छी लिएर भाग्ने नरेन्द्र प्रहरीको फन्दामा

हिमाली संचार संवाददाता
६०९५ पटक

प्रविन शाही,दैलेख
श्रावण २९ दुल्लु – जिल्लाको ठाटीकाँध गाउँपालिका ३ सुईयाका पदम बडुवालका छोरा नरेन्द्र सीजापतीले बहुविवाह गर्न खोज्दा प्रहरीको फन्दामा परेका छन् । घरमा श्रीमती र २ बर्षको छोरा हुँदा हुँदै ओखलढुंगा जिल्लाको संगीता कार्कीलाई लिएर भारत तर्फ भाग्दै गर्दा बाँके प्रहरीले उनिहरुलाई नियन्त्रणमा लिएको हो ।

ठाटीकाँध गाउँपालिका १ का ठाटीकाँध गाउँपालिका १ अध्यक्ष नर्तम बुढाकी छोरी धना बुढालाई करीब २ बर्ष अघि विहे गरेका नरेन्द्रले दोस्रो श्रीमती भित्र्र्याउन लाग्दा प्रहरीको फन्दामा परेका हुन् । श्रीमानको दुःख दिएका कारण धना माईतीमा आएर बसेको र अशह्य भएपछि प्रहरी चौकी ठाटीकाँधमा निवेदन दर्ता गरेको धनाले बताइन् । अहिले नरेन्द्रलाई बाँके प्रहरीको नियन्त्रणमा र केटीलाई माईती नेपाल बाँकेमा राखेको ठाटीकाँध गाउँपालिका १ का अध्यक्ष नर्तम बुढाले बताए ।

श्रीमान करिब ४ दिन अघि देखी देखी सम्पर्कमा नभएको बताउदै धनाले भनिन “यस्तो होला भनेर कहिल्यै सोचेको थिइन्, जिवनमा यस्तो होला भनेर सोचेकै थिइन, तर आज आएर यस्तो हालत भोग्नु पर्र्यो ।” पिडित धनाले आफुलाई दुःख दिने श्रीमानलाई कानुनी कार्वाहीको माग गरेकी छिन् ।

२ बर्षिया छोराको साथमा धना बुढा

प्रतिकृया दिनुहोस्

कुवेतमा तमू ल्होसार भव्य रूपमा सम्पन्न, सर्प वर्गको विदाई गर्दै घोडा वर्गको स्वागत

कुवेत– तमू समुदायको महान पर्व तमू ल्होसार कुवेतमा भव्य रूपमा मनाइएको छ। जनवरी ९ तारिखका...

आज २०८२ साल पुष २६ गतेको राशिफल

आज पुष २६, २०८२ (जनवरी १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पोखरा वडा ३३ का वडाध्यक्ष प्रहरी नियन्त्रणमा

पोखरा, २५ पुष – पोखरा महानगरपालिका वडा नं. ३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीलाई स्थानीयसँग विवाद...

माधे सङग्रान्तिका लागि चिउरा कुटाउने हरुकाे घुईचाे 

रबिन्द्र बराल/मोरङ, पुष २५ – मोरङको रंगेली नगरपालिका आसपासका क्षेत्रमा अहिले चिउरा कुट्ने भिड भ्याई...

रत्नेचौरको तोरीबारीमा इन्द्रेणीको लाइभ सांगीतिक कार्यक्रम हुने

म्याग्दी, पुष २५ – बेनी नगरपालिका–१ स्थित रत्नेचौरको चर्चित तोरीबारीमा यही माघ १६ गते लोकप्रिय...