News Portal

    खोलामा पुल नबन्दा मृत शव देखि विरामी समेत विचबाटोमै अलपत्र..

    हिमाली संचार संवाददाता
    ७४६ पटक

    दुर्गा वि.सी.
    सल्यान, २७ साउन : सल्ली चौहरजारी सडक खण्डको बनगाड खोलाको त्रिवेणिवजार नाथेखोलामा निर्माणधिन पक्की पुलको काम अलपत्र परेको छ। वर्षा सुरुवातीसँगै ठेकेदारले विभिन्न वहाना वनाएर काम छाडेको स्थानीयको भनाई छ।

    २०७४ पौष मसान्तमा पुलको काम सम्पन्न भैसक्नु पर्ने हो। ४ करोड १७ लाखमा हरिहरि कन्ट्रष्क्सनका हरिवहादुर रावत र सडक डिभिजन विच पौष मसान्तमा काम सक्ने सम्भौता रहेको थियो तर म्याद २ पटक थप्दा समेत कामले तिव्रता लिन नसकेको स्थानीय दल वहादुर परियारले वताए ।

    सडक डिभिजन कार्यलय दाङ्गले समेत कामलाई ताकेता नगर्दा हरिहरि कन्ट्रष्क्सनका हरिवहादुर रावतले कामलाई खासै प्राथामिकतामा नपारेको देखिन्छ। रावतका अनुसार पुलको म्याद थप्ने काम ढिलाई र डिभिजनले पैसा नदिदाँ काम अघि वढ्न नसकेको जनाउनु भएको छ।

    डिभिजन कार्यालयले ताकेता गरेको भने पनि काम अलपत्र पारिएको छ। समयमा पुल नवन्दा बन्गाड खोलामा वर्षातमा गाडिहरु चल्न निक्कै समस्या हुने गरेको छ। पुलको अझै ३० प्रतिशत काम सम्पन्न हुन वाँकी छ। ठेकेदारले सामग्री उपलव्ध नगरादा र ठेकदारले वास्था नगर्दा ज्यामीहरुले काम गर्न छाडेका छन् ।

    यो वर्षमा समेत पुलको काम सम्पन्न हुने छाँटकाँट नदेखिएको अर्का स्थानीय तिलाराम वुढाले वताए । वुढाका अनुसार निर्माण कम्पनीले काम समयमा नगर्दा वजारमा समेत आवतजावतमा असर पारेको जनाए । गत वर्ष बन्गाड खोलाले धन्न वगाई सकेको पुल ठेकेदारको काम प्रति ढिलाईले यो वर्षातमा पनि सल्ली रुकुम चौहरजारि सडक वन्द हुने भएको छ ।

    पक्की पुलको काम ढिलाईसँगै उक्त खण्डको आमखोली देखि नाथेखोलासम्मको ५ किमी पिचको काम समेत बन्द अवस्थामा रहेको छ। २ वर्ष बितिसक्दा समेत सडकको डवल कटिङ्ग, नाली, जाली र होम पाईपको काम ५० प्रतिशत मात्रै भएको छ। आमखोली देखि बन्गाड कुपिण्डेकै वडा ५ को त्रिवेणी वजार नजिकै सम्मको लागि भनेर सिग्मा गाल्वा कन्ट्रशनले ११ करोडमा कामको जिम्मा लिएको थियो ।

    सडक डिभिजन कार्यालय दाङ र कन्ट्रशनका नरहरी थपलिया विच ३३ महिनामा काम सम्पन्न गर्ने भनेर ०७४ श्रावाणमा सम्झौता भएको थियो तर गाल्वा कन्ट्रशनका नरहरी थपलियाले ४९ लाख पेश्की बुझेर कामको जिम्मा दोस्रो व्यक्ती राम वहादुर विष्टलाई दिएका छन् ।

    काम हेर्ने सडक डिभिजन कार्याल चौहरजारिलेले भने कामको ताकेता प्रति चासो नदिएको देखिन्छ। सडक डिभिजन कार्यालय रुकुम चौहरजारीले काम प्रति ताकेता नगरेको जनप्रतिनीधीको भनाई छ। गत वर्ष कर्णालि प्रदेश सरकारबाट विनियोजित वजेटको काम समेत सुरु हुन सकेको छैन।

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

    आज जेठ ३१, २०८२ सालको राशिफल

    आज जेठ ३१, २०८२ (जुन १४, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    विद्यालयको भवन निर्माणकार्य सम्पन्न भए पनि पठनपाठन सुरु भएन

    रविन्द्र बराल/ मोरङ, जेठ ३० – रंगेली नगरपालिका–३ स्थित रत्न माध्यमिक विद्यालयको चार कठ्ठा जग्गामा...

    भिजिट भिसा प्रकरणमा रास्वपा अडानमै, सत्ता गठबन्धन र प्रमुख प्रतिपक्ष सहमत

    काठमाडौं, जेठ ३० – भिजिट भिसा प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अझै पनि आफ्नो अडानमा...

    रवीन्द्र मिश्र र धवलशमशेरलाई पुनः पक्राउ गर्न तयारी, आजै पक्राउ पुर्जी जारी हुने

    काठमाडौं, जेठ ३० – तीनकुने घटनामा संलग्न भएको आरोप लागेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का...

    १८ असारदेखि हिमालय टेलिभिजनमा ‘शार्क ट्याङ्क नेपाल’ प्रसारण हुने

    काठमाडौं, जेठ ३० – नेपाली उद्यमशीलता र नवप्रवर्तन प्रवर्द्धन गर्ने उद्देश्यसहित विश्व चर्चित रियालिटी शो...