News Portal

प्रदेश पाँचमा डेंगु रोग नियन्त्रण भित्र

हिमाली संचार संवाददाता
५८५ पटक

बुटवल– प्रदेश नम्बर ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले पछिल्लो समयमा देशमा देखिएको डेगुं रोग प्रदेश पाँचमा नियन्त्रण भित्र रहेको दाबी गर्दै उपचारमा कुनै समस्या नभएको बताएका छन् ।

नेपाल नेत्रज्योती संघ ५ नम्बर प्रदेशको प्रथम अधिवेशनको गुल्मीमा मंगलबार उद्घाटन गर्दै मन्त्री बरालले यस्तो बताएका हुन् । प्रदेश भित्रका प्रत्येक नागरिकका लागि स्वास्थ्य उपचारमा रकम अभावले उपचार हुन सकेन भन्ने अवस्थाको अन्त्य गर्ने गरी प्रदेश सरकार लागि परेको समेत उनको दाबी थियो ।

डेँगु रोगलाई माहामारीको अवस्थामा फैलिन नदिनका लागि प्रदेश सरकार सचेत रहेको समेत उनले बताए । उपचारका लागि प्रदेश सरकार सक्षम रहेको दाबी गर्दै सजगता अपनाउन भने उनले नागरिकलाई आग्रह गरे।

५ नं प्रदेश भित्र करिब ३० हजार नागरिकहरु दृष्टिबिहिन रहेको र उनीहरुको उपचारका लागि प्रदेश सरकारले ६० प्रतिशत, स्थानीय सरकारले २० प्रतिशत र २० प्रतिशत नेपाल नेत्रज्योती संघको सहयोगमा शल्यक्रिया गर्ने गरी योजना बनाएको उनले जानकारी दिए ।

सरकारले प्रादेशिक अस्पताललाई पहिलो तहको एम्बुलेन्स राख्ने व्यवस्था गरेको भन्दै अकालमै ज्यान जाने अवस्थाको अन्त्य भएको मन्त्री बरालले बताए ।

प्रतिकृया दिनुहोस्

बालेन शाहको नयाँ पार्टी तयारी तीव्र, ‘लौरो’ चिह्नतर्फ संकेत

काठमाडौँ –  मेयर बालेन शाहले नयाँ राजनीतिक पार्टीमार्फत अघि बढ्ने तयारी तीव्र पारेका छन्। यस...

आज २०८२ साल पुष १० गतेको राशिफल

आज पुष १०, २०८२ (डिसेम्बर २५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

चार आदर्श अभिभावक सम्मानित

राम प्रसाद ढुंगेल/ झापा, पुष ९ – स्व. श्यामदेव ढुंगेल स्मृति प्रतिष्ठानले झापामा चार जना...

ज्ञानेन्द्र शाहीलाई ६ निर्वाचन क्षेत्रमा उम्मेदवारको सिफारिस

काठमाडौँ, ९ पुष – आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि राप्रपाले आफ्ना...

पोखरा विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई प्रतिबन्ध

पोखरा, पुष ९ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गरेको आरोपमा ५ जना ट्याक्सी...