News Portal

एक महिने छोरी च्यापेर तरकारी बिक्री गर्न दैनिक सल्लिबजार पुग्छिन भावना !

हिमाली संचार संवाददाता
१०७५ पटक

इन्द्र बुढाथोकी
२०७६ भदौ २८, सल्यान : बन्गाड कुपिण्डे नगरपालिका वडा न ११ आपचौरकी २८ वर्षिया भावना थापा दैनिक तरकारी बेच्न बजार धाउने गर्छिन। कम्मरमा एक डोको तरकारी छातीमा एक महिनाको छोरी च्यापेर थापा सधै ३ घण्टाको दुरी पारगरी सल्लीबजारमा पुगी तरकारी बिक्री गर्ने गर्दछिन्।

आम्दानीको अर्को स्रोत नभएको र बालबालिका हेर्ने अर्को मान्छे नहुँदा थापाले दिनहुँ छोरीलाई च्यापेर बजार धाउने गरेकी हुन। उनले भनिन ‘के गर्नु घरमा छोराछोरी हेर्ने अर्को मान्छे छैन तरकारी बिक्री नगरी साँझ बिहानको चुली बल्दैन।’

घरमा आफु एक्लै भएको र श्रीमान ६ महिना पहिले मात्रै रोजगारीका लागि विदेश गएको भाइहरु छुटिएका कारण रहर भन्दा बाध्यताले छोरीलाई च्यापेर बजार धाउनु परी रहेको उनले बताइन। तरकारी खेतीले आफ्नो गुजारा चलिरहेको बताउदै उनले बजारको भने साह्रै समस्या भएको बताइन।

ढोरपिपलमा निमार्ण गरेको कृषि संकलन केन्द्र पनि दुई तीन महिना पछि बन्द भैहाल्यो उनले भनिन ‘संकलन केन्द्र सञ्चालन भई दिएको भएपनि घरघर धाउनु पर्ने थिएन।’ छोराछोरीको पढाई खर्च र घर खर्च चलाउन तरकारी खेतीले जसोतसो पुगिरहे पनि बजारीकरणको साह्रै समस्या रहेको थापाको भनाई छ।

दैनिक गुजारा चलाउन नै ढोरपिपल, रैकर, बालुवासंग्रही, सल्लीबजार लगायतका बजारमा धाउनु परिरहेको उनले बताइन।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ११ गतेको राशिफल

आज पुष ११, २०८२ (डिसेम्बर २६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

घण्टी बजाउने कि लौरो टेक्ने? रविको रहस्यमय जवाफ

काठमाडौं, पुष १० – रास्वपा सभापति रवि लामिछाने काठमाडौंका मेयर बालेन शाहसँग भएको वार्तापछि ललितपुरको...

काठमाडौंको नयाँ बसपार्कबाट ७१ बिचौलिया पक्राउ

काठमाडौं, १० पुस – यात्रुलाई अनावश्यक रूपमा असुविधा पुर्याउने ७१ बिचौलियालाई प्रहरीले काठमाडौंको नयाँ बसपार्क...

सहमति खोज्दै रवि–बालेन, जेनजी अभियन्ता सुदन गुरुङले लगाए गेटमा ताला

काठमाडौँ, पुष १० – फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति...

बालेन शाहको नयाँ पार्टी तयारी तीव्र, ‘लौरो’ चिह्नतर्फ संकेत

काठमाडौँ –  मेयर बालेन शाहले नयाँ राजनीतिक पार्टीमार्फत अघि बढ्ने तयारी तीव्र पारेका छन्। यस...