News Portal

  • प्रधानमन्त्री ओली उपचारका लागि पुन: गए सिंगापुर

    हिमाली संचार संवाददाता
    ४६७ पटक

    काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओली सिंगापुरबाट फर्केको डेढ सातापछि पुन: बिहीबार उपचारका लागि सिंगापुर गएका छन् । उनले आफ्नो स्वास्थ्यमा धेरै समस्या नरहेको बताएपनि एक महिनामा दोस्रोपटक उनी उपचारकै लागि सिंगापुर गएका हुन् । उनी भाद्र २० गते फर्किने बताइएको छ ।

    १२ वर्षअघि मिर्गौला प्रत्यारोपण गराएका ओली गत साउन १८ मा सिंगापुर गएर २७ गते फर्केका थिए। त्यहाँ रहँदा उनले प्रयोग गरिरहेको औषधिको मात्राहरु परिवर्तन गरिएको र त्यसमा थप फलोअप गर्नका लागि सिंगापुर गएको जानकारी दिइएको छ।

    प्रधानमन्त्री ओलीले मंगलबार सर्वदलीय बैठकमा अन्य दलका शीर्ष नेताहरूलाई एउटा औषधिको डोज थप्नु वा मिलाउनुपर्ने भएकाले जान लागेको ब्रिफिङ गरेका थिए।

    उनले बुधबार आयोजित कार्यक्रममा संविधान दिवसअगाडि नै आउने भनेका थिए । उनी भाद्र २० गते नेपाल फर्कने कार्यक्रम रहेको जानकारी दिइएको छ ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    जेनजी प्रदर्शनमा प्रहरीले प्रयोग गर्यो ६५ सय भन्दा बढी गोली र ८ हजार सेल अश्रुग्याँस

    काठमाडौँ, असोज १२ – भदौ २३–२४ मा भएको जेनजी प्रदर्शन नियन्त्रणका क्रममा प्रहरीले ठूलो संख्यामा...

    पूर्वराजा ज्ञानेन्द्रले यसपालि टीका नलगाइदिने

    काठमाडौं, असोज १२ – राष्ट्र शोक र विध्वंशको अवस्थामै रहेको भन्दै पूर्वराजा ज्ञानेन्द्र शाहले यस...

    रास्वपा नेतृ तोसिमा कार्कीको संस्थापनलाई कडा चुनौती

    काठमाडौं, असोज १२ – रास्वपा नेतृ तथा पूर्वराज्यमन्त्री डा. तोसिमा कार्कीले पार्टीभित्रको संस्थापन पक्षलाई कडा...

    आज २०८२ साल असोज १२ गतेको राशिफल

    आज असोज १२, २०८२ (सेप्टेम्बर २८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    आज २०८२ साल असोज ११ गतेको राशिफल

    आज असोज ११, २०८२ (सेप्टेम्बर २७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...