News Portal

यिनै हुन विवाह भएको ३ महिनामै श्रीमतीको हत्या गर्ने श्रीमान

६६७ पटक

बारा : देवताल गाउपालिका–६, रौवाहीमा आइतबार राति एक व्यक्तिले श्रीमतीको हत्या गरेका छन् ।

स्थानीय २२ वर्षीय अनिल प्रजापतिले १९ वर्षीया ममता देवी पण्डितको घाँटी थिचेर हत्या गरेको जिल्ला जिल्ला प्रहरी कार्यालय बाराले जानकारी गराएको छ ।

सामान्य विवादको कारण प्रजापतिले श्रीमतीको आफलेै हत्या गरेको स्वीकारेका छन् । घटनाको भित्री रहस्य खुल्न नसकेको प्रहरीले जनाएको छ । घटनाको जानकारी भएपश्चात आइतबार राती बाराका प्रहरी उपरीक्षक मिरा चौधरी, प्रहरी नायव उपरीक्षक रंन्जित सिंह राठौर, तेलकुवा प्रहरी चौकीका सहायक निरीक्षक धनपति गुरागार्इँ लगायतको सुरक्षा टोली घटनास्थलमा पुगी सोधपुछ गरेको थियो ।

सुरक्षा निकायको सोधपुछको क्रममा परिवारजनले अज्ञात समूहबाट बुहारीको हत्या भएको जानकारी गराएका थिए । परिवार पक्षले अज्ञात समूहबाट हत्या प्रयासको क्रममा प्रजापतिलाई समेत घाइते बनाएको दावी गरेको थिए ।

घाइते भएका प्रजापतिलाई राती नै कलैया अस्पतालमा उपचार गराई प्रहरीले नियन्त्रणमा लिई बयानको क्रममा उनले आत्मसमर्पण गरेको प्रहरीको दावी रहेको छ । श्रीमतीको हत्यामा संलग्न प्रजापतिलाई तेलकुवा प्रहरी चौकीको सहकार्य गरी नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालयमा राखी अनुसन्धान भइरहेको तथा मृतकको शव पोष्टमार्टमको लागि कलैया अस्पतालको शव गृहमा राखिएको प्रवक्ता राठौरले बताउनुभएको छ ।

रौतहटको चन्द्रपुर नगरपालिका–१०, बस्ने ममता देवी पण्डितको विवाह गएको वैशाख २८ गते अनिल प्रजापतिसँग समाजिक परम्परा अनुसार भएको थियो । उज्यालोबाट

प्रतिकृया दिनुहोस्

सरस्वती आधारभूत विद्यालयको ४७ औँ वार्षिकोत्सव सम्पन्न स्पेलिङ प्रतियोगिता आकर्षण

धादिङ– गंगाजमुना गाउँपालिका–५ मजुवास्थित सरस्वती आधारभूत विद्यालयको ४७ औँ वार्षिक उत्सव तथा अभिभावक दिवस भव्य...

आज २०८२ साल फागुन २ गतेको राशिफल

आज फागुन २, २०८२ ( फेब्रुअरी १४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रवि लामिछानेको चेतावनी: गलत नेतृत्वले देशलाई फेरि पीडा दिलाउन सक्छ

गुल्मी, १ फागुन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले चेतावनी दिएका छन्...

आज २०८२ साल फागुन १ गतेको राशिफल

आज फागुन १, २०८२ ( फेब्रुअरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सांसदका तीखा प्रश्नमा नयाँ पुस्ताका मन्त्री अलमल

काठमाडौँ, २९ माघ – प्रतिनिधिसभाको पछिल्लो बैठकमा सांसदले उठाएका प्रश्नको जवाफ दिने क्रममा एक मन्त्री...