News Portal

उद्योग वाणिज्य संघ दमकमा लोकतान्त्रिक प्यानल जितको नजीक

हिमाली संचार संवाददाता
९३५ पटक

झापा, २२ भदौ : प्रधानमन्त्री केपी ओलीलाई गृहनगरमै झड्का लागेको छ। आफ्नो गृहनगर दमकको उद्योग वाणिज्य संघमा प्रधानमन्त्री ओलीलाई झड्का लागेको हो। उद्योग वाणिज्य संघमा कांग्रेस निकट र नेकपा निकट गरि दुई समुहमा वाँडिएर निर्वाचन भएको थियो।

संघीय संसददेखि स्थानिय तहसम्म नेकपाले वर्चस्व जमाएको ठाउँ दमकमा उद्योग वाणिज्य संघ दमकमा कांग्रेस निकटहरुको जीतले प्रधानमन्त्री ओली तथा उनको दल नेकपाको लोकप्रियतालाई पनि मापन गरेको स्थानियहरुले बताएका छन्।

दमक उद्योग वाणिज्य संघको निर्वाचनको जारी मतगणनामा कांग्रेस निकटहरुले नेतृत्व गरेको संयुक्त लोकतान्त्रिक व्यवसायी समूहबाट अध्यक्षका उम्मेदवार गोकुल श्रेष्ठ जितको नजिक पुगेका छन्।

खसेको कुल २३६० मत मध्ये बाकी २६० मतको परिमाण नआउदै श्रेष्ठले कायम राखेको अग्रताले उनी जितको नजिक पुगेका हुन्। श्रेष्ठको अग्रता ४३८ रहेकाले प्राविधिक रुपमा घोषणा गर्न मात्र बाकी रहेको वतार्ईएको छ।

जारी २१ सय गणनामा श्रेष्ठले आफना प्रतिद्धन्दी नेकपा निकट प्रगतिशिल समूहका विमल खतिवडालाई ४३८ मतको अन्तरले अग्रता कायम राखेका हुन्।

श्रेष्ठले १२५५ ल्याएका छन् भने खतिवडाले ८१७ मत ल्याएर पछ्याईरहेका छन्। प्रगतिशीलले पदाधिकारीको वरिष्ठ उपाध्यक्षमा भने आफनो अग्रता कायम राखेको छ।

निर्वाचन समितिका अनुसार वरिष्ठ उपाध्यक्षमा प्रगतिशिल तर्फका उम्मेदवार गोपाल गुरागाईले ११३१, लोकतान्त्रिकका सुरज आचार्य ९०५, प्रथम उपाध्यक्षमा लोकतान्त्रिकका राजु खड्काले १०७६, प्रगतिशिलका युवराज घिमीरेले ९५१, द्धितीय उपाध्यक्षमा लोकतान्त्रिकका राजकुमार योङ्गयाले ९००, प्रगतिशिलका घनश्याम खनालले ८१५, स्वतन्त्र टिका प्रसाईले ३०८ मत प्राप्त गरेका छन्।

यस्तै तृतीय उपाध्यक्षमा लोकतान्त्रिककी रमा लिम्बुले १०७० र प्रगतिशिलका ज्ञानु पौडेलले ९४५ मत प्राप्त गरेको निर्वाचन समितिका सदस्य कृष्ण कार्कीले जनाएका छन्।

वस्तुगत २२०० मत गणना गर्दा गायत्री पौडेल १२०५, दिनेश सुबेदी ११११, तिलबहादुर डाँगी ९तिलक० ७२०, तोयानाथ अधिकारी ९राजेश० १०८६, दिनेशप्रसाद सुवेदी ११११,प्रकाश नेपाल ८३२, भेनस श्रेष्ठ १०७४, मोहन ढकाल १२२३, राधाकृष्ण आचार्य ८२२, रिङ्गकुमार आचार्य १०७८ र रुवल अधिकारीले ११०९ मत पाएका छन्।

प्रतिकृया दिनुहोस्

रास्वपाको ‘स्वरोजगार’ नारा खाेई? अब विदेश पठाउने नीति र अनलाइन तालिमले १५३ संस्था संकटमा

काठमाडौं, १८ चैत — सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइँदै आएको पूर्वप्रस्थान अभिमुखीकरण तालिम (पीडीओटी)...

नागरिकमैत्री र पारदर्शी सेवा दिन प्रहरीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं, चैत १८ — गृहमन्त्री सुधन गुरुङले प्रहरी संगठनलाई नागरिकप्रति उत्तरदायी, स्वच्छ र पारदर्शी सेवा...

वैदेशिक रोजगारी जाने श्रमिकलाई अब सरकारकै अनलाइन अभिमुखीकरण

काठमाडौं, चैत १८ — वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने पूर्वप्रस्थान अभिमुखीकरण तालिम अब सरकारले आफैं...

६९औँ राष्ट्रिय सहकारी दिवसमा सद्भाव सहकारीद्वारा रक्तदान कार्यक्रम, २६ जनाले गरे रक्तदान

रविन्द्र बराल-“रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ सद्भाव बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम...

सुनवर्षीको खिखिडागी सडकमा गुणस्तरहीन निर्माणको आरोप, स्थानीय आक्रोशित

रविन्द्र बराल- मोरङको सुनवर्षी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोक क्षेत्रमा निर्माण...