News Portal

काम गरेर पनि गुमनाम रहेको नाम र घटना !

हिमाली संचार संवाददाता
९३८ पटक

विराटनगर, २९ साउन : विराटनगरस्थित कोशी अस्पतालमा १५ दिनअघि आएका एक बेवारिसे युवा जसको देब्रे खुट्टामा घाउ पुरै गन्हाउने थियो र खुट्टा नै कुहिसकेको थियो। अस्पताल परिसरमै उक्त युवा १५ दिनदेखी सहयोगको गुहार गरेपनी कोहि सहयोगकोलागी पुगेको थिएन। तर एका बिहानै बिराटनगरका पत्रकार एवम सामाजिक अभियन्ता बीरेन्द्रकुमार साह र समाजिक अभियन्ता सरोज कोईराला अस्पताल परिसरमा पुगे।

उनिहरुले पुगेर फोटो मात्र खिचेनन उक्त युवाको उपचार गराउनु पर्छ भन्दै विभिन्न ब्यक्ति र सस्थालाई फोन घुमाउन थाले। बिराटनगर कै सामजसेबी अभा अनुपमाले बिरामिलाई उपचार गराउन आफ्नो पनि सहयोग रहने बताए।

बिहान अस्पताल परिसरमा उक्त बिरामी युवालाई बीरेन्द्र र सरोजले खानेकुराहरु ल्याएर दिए र तपाईको उपचार जसरी नि हामी गराउछौ भनेर आस्वासन दिए।
यतिकैमा बिराटनगर महानगरपालिकाका प्रशासकिय अधिकृत एकदेब अधिकारी आए र जसरी नि यी बेबारिसे बिरामिको उपचार हुनुपर्ने र बिरामिको आफुले जिम्म लिने भने ।

बीरेन्द्र र सरोज तेहि थिए। उता माईनिटिग भईरहेको थियो यता बीरेन्द्र र सरोजले बिरामिको फर्म आफैले भरिदिए र सहि छाप लगाउन लगाए बिरामिको शरीर पुरै गनाउने भएको थियो घाउ सडेर तेस्को पर्वाहा नगरी बीरेन्द्र र सरोज र मृत्युनजय झाले बोकेर बेडसम्म बिरामिलाई पुर्याए पछि समाजसेबी अभा अनुपमा युवा अभियन्ता बिनोद चाहार बीरेन्द्र सरोजले मिलेर घाउ सफा गतिदिए अस्पतालको एक कर्मचारिको सहयोगमा र सफा कपडा पनि लगाईदिए।

केही बोल्न नसक्ने युवाले सर्सफाईपछि खानेकुरा खाए र खुशी हुँदै भने तपाईहरुलाई धन्यवाद अब म बाच्छु है?

युवाले आफ्नो घर ओखलढुंगा र नाम शंकर मगर बताईरहेको छ। मगर १५ दिन अघिदेखि अस्पतालको आकस्मिक कक्ष अगाडी वेवारिसे अवस्थामा थिए। भारतको हरियाणाबाट फर्कने क्रममा आफूलाई चोट लागेको बताउने वेवारिसे व्यक्तिले भारतमा रहँदा कुल्लीको काम गरेको बताएका थिए ।

कोशी अस्पतालका अर्थाेपेडिक सर्जन डाक्टर यज्ञराज खरेलका अनुसार विरामीको खुट्टा काटेर फाल्नु पर्ने अवस्था रहेको बताए।

बिरेन्द्रकुमार साहले यस अघि २ जना क्यानसर पिडित र थुप्रै बिरामिलाई सफल उपचार गराईसकेका छन् भने सरोज एक समाजिक अभियन्ताको रुपमा बिराटनगरमा सामाजिक क्षेत्रमा सकृय छन् ।

प्रतिकृया दिनुहोस्

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...