News Portal

प्रदेश पाँचमा डेंगु रोग नियन्त्रण भित्र

हिमाली संचार संवाददाता
६६१ पटक

बुटवल– प्रदेश नम्बर ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले पछिल्लो समयमा देशमा देखिएको डेगुं रोग प्रदेश पाँचमा नियन्त्रण भित्र रहेको दाबी गर्दै उपचारमा कुनै समस्या नभएको बताएका छन् ।

नेपाल नेत्रज्योती संघ ५ नम्बर प्रदेशको प्रथम अधिवेशनको गुल्मीमा मंगलबार उद्घाटन गर्दै मन्त्री बरालले यस्तो बताएका हुन् । प्रदेश भित्रका प्रत्येक नागरिकका लागि स्वास्थ्य उपचारमा रकम अभावले उपचार हुन सकेन भन्ने अवस्थाको अन्त्य गर्ने गरी प्रदेश सरकार लागि परेको समेत उनको दाबी थियो ।

डेँगु रोगलाई माहामारीको अवस्थामा फैलिन नदिनका लागि प्रदेश सरकार सचेत रहेको समेत उनले बताए । उपचारका लागि प्रदेश सरकार सक्षम रहेको दाबी गर्दै सजगता अपनाउन भने उनले नागरिकलाई आग्रह गरे।

५ नं प्रदेश भित्र करिब ३० हजार नागरिकहरु दृष्टिबिहिन रहेको र उनीहरुको उपचारका लागि प्रदेश सरकारले ६० प्रतिशत, स्थानीय सरकारले २० प्रतिशत र २० प्रतिशत नेपाल नेत्रज्योती संघको सहयोगमा शल्यक्रिया गर्ने गरी योजना बनाएको उनले जानकारी दिए ।

सरकारले प्रादेशिक अस्पताललाई पहिलो तहको एम्बुलेन्स राख्ने व्यवस्था गरेको भन्दै अकालमै ज्यान जाने अवस्थाको अन्त्य भएको मन्त्री बरालले बताए ।

प्रतिकृया दिनुहोस्

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...

बालेन सरकारका मन्त्रीको नाम टुंगो लाग्यो, को-को मन्त्री बन्दैछन्?

काठमाडौं– रास्वपा वरिष्ठ नेता बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदैछन्। प्रधानमन्त्रीको शपथ लिएसँगै बालेनले आजै...

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सामान्य कथाकाे असामान्य प्रस्तुति उपन्यास ‘राइपाली भन्ज्याङ’

काठमाडौँ – नेपाली साहित्यमा सामाजिक यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गर्ने उपन्यासहरूको सूचीमा लेखक को कृति...